6 years ago
April 10, 2019
एजेन्सी – यूईएफए च्याम्पियन्स लिग अन्तर्गत क्वाटरफाइनलको पहिलो लेगमा बुधबार इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडले क्याटलान क्लब बार्सिलोनाको आतिथ्यता गर्दैछ ।
युनाइटेडको घरेलु मैदान ओल्ड ट्राफर्डमा हुने खेलको पूर्वसन्ध्यामा इंग्लिस क्लबका डिफेन्डर क्रिस स्मलिङले बार्सिलोनाका कप्तान लिओनेल मेसीलाई चुनौती दिएका छन् । पाँच पटकका ब्यालोन डी ओर उपाधि विजेता मेसीले जारि सिजन ४० खेल खेल्दै ४३ गोल गरिसकेका छन् ।
स्पेनिस ला लिगामा बलियो स्थानमा रहेको बार्सिलोनाले लिग उपाधि लगभग पक्का गरिसकेको छ । स्पेनिस कोपा डेल रेको फाइनलमा बार्सिलोनाले भ्यालेन्सियाको सामना गर्दैछ । च्याम्पियन्स लिग पनि जितेको खण्डमा बार्सिलोनाले उपाधिमा ह्याट्रिक गर्ने सम्भावना रहनेछ । त्यसका लागि बार्सिलोनाले क्वाटरफाइनलमा म्यानचेस्टर युनाइटेडलाई पाखा लगाउनु पर्नेछ ।
बार्सिलोना र मेसीले यसअघि पनि म्यानचेस्टर युनाइटेडसँग च्याम्पियन्स लिगको नकआउट चरणमा खेलिसकेका छन् । सन् २०११ मा वेम्बलीमा भएको फाइनलमा लिओनेल मेसीले गोल गरेपछि बार्सिलोनाले युनाइटेडलाई हराउँदै उपाधि जितेको थियो । त्यसयता युनाइटेडले केहि समय च्याम्पियन्स लिगमा छनोट हुन सकेको थिएन । यस सिजन भने युनाइटेडले युभेन्टस र पीएसजीजस्ता बलिया टोलीको सामना गरिसकेको छ ।
टोलीका डिफेन्डर क्रिस स्मलिङले पछिल्ला खेलमा किलियन एमबाप्पे र क्रिस्टियानो रोनाल्डोको सामना गरिसकेको कारण मेसीलाई रोक्न पनि तयार रहेको बताए । ‘ मैले यसलाई राम्रो अवसरको रुपमा लिएको छु । हामीले यस सिजन रोनाल्डो र एमबाप्पेको सामना गरेका छौं । हामी राम्रा टोली र खेलाडीको सामना गर्न सधैं तयार नै छौं । मेसी उत्कृष्ट खेलाडी हुन् र हामी उनको सामना गर्न तत्पर छौं ,’ उनले भने ।
April 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- विश्व फुटबलका महान ब्राजिलियन पूर्व खेलाडी कार्लोस अर्को साता नेपाल आउँने भएका छन् । दुई दिने भ्रमणका लागि कार्लोस वैशाख ५ गते काठमाडौं आउने निश्चित भएको बिहीवार नेपाल स्पोर्ट्स एण्ड इभेन्ट्स म्यानेजमेन्ट (एनएसइएम) ले प्रेस विज्ञप्तिमार्फत जानकारी दिएको छ। कार्लोस वैशाख ६ गते दशरथ रंगशालामा जारी एनसेल नेपाल सुपर लिग (एनएसएल) को […]
April 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एफसी चितवनलाई रोमाञ्चक खेलमा २-१ ले हराउँदै ललितपुर सिटी एफसी एनसेल नेपाल सुपर लिग (एनएसएल) को शीर्षस्थानमा उक्लिएको छ। चितवन दोस्रो स्थानमा झर्यो। ललितपुरको जितमा इमोह इजेकियल र मणि कुमार लामाले गोल गरे। चितवनका भिक्टर मानसरेको गोलमा गरे। पहिलो हाफमा ललितपुरले खेलमा पकड बनायो। चितवनले भने कमजोर प्रदर्शन गर्यो। खेलको दोस्रो मिनेटमा […]
April 10, 2025
सुमन अधिकारी,बुटवल पूर्णिमा राईको प्रतियोगिता कै पहिलो ह्याट्रिक गरेपछि वालिङको ट्रिनेटी युवा क्लब बुटवलमा जारी प्रीति प्रथम उप मेयर कप नकआउट फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ ।भारत मणिपुरको एमएससी भारतलाई ४-० ले हराउँदै उपाधि नजिक पुगेको हो। पूर्णिमाले २० औं मिनेटमा पहिलो गोल गरिन् । पूर्णिमाले ३० औं मिनेटमा गोल गरेपछि वालिङले पहिलो हाफमा २-० […]