default_image

6 years ago

April 9, 2019

लिभरपुललाई हराउन पेपे तयार

77 views

0 Bookmark

एजेन्सी – रियल म्याड्रिडका पूर्व डिफेन्डर पेपेले यूईएफए च्याम्पियन्स लिगमा लिभरपुलविरुद्ध खेलअघि आफ्नो टोली तयार रहेको बताएका छन् । पोर्चुगिज क्लब पोर्टोबाट खेलिरहेका पेपेले लिभरपुललाई हराउन आफ्नो क्लब सक्षम रहेको पनि बताए ।

रियल म्याड्रिडबाट बेसिक्टास पुगेका डिफेन्डर पेपे यसै सिजन जनवरीमा पोर्टो आएका थिए । उनले त्यसयता क्लबका लागि १२ खेल खेलिसकेका छन् । पोर्टोले च्याम्पियन्स लिगको क्वाटरफाइनल खेलमा मंगलबार लिभरपुलको सामना गर्दैछ । उक्त खेल कठिन हुने भएपनि पोर्टोले पूर्ण तयारी गरेको पेपेले बताएका छन् ।

‘ हामीले निकै कठिन चुनौतीको सामना गर्दैछौं । लिभरपुल निकै राम्रो टोली हो । उनीहरुको प्रशिक्षकको रणनीति निकै उत्कृष्ट रहने गर्छ,’ पेपेले थपे, ‘ हामीले आफ्नो खेल खेल्ने हो । यहाँसम्म आइपुग्दा गरेको प्रदर्शनलाई निरन्तरता दिने लक्ष्य राखेका छौं । सकारात्मक नतिजा हात पार्ने हिसाबले मैदानमा उत्रनेछौं ।’

उनले आफ्नो करिअरमा पोर्टो आउनुलाई पनि महत्त्वपूर्ण पाटो रहेको बताएका छन् । सन् २००४ देखि २००६ सम्म पोर्टोबाट खेलेका पेपे त्यसपछि रियल लागेका थिए । ‘ पोर्टो फर्कनु मेरो सपना थियो । म यहाँ सधैं खुसी छु । मैले यहाँ धेरै कुरा सिकेको छु र मेरो सफल खेल जीवनको श्रेय पोर्टोलाई नै जान्छ,’ उनले भने ।

April 10, 2025

कार्लोस अर्को साता नेपाल आइपुग्ने

काठमाडौं (हाम्रो खेलकुद)- विश्व फुटबलका महान ब्राजिलियन पूर्व खेलाडी कार्लोस अर्को साता नेपाल आउँने भएका छन् । दुई दिने भ्रमणका लागि कार्लोस वैशाख ५ गते काठमाडौं आउने निश्चित भएको बिहीवार नेपाल स्पोर्ट्स एण्ड इभेन्ट्स म्यानेजमेन्ट (एनएसइएम) ले प्रेस विज्ञप्तिमार्फत जानकारी दिएको छ। कार्लोस वैशाख ६ गते दशरथ रंगशालामा जारी एनसेल नेपाल सुपर लिग (एनएसएल) को […]

April 10, 2025

चितवनलाई हराउँदै ललितपुर शीर्षस्थानमा

काठमाडौं (हाम्रो खेलकुद)- एफसी चितवनलाई रोमाञ्चक खेलमा २-१ ले हराउँदै ललितपुर सिटी एफसी एनसेल नेपाल सुपर लिग (एनएसएल) को शीर्षस्थानमा उक्लिएको छ। चितवन दोस्रो स्थानमा झर्यो। ललितपुरको जितमा इमोह इजेकियल र मणि कुमार लामाले गोल गरे। चितवनका भिक्टर मानसरेको गोलमा गरे। पहिलो हाफमा ललितपुरले खेलमा पकड बनायो। चितवनले भने कमजोर प्रदर्शन गर्यो। खेलको दोस्रो मिनेटमा […]

April 10, 2025

वालिङ महिला फुटबलको फाइनलमा

सुमन अधिकारी,बुटवल पूर्णिमा राईको प्रतियोगिता कै पहिलो ह्याट्रिक गरेपछि वालिङको‌ ट्रिनेटी युवा क्लब बुटवलमा जारी प्रीति प्रथम उप मेयर कप नकआउट फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ ।भारत मणिपुरको एमएससी भारतलाई ४-० ले हराउँदै उपाधि नजिक पुगेको हो। पूर्णिमाले २० औं मिनेटमा पहिलो गोल गरिन् । पूर्णिमाले ३० औं मिनेटमा गोल गरेपछि वालिङले पहिलो हाफमा २-० […]

Success

Thank you for your time.