default_image

6 years ago

April 10, 2019

बार्सिलोनालाई रोक्न म्यानचेस्टर तयार

102 views

0 Bookmark

एजेन्सी – यूईएफए च्याम्पियन्स लिग फुटबलको क्वाटरफाइनलको पहिलो लेगमा आज राति इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडले क्याटलान क्लब बार्सिलोनाको आतिथ्यता गर्दैछ ।

खेल म्यानचेस्टर युनाइटेडको मैदान ओल्ड ट्राफोर्डमा आज राति १२ः४५ बजेपछि सुरु हुनेछ । घरेलु टोली युनाइटेड बार्सिलोनालाई पराजित गर्दै सेमिफाइनल पुग्ने सम्भावनालाई बलियो बनाउने योजनामा मैदान उत्रनेछ । घरेलु मैदानमा युनाइटेडले बार्सिलोनासँग हारेको इतिहास छैन । आफ्नो मैदानमा युनाइटेडले चार खेल खेल्दा समान दुई जित र बराबरीको नतिजा निकालेको छ ।

युनाइटेड यही लयलाई निरन्तरता दिने लक्ष्यमा मैदान उत्रनेछ । तर, युनाइटेडले च्याम्पियन्स लिगको नकआउटको पछिल्ला ११ खेलमा २ मा मात्र सफलता हात पारेको छ । त्यसमा दुई जित ३ बराबरी र ६ हार समावेश छ । सन् २०११/१२ को सिजनको सेमिफाइनलमा चेल्सी बाहिरिएसँगै पछिल्ला १० खेलमा इंग्लिस क्लब स्पेनिस टोलीसँग निराश हुँदै आएको छ । यसलाई तोड्न म्यानचेस्टर तयार छ ।

यो सिजन मध्यम सुरुवात गरेको म्यानचेस्टरले नयाँ प्रशिक्षकको रुपमा ओले गनर सोल्सजरलाई अनुबन्ध गरेपछि राम्रो प्रदर्शन गरिरहेको छ । युनाइटेडसँग स्टार खेलाडीहरु पल पोग्बा, मार्क्स रासफोर्ड, जेसे लिङ्गार्ड र एन्थोनी मार्सियलजस्त खेलाडीहरु रहेका छन् ।

यता, बार्सिलोना घरेलु मैदानमा युनाइटेडलाई स्तब्ध बनाउने लक्ष्यमा मैदान उत्रनेछ । बार्सिलोनासँग आधुनिक फुटबलका स्टार कप्तान लियोनेल मेस्सीको साथ रहेको छ । उनलाई लुइस स्वारेज, इभान राकिटिच, आर्थर, आर्टुरो भिडाल र जेरार्ड पिके जस्ता खेलाडीहरुले साथ दिनेछन् ।

लियोनेल मेस्सीले इंग्लिस टोलीविरुद्धको ३० खेलमा २२ गोल गर्न सफल भएका छन् । तर, मेस्सीले पछिल्लो समय क्वाटरफाइनल चरणमा भने गोल गर्न भने निकै संघर्ष गरिरहेका  छन् । दोस्रो लेग बार्सिलोनाको मैदानमा १७ अप्रिलमा हुनेछ ।

April 10, 2025

कार्लोस अर्को साता नेपाल आइपुग्ने

काठमाडौं (हाम्रो खेलकुद)- विश्व फुटबलका महान ब्राजिलियन पूर्व खेलाडी कार्लोस अर्को साता नेपाल आउँने भएका छन् । दुई दिने भ्रमणका लागि कार्लोस वैशाख ५ गते काठमाडौं आउने निश्चित भएको बिहीवार नेपाल स्पोर्ट्स एण्ड इभेन्ट्स म्यानेजमेन्ट (एनएसइएम) ले प्रेस विज्ञप्तिमार्फत जानकारी दिएको छ। कार्लोस वैशाख ६ गते दशरथ रंगशालामा जारी एनसेल नेपाल सुपर लिग (एनएसएल) को […]

April 10, 2025

चितवनलाई हराउँदै ललितपुर शीर्षस्थानमा

काठमाडौं (हाम्रो खेलकुद)- एफसी चितवनलाई रोमाञ्चक खेलमा २-१ ले हराउँदै ललितपुर सिटी एफसी एनसेल नेपाल सुपर लिग (एनएसएल) को शीर्षस्थानमा उक्लिएको छ। चितवन दोस्रो स्थानमा झर्यो। ललितपुरको जितमा इमोह इजेकियल र मणि कुमार लामाले गोल गरे। चितवनका भिक्टर मानसरेको गोलमा गरे। पहिलो हाफमा ललितपुरले खेलमा पकड बनायो। चितवनले भने कमजोर प्रदर्शन गर्यो। खेलको दोस्रो मिनेटमा […]

April 10, 2025

वालिङ महिला फुटबलको फाइनलमा

सुमन अधिकारी,बुटवल पूर्णिमा राईको प्रतियोगिता कै पहिलो ह्याट्रिक गरेपछि वालिङको‌ ट्रिनेटी युवा क्लब बुटवलमा जारी प्रीति प्रथम उप मेयर कप नकआउट फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ ।भारत मणिपुरको एमएससी भारतलाई ४-० ले हराउँदै उपाधि नजिक पुगेको हो। पूर्णिमाले २० औं मिनेटमा पहिलो गोल गरिन् । पूर्णिमाले ३० औं मिनेटमा गोल गरेपछि वालिङले पहिलो हाफमा २-० […]

Success

Thank you for your time.