default_image

6 years ago

April 10, 2019

सनको गोलमा म्यानचेस्टर सिटी पराजित

99 views

0 Bookmark

एजेन्सी – दक्षिण कोरियाली फरवार्ड ह्युङ मिन सनको एकमात्र गोलमा टोटेनहम हट्सपरले युरोपेली च्याम्पियन्स लिग अन्तर्गत क्वाटरफाइनलको पहिलो लेगमा म्यानचेस्टर सिटीलाई १-० ले पराजित गरेको छ ।

दोस्रो हाफको ७८ अौं मिनेटमा सनले गोल गर्दै टोटेनहमलाई जितनजिक पुर्याएका थिए । उनले पेनाल्टी क्षेत्रभित्र एकल प्रयासमा गोल गरेका थिए । त्यसअघि टोलीका मुख्य फरवार्ड ह्यारी केन चोट बोक्दै बाहिरिएपछि टोटेनहम समस्यामा परेको थियो । तर सनले क्रिस्टियन एरिक्सन, डेले अली र लुकास मोउरासँग मिलेर अाक्रमणलाई बलियो बनाइरहे ।

पहिलो हाफमा म्यानचेस्टर सिटीका फरवार्ड सर्जियो अगुएरोले पेनाल्टी चुकाउँदा सिटीले अग्रता लिन असफल रहेको थियो । अगुएरोको प्रहारलाई टोटेनहमका कप्तान तथा गोलरक्षक ह्युगो लोरिसले बचाएका थिए । रेफ्रीले ड्यानी रोजको ह्यान्ड बललाई भिडियो असिस्टेन्ट रेफ्रीको सहारा लिएर सिटीलाई पेनाल्टी दिएका थिए ।

पहिलो लेगमा १-० ले पछाडी परेको सिटीले दोस्रो लेग घरेलु मैदानमा खेल्नेछ । खेल अर्को साता हुनेछ ।

March 22, 2025

एपिएफ महिला फुटबल च्याम्पियन

सुशील पन्त क्षेत्री, चितवन एपिएफ एससीले चितवनमा राष्ट्रिय महिला फुटबल प्रतियोगिताको उपाधि जितेको छ । भरतपुरको कृष्णपुरको मैदानमा भएको फाइनलमा त्रिभुवन आर्मी फुटबल क्लबलाई टाइब्रेकरमा ४-२ ले हराउँदै एपिएफ च्याम्पियन बनेको हो । निर्धारित ८० मिनेटको खेल १-१ को बराबरीमा टुंगिएपछि खेलको निर्णय टाइब्रेकरमा भएको थियो। प्रतिस्पर्धात्मक खेलमा एपिएफले उत्कृष्ट पुनरागमन जित निकाल्यो । खेलमा […]

March 22, 2025

मौसमका कारण आयोजक र एपिएफबीचको खेल स्थगित

सुमन अधिकारी, बुटवल बुटवलमा २३ औं तिलोत्तमा गोल्ड कप नकआउट फुटबल प्रतियोगितामा शनिवार सुरु भएको छ । उद्घाटन खेलको पहिलो हाफमा आयोजक करेन्ट रुपन्देही ११ विरुद्ध एपिएफ एफसीले १- ० गोलको अग्रता लिएको थियो । प्रतिस्प्रर्धात्मक खेलको १७ औ मिनेटमा हरि कार्कीले गोल गर्दै एपिएफलाई अग्रता दिलाएका हुन् । दोस्रो हाफ सुरु भएसको केहि समयमा […]

March 22, 2025

श्रेष्ठको नेतृत्वमा अन्नपूर्ण आरसिटीमा नयाँ कार्यसमिति

काठमाडौं (हाम्रो खेलकुद)- अन्नपूर्ण आरसिटीको साधारण सभाले अध्यक्ष राजेश श्रेष्ठसहित पदाधिकारीलाई निर्विरोध निर्वाचित गरेको छ। सहिद स्मारक लिग ‘ए’ डिभिजनको छ पल्टको विजेता अन्नपूर्ण आरसिटीको शनिवार नयाँ कार्यसमितिका लागि भएको चुनावी साधारण सभाले उपाध्यक्षमा कुमार राजभण्डारी र नरेन्द्रबहादुर श्रेष्ठलाई निर्वाचित गरेको छ। त्यस्तै सचिवमा रजेन्द्रप्रसाद श्रेष्ठ, सहसचिवमा अशोक मानन्धर तथा कोषाध्यक्षमा नरेश बैद्य निर्विरोध चयन […]

Success

Thank you for your time.