default_image

6 years ago

April 10, 2019

आयाक्ससँग सचेत युभेन्टस

80 views

0 Bookmark

एजेन्सी – युइएफए च्याम्पियन्स लिग फुटबलको क्वाटरफाइनलमा आज राति नेदरल्यान्डको आयाक्सले इटालियन क्लब युभेन्टसको सामना गर्दैछ । खेल आयाक्सको घरेलु मैदान योहान क्राएफ एरिनामा नेपाली समयानुसार राति १२ः४५ बजे खेल हुनेछ ।

घरेलु टोली आयाक्स युभेन्टसलाई पराजित गर्दै अघिल्लो चरण पुग्ने लक्ष्यलाई बलियो बनाउने योजनामा हुनेछ । आयाक्स त्यही टोली हो जसले च्याम्पियन्स लिगको ह्याट्रिककर्ता स्पेनिस क्लब रियल म्याड्रिडलाई उसकै मैदानमा ४–१ ले पराजित गर्दै सनसनी मच्चाएको थियो । हुन त रियलले यो सिजन निकै नै खराब प्रदर्शन गरिरहेको छ । यही प्रदर्शनलाई आयाक्स निरन्तरता दिने लक्ष्यमा मैदान उत्रनेछ ।

यता, प्रि–क्वाटरफाइनलमा रियललाई हराएर सनसनी मच्चाएको आयाक्स सचेत भएर मैदान उत्रनेछ । चोटबाट फर्किएको रोनाल्डोको आगमनले युभेन्टसको आत्मविश्वास बढेको छ । यी दुई टोली युरोपेली प्रतियोगितामा ९ पटक आमने समाने भएका छन् । सन् २००४ पछि युभेन्टस र आयाक्स पहिलोपटक खेल्न लागेका हुन् ।

आयाक्सविरुद्धको पछिल्ला ९ खेलमा युभेन्टसले हार बेहोरेको छैन । ९ खेलमा युभेन्टसले ५ खेलमा जित निकाल्दा ४ बराबरी खेलको छ । पछिल्लो खेलमा युभेन्टसले आयाक्सलाई १–० ले पराजित गरेको थियो ।

April 10, 2025

कार्लोस अर्को साता नेपाल आइपुग्ने

काठमाडौं (हाम्रो खेलकुद)- विश्व फुटबलका महान ब्राजिलियन पूर्व खेलाडी कार्लोस अर्को साता नेपाल आउँने भएका छन् । दुई दिने भ्रमणका लागि कार्लोस वैशाख ५ गते काठमाडौं आउने निश्चित भएको बिहीवार नेपाल स्पोर्ट्स एण्ड इभेन्ट्स म्यानेजमेन्ट (एनएसइएम) ले प्रेस विज्ञप्तिमार्फत जानकारी दिएको छ। कार्लोस वैशाख ६ गते दशरथ रंगशालामा जारी एनसेल नेपाल सुपर लिग (एनएसएल) को […]

April 10, 2025

चितवनलाई हराउँदै ललितपुर शीर्षस्थानमा

काठमाडौं (हाम्रो खेलकुद)- एफसी चितवनलाई रोमाञ्चक खेलमा २-१ ले हराउँदै ललितपुर सिटी एफसी एनसेल नेपाल सुपर लिग (एनएसएल) को शीर्षस्थानमा उक्लिएको छ। चितवन दोस्रो स्थानमा झर्यो। ललितपुरको जितमा इमोह इजेकियल र मणि कुमार लामाले गोल गरे। चितवनका भिक्टर मानसरेको गोलमा गरे। पहिलो हाफमा ललितपुरले खेलमा पकड बनायो। चितवनले भने कमजोर प्रदर्शन गर्यो। खेलको दोस्रो मिनेटमा […]

April 10, 2025

वालिङ महिला फुटबलको फाइनलमा

सुमन अधिकारी,बुटवल पूर्णिमा राईको प्रतियोगिता कै पहिलो ह्याट्रिक गरेपछि वालिङको‌ ट्रिनेटी युवा क्लब बुटवलमा जारी प्रीति प्रथम उप मेयर कप नकआउट फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ ।भारत मणिपुरको एमएससी भारतलाई ४-० ले हराउँदै उपाधि नजिक पुगेको हो। पूर्णिमाले २० औं मिनेटमा पहिलो गोल गरिन् । पूर्णिमाले ३० औं मिनेटमा गोल गरेपछि वालिङले पहिलो हाफमा २-० […]

Success

Thank you for your time.