9 years ago
May 4, 2016
आज राती जर्मनीमा भएको च्याम्पियन्स लिगको सेमिफाइनल राउन्ड अन्तर्गतको दोस्रो लेगमा बायर्न म्युनिखले एट्लिटिकोलाई २-१ले पराजित गरेपनी अवे गोलको फाइदाले स्पेनिश टोली फाइनल प्रवेश गर्न सफल भएको हो । पहिलो लेगको खेल एट्लिटिकोले १-०ले जितेको थियो ।
जाभी अलन्सोले गोल गरेपछी स्पष्ट दुइगोलको अन्तरको जित खोज्दै मैदानमा निस्केको बायर्न म्युनिखले खेलको ३१औ मिनटमै आग्रता लिएको थियो तर त्यस्को ३मिनटपछीनै मुलरले पेनाल्टी सदुपायोग गर्न नसक्दा खेलको पहिलो हाल्फ १-०मा सकिएको थियो । मुलरको पेनाल्टी किपर ओब्लाकले बचाएका थिए।
दोस्रो हाल्फले म्युनिखको च्याम्पियन्स लिग यात्रा अन्त्य भएको पक्का गर्दियो । दोस्रो हाल्फको ९औं मिनटमा एट्लिटिकोका फ्रान्सेली विङर एन्टेनियो ग्रीज्म्यानले गोल गरेपछी म्युनिखलाई फेरी दुइ गोल थप्न पर्ने अवस्था सृजना भएको थियो । जितको लागि प्रयास गरेको घरेलु टोलिले ७४औ मिनटमा लेवानडोस्किको गोल मार्फत २-१ बनाएको थियो । खेलमा ६ मिनट बांकिहुँदा एट्लिटिकोले पेनाल्टिको मौका सदुपायोग गर्न सकेन, टोरेसले हानेको बल घरेलु टोलिका किपर नेउरले छेकेका थिए ।
पछील्लो तीन बर्षमा दोस्रो पटक फाइनल पुगेको एट्लेटिकोले अब फाइनलमा आज हुने म्यान्चेस्टर सिटी र रियल म्याड्रीड्को बिजेतासँग खेल्ने छ ।
March 16, 2025
एजेन्सी – आर्सनलले इंग्लिस प्रिमियर लिगमा आइतवार जित निकालेको छ। माइकल मेरिनोको पहिलो हाफमा गरिएको हेडर नै खेलकि निर्णायक बन्यो । जितले आर्सनललाई लिगको दोस्रो स्थानमा थप मजबुत बनाएको छ। आर्सनलले चेल्सीलाई १-० ले हरायो । माइकल अर्टेटाको टोलीले पछिल्ला ३ खेलमा जितको स्वाद चाख्न पाएको थिएन । आजको सफलताले आर्सनलले तेस्रो स्थानको नटिङ्घम फरेस्टसँग […]
March 16, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल सुपर लिग (एनएसएल) मा सहभागी फ्रेन्चाइज टोली झापा फुटबल क्लबले तेस्रो सिजनका लागि बैंकिङ पार्टनरमा हिमालयन बैंकसँग सम्झौता गरेको छ । झापाले आइतबार एक विज्ञप्ति जारी गर्दै सम्झौताबारे जानकारी दिएको हो । दुवै पक्षले नेपाली फुटबलमा खेल भावना अभिवृद्धि गर्ने लक्ष्यसहित यो सहकार्य गरेको बताएका छन् । झापाको एनएसएलमा यो […]
March 16, 2025
सुशील पन्त क्षेत्री,चितवन विभागिय टोली नेपाल पुलिस क्लब चितवनमा जसरी राष्ट्रिय महिला फुटबल प्रतियोगिताको पहिलो खेलमा नै स्तब्ध भएको छ। रौतहट एफसीले आज पुलिसलाई हराउँदै सेमिफाइनलको यात्रा तय गरेको छ । अनिता राना मगरको एक मात्र गोलमा पुलिस पराजित भएको हो ।अनिताले ३१ औं मिनेटमा गरेको गोल रौतहटको जितका लागि पर्याप्त बन्यो । खेलमा पुलिसले […]