default_image

6 years ago

April 9, 2019

पेले भेट्न नेयमार अस्पताल पुगे

93 views

0 Bookmark

एजेन्सी – विश्व फुटबलका महान् हस्ती ब्राजिलियन पेले भेट्न आधुनिक फुटबलका अर्का प्रतिभा तथा ब्राजिली फरवार्ड नेयमार जुनियर सोमबार अस्पताल पुगेका छन् ।

ब्राजिली हस्ती पेले एक साताअघि देखि मुत्रनलीमा समस्याआएपछि फ्रान्सको पेरिसमा रहेको अमेरिकन अस्पतालमा उपचाररत रहेका छन् । उनको समस्यामा सुधारोन्मख हुदै गएको अस्पतालले जनाएको छ ।

पेलेले अघिल्लो साता फ्रान्सका अर्का युवा स्टार केलियन एमबाप्पेसँगको भेटमा पनि आफ्नो समस्या विस्तारै सुधारोन्मुख हुदै गएको बताएका थिए ।

७८ वर्षीय पेलेले आफ्नो रोग निको नहुदै अस्पतालबाट डिस्चार्ज हुन लागेछि नेयमारले उनलाई रोक्न सफल भएका थिए । नेयमारले पेलेसँगको भेटको तस्वीर सामाजिक सञ्जालमा पोस्ट गरेका छन् ।

नेयमार पनि मेटाटर्सल चोटकै कारण अहिले उपचारमै छन् । उनी यसै साताबाट पेरिस सेन्ट जर्मेन (पीएसजी) को प्रशिक्षणमा फर्किएका छन् ।

पेलेले उपचार ठीक भएको र छिट्टै आफ्नो नियमित कार्यमा फर्कने बताएका छन् । तीनपटकको विश्वविजेता पेलेले आफ्नो उपचारमा संलग्न सबै चिकित्सकहरुलाई धन्यवाद दिएका छन् ।

February 8, 2025

पुलिस आहा! रारा पोखरा गोल्डकपको सेमिफाइनलमा

पोखरा (हाम्रो खेलकुद)- आहा! रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको सर्वाधिक सफल टोली‌ मध्येको एक नेपाल पुलिस क्लब यसपटक पनि सेमिफाइनलमा प्रवेश गरेको छ। आहा राराको जारी २४ औं संस्करणको पहिलो क्वाटरफाइनलमा शनिवार ब्रिगेड ब्वाइज एफसीलाई २-० ले हराउँदै पुलिस अन्तिम चारमा पुगेको हो।पुलिसलाई जित दिलाउन विवेक पाण्डे र कप्तान राम वाजीले गोल गरे। विवेकले २८ औं […]

February 8, 2025

व्हिल चियर दौडमा सन्तोष र सृजना विजयी

पोखरा (हाम्रो खेलकुद)- १९ औं सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन अन्तर्गत व्हिल चियर तथा दृष्टिविहीन दौड प्रतियोगिता सम्पन्न भएको छ। पोखरा रंगशालामा आज भएको पुरुष व्हिल चियर २ किलोमिटर दौडमा सन्तोष कार्कीले पहिलो भए। उनले ९ मिनेट ५१. २० सेकेन्डको टाईमिङमा दौड पूरा गरे। दीपक आले मगर १० मिनेट ०१. ३६ सेकेन्डमा निर्धारित दूरी तय गर्दै […]

February 8, 2025

आहा रारा पोखरा गोल्डकप – पुलिस र युकेको ब्रिगेड ब्वाइज खेल्दै

पोखरा (हाम्रो खेलकुद)- २४ औंआहा! रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा आज सुरु हुँदैछ। पहिलो क्वाटरफाइनलमा आहा राराको‌ सर्वाधिक सफल सफल टोली मध्येको‌ एक नेपाल पुलिस क्लबले पहिलो पटक सहभागी ब्रिगेड ब्वाइज क्लब युकेको सामना गर्दैछ। पोखरा रंगशालामा खेल दिउँसो २:३० बजे सुरु हुनेछ। पुलिस क्लब पहिलो खेलमा आयोजक सहारा क्लबलाई १-० के हराउँदै अन्तिम […]

Success

Thank you for your time.