6 years ago
April 11, 2019
एजेन्सी – लुक शअको आत्मघाती गोलको सहयोगमा क्याटलान क्लब बार्सिलोनाले युइएफए च्याम्पियन्स लिग फुटबलको क्वाटरफाइनलको पहिलो लेगमा सफलता हात पारेको छ ।
बार्सिलोनाले घरेलु टोली म्यानचेस्टर युनाइटेडलाई १–० ले पराजित गरेको हो । खेलको १२औं मिनेटमा लुक शअले गरेको आत्मघाती गोल नै बार्सिलोनाको जितमा पर्याप्त बन्यो ।
कप्तान लियोनेल मेस्सीको पासमा लिभरपुलका पूर्व फरवार्ड लुइस सुआरेजको प्रहारलाई गोललाइनबाट रोक्ने प्रयास गर्दा लुकले आत्मघाती गोल गर्न पुगेका थिए । भिएआरको सहायतामा उक्त गोललाई मान्यता दिइएको थियो ।
बुधबार राति भएको खेलमा पाहुना टोलीले घरेलु टोलीलाई दवावमा राखेपनि थप गोल भने गर्न सकेन । यता, म्यानचेस्टर युनाइटेडले गोलका केही प्रयास गरेपनि गोल गर्न असमर्थ बन्यो ।
जितसँगै बार्सिलोनाले युनाइटेडलाई घरेलु मैदानमा पराजित गर्न सफल भयो । अहिलेसम्म युनाइटेड आफ्नो मैदानमा बार्सिलोनासँग हारेको थिएन । हारअघि युनाइटेडले आफ्नो मैदानमा चार खेल खेल्दा समान दुई जित र बराबरीको नतिजा निकालेको छ ।
दोस्रो लेग बार्सिलोनको मैदानमा १७ अप्रिलमा हुनेछ ।
January 16, 2025
अर्जुन कार्की, बागलुङ बागलुङमा जारी दोस्रो स्मृति कप फुटबल प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ । गुठी युनाईटेड र प्रर्पल हेज बिहीवार विजयी हुँदै सेमिफाइनल पुगेसँगै समीकरण पूरा भएको हो । जिल्ला प्रहरी कार्यालय बागलुङ र संकल्प पुर्नस्थापना केन्द्रले यसअघि नै सेमिफाइनलल पुगिसकेका छन् । बिहीवारको पहिलो खेलमा आदर्श विद्यामन्दिरलाई १-० ले हराउँदै गुठी अन्तिम […]
January 16, 2025
काठमाडौं(हाम्राे खेलकुद) – एन्फा यु १६ युथ लिगमा बिहीवार थ्री स्टार क्लब र संकटा क्लबले जित दर्ता गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा थ्री स्टारले मछिन्द्र क्लब तथा संकटाले विभागिय टोली त्रिभुवन आर्मीलाई पराजित गरेको हो । दिनको पहिलो खेलमा थ्री स्टारले मछिन्द्रलाई ३-० ले पराजित गर्यो । थ्री स्टारको जितमा सिर्जन श्रेष्ठ, राज बम […]
January 16, 2025
हिमाल खरेल, बिर्तामोड झापा ११ एफसी भारतको सिक्किममा जारी १० औं अल इन्डिया चिफ मिनिस्टर्स गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । सिक्किमको जोरथाङ रंगशालामा आज भएको अन्तिम क्वार्टर फाइनलमा भुटानको प्रिमियर लिग टोली ट्रान्सपोर्ट युनाइटेडलाई २-१ ले हराउँदै झापा ११ अन्तिम चारमा पुगेको हो । फाइनल प्रवेशका लागि झापा ११ ले माघ ५ गते भारतको […]