6 years ago
April 14, 2019
काठमाडौं (हाम्रो खेलकुद) – ‘ए’ डिभिजन लिग च्याम्पियन सिग्नेचर मनाङ–मर्स्याङदी क्लब एएफसी कप २०१९ का लागि आइतबार भारतको अहमवाद प्रस्थान गरेको छ ।
आइतबार अहमवाद प्रस्थान गरेको मनाङ सुरुमा दिल्ली हुँदै खेल स्थल गुजरात पुग्नेछ । एएफसी कपको दोस्रो खेलमा नेपालले इन्डियन सुपर लिग (आइएसएल) च्याम्पियन चेन्नईयन एफसीसँग खेल्ने तालिका छ । नेपाल र चेन्नाईबीचको खेल १७ अप्रिलमा उसकै मैदानमा प्रतिस्पर्धा गर्दैछ ।
होम एण्ड अवेको आधारमा हुने लिगको विजेताले इन्टर जोन प्ले अफको सेमिफाइनलमा स्थान बनाउनेछ । मनाङको समूहमा चेन्नईयन, मिनेर्भा पन्जाव र ढाका अवहानी लिमिटेड रहेको छ ।
मनाङ पहिलो खेलमा बंगलादेशको अवहानी लिमिटेडसँग घरेलु मैदानमा १–० ले पराजित भएको थियो । चेन्नईयन र मिनेर्भा पन्जाबको खेल भने गोलरहित बराबरीमा सकिएको थियो ।
March 25, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय फुटबल टोलीले एएफसी एसियन कप छनोटको समूह चरण अन्तर्गत पहिलो खेलमा मलेसियासँग २-० को हार बेहोर्यो । मलेसियाको जोहोर बारूस्थित सुल्तान इब्राहिम रंगशालामा नेपाल २-० ले पराजित भएको हो । पहिलो हाफमा १-० को अग्रता लिएको मलेसियाले दोस्रो हाफमा अर्को गोल थपेको थियो । मलेसियाका लागि पहिलो हाफमा हेक्टर […]
March 25, 2025
काठमाडौं (हाम्रो खेलकुद) – एएफसी एसियन कप २०२७ को छनोट चरण अन्तर्गत समूहको पहिलो खेलमा नेपाल मलेसियासँग पराजित भएको छ । मलेसियाको जोहोर बारूस्थित सुल्तान इब्राहिम रंगशालामा नेपाल २-० ले पराजित भएको हो । पहिलो हाफमा १-० को अग्रता लिएको मलेसियाले दोस्रो हाफमा अर्को गोल थपेको थियो । खेलको २९ औं मिनेटमा घरेलु टोलीले अग्रता […]
March 25, 2025
सुमन अधिकारी, बुटवल मच्छिन्द्र एफसी रुपन्देहीमा जारी २३ औं तिलोत्तमा गोल्ड कप फुटबल प्रतियोगिताको सेमिफाइनल पुगेको छ। भारतको अडोर्न गडवा स्पोर्टिङ क्लबलाई आज १-० ले हराउँदै मच्छिन्द्र अन्तिम चारमा पुगेको हो । योसँगै प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ। देविनगरस्थित एन्फा टेक्निकल खेलमैदानमा भएको रोमान्चक खेलमा मच्छिन्द्रको जितमा राजिव लोक्चन एकमात्र गोले गरेका हुन । […]