default_image

6 years ago

April 10, 2019

केनले यो सिजन गुमाउने सम्भावना

97 views

0 Bookmark

एजेन्सी – टोटेनहमका फरवार्ड ह्यारी केनले चोटका कारण यो सिजनको बाँकी सबै खेल गुमाउने सम्भावना बढेको छ।

च्याम्पियन्स लिग अन्तर्गत म्यानचेस्टर सिटीविरुद्धको क्वाटरफाइनलको पहिलो लेगमा केनले चोट बोकेसँगै यो सिजनका बाँकी सबै खेल गुमाउने देखिएको हो ।

सिटीविरुद्ध १–० को जित निकालेको खेलको दोस्रो हाफमा सिटीका फावियन डेल्फसँग ठोक्किएपछि उनले एंकलमा चोट बोकेका थिए । टोटेनहमका प्रशिक्षक मौरिसियो पोचेटिनोले केनले यो सिजनको बाँकी सबै खेल गुमाउने डर भएको बताएका छन् ।

यस्तै चोटका कारण केन यसअघि करिव दुई महिना मैदान बाहिर रहेका थिए । ‘तपाईले त्यो एक्सन हेर्नुभयो होला । पक्कैपनि उनलाई पुन लिगामेन्टमा गम्भीर चोट लागेको हुनुपर्छ । हामी अझै १/२ दिन हेर्नेछौं,’ प्रशिक्षक पोचेटिनोले भने ।

‘चोट निकै गम्भीर लागेको छ । हामी यसलाई ठुलो घटनाको रुपमा लिने छैनौं । उनलाई खेलमा छिट्टै फर्काउने प्रयास हुनेछ । तर, यो सामान्य होइन ।’

April 10, 2025

कार्लोस अर्को साता नेपाल आइपुग्ने

काठमाडौं (हाम्रो खेलकुद)- विश्व फुटबलका महान ब्राजिलियन पूर्व खेलाडी कार्लोस अर्को साता नेपाल आउँने भएका छन् । दुई दिने भ्रमणका लागि कार्लोस वैशाख ५ गते काठमाडौं आउने निश्चित भएको बिहीवार नेपाल स्पोर्ट्स एण्ड इभेन्ट्स म्यानेजमेन्ट (एनएसइएम) ले प्रेस विज्ञप्तिमार्फत जानकारी दिएको छ। कार्लोस वैशाख ६ गते दशरथ रंगशालामा जारी एनसेल नेपाल सुपर लिग (एनएसएल) को […]

April 10, 2025

चितवनलाई हराउँदै ललितपुर शीर्षस्थानमा

काठमाडौं (हाम्रो खेलकुद)- एफसी चितवनलाई रोमाञ्चक खेलमा २-१ ले हराउँदै ललितपुर सिटी एफसी एनसेल नेपाल सुपर लिग (एनएसएल) को शीर्षस्थानमा उक्लिएको छ। चितवन दोस्रो स्थानमा झर्यो। ललितपुरको जितमा इमोह इजेकियल र मणि कुमार लामाले गोल गरे। चितवनका भिक्टर मानसरेको गोलमा गरे। पहिलो हाफमा ललितपुरले खेलमा पकड बनायो। चितवनले भने कमजोर प्रदर्शन गर्यो। खेलको दोस्रो मिनेटमा […]

April 10, 2025

वालिङ महिला फुटबलको फाइनलमा

सुमन अधिकारी,बुटवल पूर्णिमा राईको प्रतियोगिता कै पहिलो ह्याट्रिक गरेपछि वालिङको‌ ट्रिनेटी युवा क्लब बुटवलमा जारी प्रीति प्रथम उप मेयर कप नकआउट फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ ।भारत मणिपुरको एमएससी भारतलाई ४-० ले हराउँदै उपाधि नजिक पुगेको हो। पूर्णिमाले २० औं मिनेटमा पहिलो गोल गरिन् । पूर्णिमाले ३० औं मिनेटमा गोल गरेपछि वालिङले पहिलो हाफमा २-० […]

Success

Thank you for your time.