default_image

6 years ago

April 10, 2019

‘केनको अभाव महसुस हुनेछ’ – प्रशिक्षक पोचेटिनो

96 views

0 Bookmark

एजेन्सी – टोटेनहम हट्स्परका फरवार्ड ह्यारी केनले जारी सिजनका बाँकी खेल गुमाउने सम्भावना प्रबल रहेको छ । च्याम्पियन्स लिगको क्वाटरफाइनलअन्तर्गत पहिलो लेगको खेलमा मंगलबार केनले चोट बोकेका थिए ।

डिफेन्डर फाबियन डेल्फले ट्याकल गर्ने क्रममा मैदान बाहिर पुगेका केनको एन्कलमा चोट लागेको थियो । चोट बोकेपछि केनले मैदानमा फर्कन सकेनन् । उनलाई तुरुन्तै विस्तृत परिक्षणका लागि लागिएको थियो । खेलपछि उनलाई वैशाखीको सहारामा बाहिर जाँदै गरेको देखिएको थियो । उनले बुधबार एमआरआई स्क्यान गरेपछि चोटबारे विस्तृत रुपमा थाहा हुनेछ ।

टोटेनहमका प्रशिक्षक मौरिसियो पोचेटिनोले भने केनको अनुपस्थितिले टोलीलाई घाटा हुने स्वीकारेका छन् । ‘यो हाम्रो लागि चिन्ताको विषय हो । हामीले उनको अभाव पक्कै महसुस गर्नेछौं । चोट ठूलो भए उनले सिजनका बाँकी खेल खेल्न पाउने छैनन् । आशा गरेका छौं की चोट सानो नै छ,’ उनले भने ।

केन जनवरीमा सोहि ठाउँमा चोट बोकेपछि झन्डै दुई महिना मैदानबाहिर रहेका थिए । उनले अघिल्लो सिजन पनि एक महिना चोटका कारण विश्राम लिएका थिए । सन् २०१६-१७ सिजनमा पनि केनले डेढ महिना र एक महिना गरेर दुई पटक विश्राम लिनुपरेको थियो ।

April 10, 2025

कार्लोस अर्को साता नेपाल आइपुग्ने

काठमाडौं (हाम्रो खेलकुद)- विश्व फुटबलका महान ब्राजिलियन पूर्व खेलाडी कार्लोस अर्को साता नेपाल आउँने भएका छन् । दुई दिने भ्रमणका लागि कार्लोस वैशाख ५ गते काठमाडौं आउने निश्चित भएको बिहीवार नेपाल स्पोर्ट्स एण्ड इभेन्ट्स म्यानेजमेन्ट (एनएसइएम) ले प्रेस विज्ञप्तिमार्फत जानकारी दिएको छ। कार्लोस वैशाख ६ गते दशरथ रंगशालामा जारी एनसेल नेपाल सुपर लिग (एनएसएल) को […]

April 10, 2025

चितवनलाई हराउँदै ललितपुर शीर्षस्थानमा

काठमाडौं (हाम्रो खेलकुद)- एफसी चितवनलाई रोमाञ्चक खेलमा २-१ ले हराउँदै ललितपुर सिटी एफसी एनसेल नेपाल सुपर लिग (एनएसएल) को शीर्षस्थानमा उक्लिएको छ। चितवन दोस्रो स्थानमा झर्यो। ललितपुरको जितमा इमोह इजेकियल र मणि कुमार लामाले गोल गरे। चितवनका भिक्टर मानसरेको गोलमा गरे। पहिलो हाफमा ललितपुरले खेलमा पकड बनायो। चितवनले भने कमजोर प्रदर्शन गर्यो। खेलको दोस्रो मिनेटमा […]

April 10, 2025

वालिङ महिला फुटबलको फाइनलमा

सुमन अधिकारी,बुटवल पूर्णिमा राईको प्रतियोगिता कै पहिलो ह्याट्रिक गरेपछि वालिङको‌ ट्रिनेटी युवा क्लब बुटवलमा जारी प्रीति प्रथम उप मेयर कप नकआउट फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ ।भारत मणिपुरको एमएससी भारतलाई ४-० ले हराउँदै उपाधि नजिक पुगेको हो। पूर्णिमाले २० औं मिनेटमा पहिलो गोल गरिन् । पूर्णिमाले ३० औं मिनेटमा गोल गरेपछि वालिङले पहिलो हाफमा २-० […]

Success

Thank you for your time.