6 years ago
April 9, 2019
एजेन्सी – बेल्जियन फरवार्ड इडेन हजार्डको दुई गोल सहयोगमा चेल्सीले इंग्लिस प्रिमियर लिग फुटबलमा वेस्टह्याम युनाइटेडलाई २–० ले पराजित गरेको छ ।
वेस्टह्यामाथिको जितसँगै चेल्सी प्रिमियर लिगको तेस्रो स्थानमा उक्लन सफल भएको छ । यससँगै चेल्सीले अर्काे सिजनको च्याम्पियन्स लिग खेल्ने सम्भावना जीवितै राखेको छ । प्रिमियर लिगका शीर्ष चार टोलीले सिधै च्याम्पियन्स लिगमा स्थान बनाउनेछ ।
चेल्सीको ३३ खेलबाट ६६ अंक पुगेको छ । एक खेल कम खेलेको टोटेनहमको ६४ तथा आर्सनलको ६३ तथा म्यानचेस्टर युनाइटेडको ६१ अंक रहेको छ । शीर्षस्थानको लिभरपुलको ८२ तथा म्यानचेसटर सिटीको ८० अंक रहेको छ ।
घरेलु मैदानमा स्टामफोर्ड ब्रिजमा चेल्सीलाई जिताउन दुवै गोल हजार्डले पहिलो र दोस्रो हाफमा गरे । खेलको २४औं मिनेटमा हजार्डले मैदानको मध्यभागबाट बल अघि बढाउदै चार खेलाडीलाई छलाउदै एकल प्रयासमा चेल्सीलाई अग्रता दिलाए ।
प्रतिस्पर्धात्मक बनेको दोस्रो हाफमा दुवै टोलीले गोलको केही अवसरहरु खेलर फालेको थियो । तर, खेलको अन्त्यतिर हजार्डले गोल गर्दै चेल्सीलाई २–० को जित दिलाए । वैकल्पिक खेलाडी रोस बार्कलीको पासमा अनमार्क रहेका हजार्डले दोस्रो बार च्याप्दै गोल गर्न सफल भएका थिए ।
February 8, 2025
पोखरा (हाम्रो खेलकुद)- १९ औं सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन अन्तर्गत व्हिल चियर तथा दृष्टिविहीन दौड प्रतियोगिता सम्पन्न भएको छ। पोखरा रंगशालामा आज भएको पुरुष व्हिल चियर २ किलोमिटर दौडमा सन्तोष कार्कीले पहिलो भए। उनले ९ मिनेट ५१. २० सेकेन्डको टाईमिङमा दौड पूरा गरे। दीपक आले मगर १० मिनेट ०१. ३६ सेकेन्डमा निर्धारित दूरी तय गर्दै […]
February 8, 2025
पोखरा (हाम्रो खेलकुद)- २४ औंआहा! रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा आज सुरु हुँदैछ। पहिलो क्वाटरफाइनलमा आहा राराको सर्वाधिक सफल सफल टोली मध्येको एक नेपाल पुलिस क्लबले पहिलो पटक सहभागी ब्रिगेड ब्वाइज क्लब युकेको सामना गर्दैछ। पोखरा रंगशालामा खेल दिउँसो २:३० बजे सुरु हुनेछ। पुलिस क्लब पहिलो खेलमा आयोजक सहारा क्लबलाई १-० के हराउँदै अन्तिम […]
February 8, 2025
एजेन्सी – ह्यारी केनको २ गोलमा बायर्न म्युनिखले जर्मन बुन्डेस लिगामा जित हासिल गरेको छ । बायर्नले शुक्रवार एसभी वेर्डर ब्रेमेनलाई ३-० ले हराएको हो । घरेलु मैदानमा बायर्नको जितमा अर्को गोल लिरोय सानेले गरे । पहिलो हाफ गोल रहित बराबरीमा सकियो । ५६औं मिनेटमा केनले पेनाल्टीमा गोल गर्दै टोलीलाई अग्रता दिलाए । ८२औं मिनेटमा […]