default_image

6 years ago

April 8, 2019

बेलको भविष्य कता ?

111 views

0 Bookmark

एजेन्सी – पछिल्लो समय रियल म्याड्रिडमा बेलको भविष्यलाई लिएर धेरै प्रश्न उठ्ने गरेको छैन । उनले अर्को सिजन क्लब छाड्ने लगभग पक्का देखिन्छ । अब प्रश्न छ त उनलाई कुन क्लबले अनुबन्धन गर्ने प्रस्ताव राख्छ भन्नेमा ।

शनिबारको खेलमा रियलले एइबारलाई २-१ ले पराजित गर्दा घरेलु समर्थकले बेलको प्रदर्शनलाई गिज्याएका थिए । अघिल्लो वर्ष मात्र च्याम्पियन्स लिग फाइनलमा उत्कृष्ट प्रदर्शन गर्दै उपाधि जित्दाका नायक बनेका बेल अहिले रियलमा समर्थकमाझ प्रिय छैनन् । उनले लगातार राम्रो प्रदर्शन गर्न नसक्दा समर्थकहरु निराश बनेका छन् । यसै सिजन जिदानअघिका दुवै प्रशिक्षकसँग बेलले राम्रो छाप बसाउन सकेनन् ।

जिदानको पुनरागमन बेलको लागि रियलमा पुन: पुरानै छाप बसाउने एक मौका बन्ने अपेक्षा थियो । तर केहि साता बितिसक्दा पनि त्यसो हुन सकेको छैन । बेल सिजनको अन्त्यमा रियल छाड्ने सम्भावना बलियो बन्दै गएको छ । यद्यपी बेललाई अनुबन्धन गर्ने हैसियत कमै क्लबको छ । उनको ट्रान्सफर रकम पनि ठूलो हुने कारण कमै क्लबले उनलाई भित्र्याउने प्रस्ताव राख्नेछन् ।

म्यानचेस्टर युनाइटेडले नयाँ प्रशिक्षकको आगमनसँगै राम्रो प्रदर्शन गरेको छ । क्लबले सन् २०१२/१३ सिजनपछि लिग उपाधि जित्न सकेको छैन । यस उपाधि खडेरी तोड्न बेल राम्रो विकल्प बन्न सक्छन । युनाइटेडले यसअघि पनि उनलाई अनुबन्धन गर्ने प्रयास गरेको थियो ।

बायर्न म्युनिख पनि बेलको लागि उचित विकल्प हुन सक्छ । च्याम्पियन्स लिगमा राम्रो प्रदर्शन गर्न असफल बायर्नमा आर्जेन रोबेन र फ्रान्क रिबरी जस्ता भेट्रान खेलाडी क्लब छाड्ने तयारीमा छन् । यस्तो अवस्थामा बेलले बायर्नमा आफ्नो छाप बसाउन सक्छन ।

टोटेनहम हट्सपर पनि बेलको लागि राम्रो विकल्प हुन सक्छ । बेलले छाडेर गएपछि टोटेनहममा निकै परिवर्तन आएको छ । अघिल्लो साता मात्र क्लबले नयाँ रंगशाला पनि सार्वजनिक गरिसकेको छ । अब मोटो रकम खर्चने सुरमा रहेको स्पर्सका लागि बेल उचित विकल्प हुन सक्छन ।

February 8, 2025

व्हिल चियर दौडमा सन्तोष र सृजना विजयी

पोखरा (हाम्रो खेलकुद)- १९ औं सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन अन्तर्गत व्हिल चियर तथा दृष्टिविहीन दौड प्रतियोगिता सम्पन्न भएको छ। पोखरा रंगशालामा आज भएको पुरुष व्हिल चियर २ किलोमिटर दौडमा सन्तोष कार्कीले पहिलो भए। उनले ९ मिनेट ५१. २० सेकेन्डको टाईमिङमा दौड पूरा गरे। दीपक आले मगर १० मिनेट ०१. ३६ सेकेन्डमा निर्धारित दूरी तय गर्दै […]

February 8, 2025

आहा रारा पोखरा गोल्डकप – पुलिस र युकेको ब्रिगेड ब्वाइज खेल्दै

पोखरा (हाम्रो खेलकुद)- २४ औंआहा! रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा आज सुरु हुँदैछ। पहिलो क्वाटरफाइनलमा आहा राराको‌ सर्वाधिक सफल सफल टोली मध्येको‌ एक नेपाल पुलिस क्लबले पहिलो पटक सहभागी ब्रिगेड ब्वाइज क्लब युकेको सामना गर्दैछ। पोखरा रंगशालामा खेल दिउँसो २:३० बजे सुरु हुनेछ। पुलिस क्लब पहिलो खेलमा आयोजक सहारा क्लबलाई १-० के हराउँदै अन्तिम […]

February 8, 2025

बायर्नको जितमा केनको २ गोल

एजेन्सी – ह्यारी केनको २ गोलमा बायर्न म्युनिखले जर्मन बुन्डेस लिगामा जित हासिल गरेको छ । बायर्नले शुक्रवार एसभी वेर्डर ब्रेमेनलाई ३-० ले हराएको हो । घरेलु मैदानमा बायर्नको जितमा अर्को गोल लिरोय सानेले गरे । पहिलो हाफ गोल रहित बराबरीमा सकियो । ५६औं मिनेटमा केनले पेनाल्टीमा गोल गर्दै टोलीलाई अग्रता दिलाए । ८२औं मिनेटमा […]

Success

Thank you for your time.