default_image

6 years ago

April 9, 2019

६ खेलाडी जसले यो सिजन फेरी खेल्ने छैनन्

87 views

0 Bookmark

एजेन्सी – युरोपेली फुटबलमा अब सिजनको अन्त्य नजिकिंदै गइरहेको छ । घरेलु कप प्रतियोगिताहरुमा फाइनल पुग्ने टोली तय भैसकेका छन् भने च्याम्पियन्स लिग र युरोपा लिगमा पनि अन्तिम ४ टोलीको छिनोफानो केहि सातामै हुनेछ । घरेलु लिगको विजेता बन्ने पनि छाँटकाँट देखिन थालिसकेको छ ।

यस्तो अवस्थामा लिगको महत्त्वपूर्ण स्थानहरुको लागि प्रतिस्पर्धा पनि उच्च विन्दुमा पुगेको छ । रेलिगेसन क्षेत्रदेखि उपाधि भिडन्तसम्म टोलीहरुको प्रतिस्पर्धा रोमान्चक बन्दै गइरहेको छ । क्लबहरुले खेलाडीहरुमाथि अझै बढी विश्वास राख्न थालेका छन् । यस्तो महत्त्वपूर्ण मोडमा केहि खेलाडीहरु भने चोटका कारण उपस्थित रहनेछैनन् । सिजनको अन्तिम भागलाई गुमाउने केहि खेलाडी यसप्रकार छन् :

६. अक्रफ हाकिमी
क्लब : बोरुसिया डर्टमुन्ड
पोजिसन : डिफेन्डर
चोट : दायाँ खुट्टा भाँचिएको

५. हेक्टर बेलेरीन
क्लब : आर्सनल
पोजिसन : डिफेन्डर
चोट : लिगामेन्ट च्यातिएको

४. लुकास हर्नान्डेज
क्लब : एटलेटिको म्याड्रिड
पोजिसन : डिफेन्डर
चोट : दायाँ घुँडाको लिगामेन्ट समस्या

३. राफिन्हा
क्लब : बार्सिलोना
पोजिसन : मिडफिल्डर
चोट : क्रुसिएट लिगामेन्ट च्यातिएको

२. जेओफ्री कोन्डोग्बिया
क्लब : भ्यालेन्सिया
पोजिसन : मिडफिल्डर
चोट : बायाँ तिघ्रा चोट

१. एलेक्स अक्स्लेड चेम्बरलिन
क्लब : लिभरपुल
पोजिसन : मिडफिल्डर
चोट : दायाँ घुँडा

April 10, 2025

कार्लोस अर्को साता नेपाल आइपुग्ने

काठमाडौं (हाम्रो खेलकुद)- विश्व फुटबलका महान ब्राजिलियन पूर्व खेलाडी कार्लोस अर्को साता नेपाल आउँने भएका छन् । दुई दिने भ्रमणका लागि कार्लोस वैशाख ५ गते काठमाडौं आउने निश्चित भएको बिहीवार नेपाल स्पोर्ट्स एण्ड इभेन्ट्स म्यानेजमेन्ट (एनएसइएम) ले प्रेस विज्ञप्तिमार्फत जानकारी दिएको छ। कार्लोस वैशाख ६ गते दशरथ रंगशालामा जारी एनसेल नेपाल सुपर लिग (एनएसएल) को […]

April 10, 2025

चितवनलाई हराउँदै ललितपुर शीर्षस्थानमा

काठमाडौं (हाम्रो खेलकुद)- एफसी चितवनलाई रोमाञ्चक खेलमा २-१ ले हराउँदै ललितपुर सिटी एफसी एनसेल नेपाल सुपर लिग (एनएसएल) को शीर्षस्थानमा उक्लिएको छ। चितवन दोस्रो स्थानमा झर्यो। ललितपुरको जितमा इमोह इजेकियल र मणि कुमार लामाले गोल गरे। चितवनका भिक्टर मानसरेको गोलमा गरे। पहिलो हाफमा ललितपुरले खेलमा पकड बनायो। चितवनले भने कमजोर प्रदर्शन गर्यो। खेलको दोस्रो मिनेटमा […]

April 10, 2025

वालिङ महिला फुटबलको फाइनलमा

सुमन अधिकारी,बुटवल पूर्णिमा राईको प्रतियोगिता कै पहिलो ह्याट्रिक गरेपछि वालिङको‌ ट्रिनेटी युवा क्लब बुटवलमा जारी प्रीति प्रथम उप मेयर कप नकआउट फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ ।भारत मणिपुरको एमएससी भारतलाई ४-० ले हराउँदै उपाधि नजिक पुगेको हो। पूर्णिमाले २० औं मिनेटमा पहिलो गोल गरिन् । पूर्णिमाले ३० औं मिनेटमा गोल गरेपछि वालिङले पहिलो हाफमा २-० […]

Success

Thank you for your time.