9 years ago
May 4, 2016
आज हुने च्याम्पियन्स लिगको सेमिफाइनल राउन्ड अन्तर्गतको दोस्रो लेगको खेलमा म्यान्चेस्टर सिटीले रियल म्याड्रीडसँग खेल्दै छ । सिटीको मैदानमा भएको पहिलो लेगको खेल ०-० मा अन्त्य भएको थियो । आज हुने खलमा रियल म्याड्रीड्लाई स्पष्ट जित चहिएको छ भने म्यान्चेस्टर सिटीलाई गोल सहितको ड्रले पनि एट्लेटिको म्याड्रीडसँग फाइनलको भेट पक्क गर्नेछ । म्याड्रीडको अर्को टोली म्युनिखलाई पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो । खेल राती १२:३०मा सुरु हुनेछ ।
रोनाल्डोलाई चिकित्सकले आजको खेलको लागि फिट घोषणा गरेका छन्, म्यान्चेस्टरमा भएको पहिलो लेग उनले चोटको कारण गुमाएका थिए, अर्का फर्वार्ड बेन्जेमा भने चोटका कारण खेल्ने नखेल्ने दुबिधामा छन । उता म्यान्चेस्टर सिटीपनी स्टार मिडफिल्डर डेविड सिल्भा बिनानै हुनेछ, उनि चोट्ग्रस्त छन । पहिलो लेग गुमाएका याया टुरेले सिल्भाको स्थान लिने छन ।
March 16, 2025
एजेन्सी – आर्सनलले इंग्लिस प्रिमियर लिगमा आइतवार जित निकालेको छ। माइकल मेरिनोको पहिलो हाफमा गरिएको हेडर नै खेलकि निर्णायक बन्यो । जितले आर्सनललाई लिगको दोस्रो स्थानमा थप मजबुत बनाएको छ। आर्सनलले चेल्सीलाई १-० ले हरायो । माइकल अर्टेटाको टोलीले पछिल्ला ३ खेलमा जितको स्वाद चाख्न पाएको थिएन । आजको सफलताले आर्सनलले तेस्रो स्थानको नटिङ्घम फरेस्टसँग […]
March 16, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल सुपर लिग (एनएसएल) मा सहभागी फ्रेन्चाइज टोली झापा फुटबल क्लबले तेस्रो सिजनका लागि बैंकिङ पार्टनरमा हिमालयन बैंकसँग सम्झौता गरेको छ । झापाले आइतबार एक विज्ञप्ति जारी गर्दै सम्झौताबारे जानकारी दिएको हो । दुवै पक्षले नेपाली फुटबलमा खेल भावना अभिवृद्धि गर्ने लक्ष्यसहित यो सहकार्य गरेको बताएका छन् । झापाको एनएसएलमा यो […]
March 16, 2025
सुशील पन्त क्षेत्री,चितवन विभागिय टोली नेपाल पुलिस क्लब चितवनमा जसरी राष्ट्रिय महिला फुटबल प्रतियोगिताको पहिलो खेलमा नै स्तब्ध भएको छ। रौतहट एफसीले आज पुलिसलाई हराउँदै सेमिफाइनलको यात्रा तय गरेको छ । अनिता राना मगरको एक मात्र गोलमा पुलिस पराजित भएको हो ।अनिताले ३१ औं मिनेटमा गरेको गोल रौतहटको जितका लागि पर्याप्त बन्यो । खेलमा पुलिसले […]