default_image

6 years ago

April 9, 2019

च्याम्पियन्स लिग फाइनलमा मेसी र रोनाल्डो भिड्ने सम्भावना

122 views

0 Bookmark

एजेन्सी – युरोपेली च्याम्पियन्स लिग अन्तर्गत क्वाटरफाइनल चरणका खेलहरु मंगलबारदेखि सुरु हुँदैछन् । युरोपका शीर्ष ८ टोली क्लब फुटबलकै सबैभन्दा प्रतिष्ठित प्रतियोगिताको उपाधि जित्न आतुर देखिन्छन् ।

आधुनिक फुटबलका दुई शिर्षस्थ स्टारद्वय क्रिस्टियानो रोनाल्डो र लिओनेल मेसी पनि यस सिजन च्याम्पियन्स लिग उपाधिको होडमा कायम छन् । रोनाल्डोको टोली युभेन्टसले स्पेनिस टोली एटलेटिको म्याड्रिडलाई पराजित गर्दै अन्तिम ८ मा स्थान बनाएको थियो । त्यसक्रममा रोनाल्डोले ह्याट्रिक गर्दै समग्रमा ३-२ को जित दिलाए । यता बार्सिलोनाले लियोनलाई पराजित गर्दा पनि मेसी नै नायक सावित भए ।

च्याम्पियन्स लिगको इतिहासमा रोनाल्डो सर्वाधिक ५ पटक उपाधि जित्ने खेलाडी हुन् । गतवर्ष रियल म्याड्रिडले लगातार तेस्रो सिजन उपाधि जित्दा रोनाल्डोको भूमिका महत्त्वपूर्ण रहेको थियो । यता मेसी पनि च्याम्पियन्स लिग उपाधिमा रोनाल्डोलाई पछ्याइरहेका छन् । पछिल्लो पटक सन् २००८-०९ सिजनको च्याम्पियन्स लिग फाइनलमा यी दुई खेलाडी आमनेसामने भएका थिए । त्यसबेला रोनाल्डो म्यानचेस्टर युनाइटेडबाट खेल्थे ।

मेसीले उक्त खेलमा गोल गर्दै म्यानचेस्टर युनाइटेडलाई पराजित गरेका थिए । रोनाल्डो त्यसपछि रियल म्याड्रिड आएर ४ पटक च्याम्पियन्स लिग जितिसकेका छन् । उनले त्यसअघि युनाइटेडमै रहेर सो उपाधि जितेका थिए । यस सिजन पनि मेसी र रोनाल्डो च्याम्पियन्स लिगको उपाधि भिडन्तमा आमनेसामने हुने सम्भावना रहेको छ ।

क्वाटरफाइनल खेलमा युभेन्टसले बुधबार आयाक्सको सामना गर्दैछ । यद्यपी उक्त खेलका लागि रोनाल्डोको उपस्थितिबारे प्रश्न उठिरहेको छ । चोटका कारण उनले खेल्ने-नखेल्ने पक्का भएको छैन । बार्सिलोनाले सोहि समयमा म्यानचेस्टर युनाइटेडको सामना गर्नेछ ।

April 10, 2025

कार्लोस अर्को साता नेपाल आइपुग्ने

काठमाडौं (हाम्रो खेलकुद)- विश्व फुटबलका महान ब्राजिलियन पूर्व खेलाडी कार्लोस अर्को साता नेपाल आउँने भएका छन् । दुई दिने भ्रमणका लागि कार्लोस वैशाख ५ गते काठमाडौं आउने निश्चित भएको बिहीवार नेपाल स्पोर्ट्स एण्ड इभेन्ट्स म्यानेजमेन्ट (एनएसइएम) ले प्रेस विज्ञप्तिमार्फत जानकारी दिएको छ। कार्लोस वैशाख ६ गते दशरथ रंगशालामा जारी एनसेल नेपाल सुपर लिग (एनएसएल) को […]

April 10, 2025

चितवनलाई हराउँदै ललितपुर शीर्षस्थानमा

काठमाडौं (हाम्रो खेलकुद)- एफसी चितवनलाई रोमाञ्चक खेलमा २-१ ले हराउँदै ललितपुर सिटी एफसी एनसेल नेपाल सुपर लिग (एनएसएल) को शीर्षस्थानमा उक्लिएको छ। चितवन दोस्रो स्थानमा झर्यो। ललितपुरको जितमा इमोह इजेकियल र मणि कुमार लामाले गोल गरे। चितवनका भिक्टर मानसरेको गोलमा गरे। पहिलो हाफमा ललितपुरले खेलमा पकड बनायो। चितवनले भने कमजोर प्रदर्शन गर्यो। खेलको दोस्रो मिनेटमा […]

April 10, 2025

वालिङ महिला फुटबलको फाइनलमा

सुमन अधिकारी,बुटवल पूर्णिमा राईको प्रतियोगिता कै पहिलो ह्याट्रिक गरेपछि वालिङको‌ ट्रिनेटी युवा क्लब बुटवलमा जारी प्रीति प्रथम उप मेयर कप नकआउट फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ ।भारत मणिपुरको एमएससी भारतलाई ४-० ले हराउँदै उपाधि नजिक पुगेको हो। पूर्णिमाले २० औं मिनेटमा पहिलो गोल गरिन् । पूर्णिमाले ३० औं मिनेटमा गोल गरेपछि वालिङले पहिलो हाफमा २-० […]

Success

Thank you for your time.