default_image

5 years ago

April 13, 2019

विमलले पनि टिसी स्पोर्ट्सबाट खेल्ने!

65 views

0 Bookmark

सुबास हुमागाईं, काठमाडौं

नेपाली राष्ट्रिय टोलीका स्टार फरवार्ड विमल घर्तिमगरले माल्दिभ्सको शीर्ष डिभिजन क्लब तथा लिग च्याम्पियन ट्रस्ट एन्ड केयर स्पोर्ट्स क्लबबाट खेल्ने भएका छन् ।

नेपाली राष्ट्रिय टोलीका पहिलो रोजाईका गोलरक्षक किरण चेम्जोङ समेत सम्मिलित क्लब टिसीले विमललाई पनि अनुबन्धन गरेको हो । विमलले केहि महिनाअघि युरोपका टोलीहरुमा ट्रायल र प्रशिक्षण दिएपनि सफल नहुँदा माल्दिभ्सबाट उनलाई प्रस्ताव आएको थियो । विमलले क्लबसँग यस सिजनको लागि अनुबन्धन गरेको स्रोतले बताएको छ ।

विमलले यसअघि भारतको मोहुन बगानबाट पनि खेलेका थिए । उनले नेपालमा च्यासल युवा क्लबको लागि लिग खेलेपनि युरोपको प्रस्ताव आएपछि बिचमै लिग छाडेका थिए । विमलले अर्को महिना नै क्लबमा जाने बुझिएको छ ।

September 19, 2024

झरना रनिङशिल्डमा कपिलवस्तु -११ को‌ जित

सुमन अधिकारी,बुटवल झरना स्पोर्टस क्लबको आयोजनामा रुपन्देहीमा जारी ३६ औं झरना रनिङ शिल्ड फुटबल प्रतियोगितामा बिहीवार कपिलवस्तु -११ ले जित निकाल्दै अन्तिम आठमा पुगेको छ । समूह बीको खेलमा नवयुवा खेलकुद तथा सांस्कृतिक परिवारलाई ६-० ले पराजित गर्दै कपिलवस्तु क्वाटरफाइनलमा पुगेको हो । कुन्जलापुरस्थित उमा निमाविको फुटबल मैदानमा भएको खेलको ११ औ मिनेटमा कपिलवस्तुका कप्तान […]

September 19, 2024

चितवन गोल्डकपमा सूर्यपुर विजयी

सुशील पन्त क्षेत्री, चितवन गोल्डेन इमिनेन्ट दोस्रो चितवन गोल्डकपमा सूर्यपुर एफसीले विजयी सुरुवात गरेको छ । आज सुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा सूर्यपुरले बागमती युवा क्लब सर्लाहीलाई पराजित गरेको हो । प्रतिस्पर्धात्मक खेलमा सूर्यपुर सडन डेथमा विजयी भयो । त्यसअघि निर्धारित समयको खेल १-१ को बराबरीमा सकिएको थियो । खेलको २४ औं मिनेटमा हिसुब थपलियाको […]

September 19, 2024

बागमतीमाथि वालिङको सहज जित

काठमाडौं (हाम्रो खेलकुद) – एन्फा महिला लिगमा वालिङ नगरपालिकाले बागमती युथ क्लबलाई पराजित गरेको छ । छैटौं खेलमा चौथो जित हात पार्ने क्रममा वालिङले बागमतीमाथि ४-० को जित हात पार्यो । एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको खेलमा वालिङको जितमा ज्याकलिन नासालीले ह्याट्रिक तथा सिसी नान्टोंगोले १ गोल गरिन् । वालिङका लागि २२औं मिनेटमा नान्टोंगोले गोल गर्दै […]

Success

Thank you for your time.