6 years ago
April 9, 2019
एजेन्सी – यूईएफए च्याम्पियन्स लिग फुटबलको क्वाटरफाइनलको पहिलो लेगमा आज राति दुई इंग्लिस प्रतिद्धन्द्धी टोटेनहम हट्स्पर र म्यानचेस्टर सिटीबीच प्रतिस्पर्धा हुदैछ । खेल टोटेनहमको घरेलु मैदान टोटेनहम हट्स्पर स्टेडियम लन्डमा राति १२ः४५ बजेपछि सुरु हुनेछ ।
घरेलु मैदानमा हुने पहिलो लेगको नतिजा आफ्नो पक्षमा पार्दै टोटेनहम सेमिफाइनल प्रवेशलाई बलियो बनाउने योजनामा मैदान उत्रनेछ । मौरिसियो पोचिटिनोको टोटेनहमका इरिक डियर, सर्जि औरियर र इरिक लमेला सिटीविरुद्धको खेलमा मैदान उत्रने छैनन् । तर, टोटेनहमसँग ह्यारी केन, डेल अली, ह्युङ मिन सन र क्रिस्टियन इरिक्सनजस्ता खलोडीहरु मैदान उत्रनेछन् । उनीहरुलाई किरियन ट्रिपर, ड्यानी रोस र कप्तान ह्युगो लोरिसले साथ दिनेछन् ।
यता, म्यानचेस्टर सिटी टोटेनहमलाई उसकै मैदानमा टोटेनहमलाई पराजित गर्दै सेमिफाइल पुग्ने सम्भावनालाई जीवितै राख्ने लक्ष्यमा मैदान उत्रनेछ । सिटीले पहिलो रोजाईकै सर्जियो अग्विरोलाई टिममा राखेपनि उनले खेल्ने सम्भवाना न्युन छ । तर, सिटीसँग अन्य स्टार गाब्रियल जेसस, रहिम स्ट्रलिङ, बर्नाडो सिल्भा, केभिन डि ब्रुयनजस्ता स्तरीय खेलाडीहरुको साथ रहेको छ ।
सिटीले टोटेनहमविरुद्धको पछिल्ला चार खेलमा जित निकालेका कारण सोही जितलाई निरन्तरता दिने लक्ष्यमा हुनेछ । च्याम्पियन्स लिगमा सिटीले पछिल्ला ७ मध्ये ६ खेलमा जित हात पारेको छ । यता, टोटेनहम च्याम्पियन्स लिगको पछिल्ला ६ खेलमा अपराजित रहेको छ । त्यसैले यि दुई टोलीबीचको खेल रोचक र प्रतिस्पर्धात्मक हुने अनुमान गरिएको छ । दोस्रो लेग सिटीको मैदानमा १८ अप्रिलमा हुनेछ ।
April 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- विश्व फुटबलका महान ब्राजिलियन पूर्व खेलाडी कार्लोस अर्को साता नेपाल आउँने भएका छन् । दुई दिने भ्रमणका लागि कार्लोस वैशाख ५ गते काठमाडौं आउने निश्चित भएको बिहीवार नेपाल स्पोर्ट्स एण्ड इभेन्ट्स म्यानेजमेन्ट (एनएसइएम) ले प्रेस विज्ञप्तिमार्फत जानकारी दिएको छ। कार्लोस वैशाख ६ गते दशरथ रंगशालामा जारी एनसेल नेपाल सुपर लिग (एनएसएल) को […]
April 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एफसी चितवनलाई रोमाञ्चक खेलमा २-१ ले हराउँदै ललितपुर सिटी एफसी एनसेल नेपाल सुपर लिग (एनएसएल) को शीर्षस्थानमा उक्लिएको छ। चितवन दोस्रो स्थानमा झर्यो। ललितपुरको जितमा इमोह इजेकियल र मणि कुमार लामाले गोल गरे। चितवनका भिक्टर मानसरेको गोलमा गरे। पहिलो हाफमा ललितपुरले खेलमा पकड बनायो। चितवनले भने कमजोर प्रदर्शन गर्यो। खेलको दोस्रो मिनेटमा […]
April 10, 2025
सुमन अधिकारी,बुटवल पूर्णिमा राईको प्रतियोगिता कै पहिलो ह्याट्रिक गरेपछि वालिङको ट्रिनेटी युवा क्लब बुटवलमा जारी प्रीति प्रथम उप मेयर कप नकआउट फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ ।भारत मणिपुरको एमएससी भारतलाई ४-० ले हराउँदै उपाधि नजिक पुगेको हो। पूर्णिमाले २० औं मिनेटमा पहिलो गोल गरिन् । पूर्णिमाले ३० औं मिनेटमा गोल गरेपछि वालिङले पहिलो हाफमा २-० […]