6 years ago
April 15, 2019
एजेन्सी – फ्रेन्च लिग वानको उपाधि यात्रामा रहेको पेरिस सेन्ट जर्मेन (पीएसजी) ले लिलेसँग लज्जास्पद हार बेहोरेको छ ।
लिग वान अन्तर्गत आइतबार राति भएको खेलमा पीएसजीले लिलेसँग ५–१ को लज्जास्पद हार बेहोरेको हो । पीएसजीले लिग वानमा १९ वर्षपछि यति फराकिलो हार ब्योहोरेको हो ।
१० खेलाडीमा समेटिएको पीएसजीलाई लज्जास्पद हार चखाउन लिलेका निकोलस पेपे, जोनाथन वाम्वा, गाब्रियल र जोसे फोन्टेले गोल गरे । एक गोल उपहार पाएको थियो । जुवान बर्नाटले सान्त्वाना गोल फर्काए ।
खेलको सातौ मिनेटमा नै पीएसजी थोमस म्युनियरको आत्मघाती गोलबाट पछि परेको थियो । छेकाको प्रहार रोक्न खोज्दा डिफ्क्लेट हुदै गोलमा परिणत भएको थियो ।
तर, पीएसजीले लिलेको त्यो अग्रतालाई लामो समय टिक्न दिएन । ११औं मिनेटमा जुवान बर्नाटले बराबरी गोल फर्काए । ३६औं मिनेटमा जुवान बर्नाट सिधै रातो कार्ड खादै मैदान बाहि।िएपछि पीएसजी समस्यामा परेको थियो ।
पीएसजी १० खेलाडीमा समेटिएको फाइदा लिलेले उठाउन सफल भयो । ५२औं मिनेटमा निकोलस पेपेले गोल गरे । ६५औं मिनेटमा जोनाथन वाम्वाले गोल गर्दै खेललाई ३–१ को अवस्थानमा ल्याए ।
७२औं मिनेटमा गाब्रियलले तथा ८४औं मिनेटमा जोसे फोन्टेले गोल गर्दै पीएसजीलाई ५–१ को नराम्रो हार चखायो । पीएसजीले बल पोजेसन राखेपनि लगातार गोल खाइरह्यो ।
जितसँगै लिलेले शीर्षस्थानको पीएसजीको सँगको अंक दुरी छोट्याएको छ । लिलेको ३२ खेलबाट ६४ अंक पुगेको छ । एक खेल कम खेलेको पीएसजीको ८१ अंक छ । हारसँगै पीएसजीले उपाधिका लागि अझै अर्काे खेल कुर्नुपर्ने भएको छ ।
लिग वानका अन्य खेलको नतिजाहरु
मोन्टपेलिर विरुद्ध टोलुसो (२–१)
रेनिस विरुद्ध नाइस (०–०)
सेन्ट इटिने विरुद्ध ब्रोडेक्स (३–०)
May 2, 2025
एजेन्सी – नटिङ्घम फरेस्टको युईएफए च्याम्पियन्स लिगमा छनोट हुने आशामा झड्का लागेको छ। घरेलु मैदानमा बिहीवार भएको प्रिमियर लिगको खेलमा फरेस्ट ब्रेन्टफोर्डसँग २-० ले पराजित भयो। सिटी ग्राउण्डमा भएको खेलमा ब्रेन्टफोर्डले दुबै हाफमा गोल गर्दै युरोपमा छनोट हुने आशा कायम राख्यो। केभिन शाडेले पहिलो हाफको अन्त्यतिर गोलको खाता खोले । ७०औं मिनेटमा योआने विस्साले ब्रेन्टफोर्डको […]
May 2, 2025
एजेन्सी – टोटनहमले युरोपा लिगको फाइनलमा पुग्ने दिशामा एक कदम अगाडि बढाएको छ । नर्वेजियन क्लब बोडो/ग्लिम्टविरुद्धको सेमिफाइनलको पहिलो लेगमा ३-१ को जित हात पार्दै टोटनहम बलियो स्थितिमा पुगेको छ । टोटनहेमले बिहीवार गरेको प्रदर्शन यो सिजनको घरेलु प्रदर्शनमध्ये सबैभन्दा उत्कृष्टमध्ये एक हो । यसले सन् २००८ पछि पहिलो उपाधिको जित्ने सम्भावनालाई मजबुत बनाएको छ […]
May 2, 2025
एजेन्सी – म्यानचेस्टर युनाइटेडले युरोपा लिगको फाइनलमा पुग्ने सम्भावनालाई बलियो बनाएको छ। पहिलो हाफमा १० खेलाडीमा सिमित एथ्लेटिक क्लबलाई पहिलो लेगमा बिहीवार युनाइटेडले ३-० ले हराएको छ। ओल्ड ट्राफोर्डमा हुने सेमिफाइनल दोस्रो लेगका लागि म्यान युनाइटेडले फराकिलो अग्रता बनाएको छ। शोरगुलपूर्ण सान मामेस स्टेडियममा पाहुना टोली सुरुआती चरणमै २-० ले पछि पर्न सक्थ्यो। विलियम्सले राम्रो […]