6 years ago
April 8, 2019
एजेन्सी – नर्विच सिटीका फरवार्ड टिमु पुक्की च्याम्पियनसिप फुटबलको प्लेयर अफ दि सिजन घोषित भएका छन् ।
इंग्ल्यान्डको दोस्रो डिभिजनको फुटबल लिगमा उच्च प्रदर्शन गरेका उनलाई आइतबार राति प्लेयर अफ दि सिजन घोषित गरिएको हो । उनले नर्विचलाई प्रिमियर लिगमा बढुवा नजिक पुर्याउन २४ गोल गर्नुका साथै ९ असिस्ट गरेका थिए ।
च्याम्पियनसिपमा ६ चरणको खेल बाँकी रहँदा नर्विच सिटी ४० खेलबाट ८४ अंक जोडेर शीर्षस्थानमा रहेको छ । पुक्कीले सेफिल्डका बिल्ली सार्प र बर्मिङहमका चे आडाम्सलाई पछि पार्दै प्लेयर अफ दि सिजन घोषित भएका हुन् ।
प्लेयर अफ दि सिजन घोषित भएसँगै पुक्कीले यो अवार्डबाट आफु साँच्चिकै खुशी रहेको र यसले मलाई आगमी दिनमा थप हौसला प्रदान गर्ने बताएका छन् । ‘च्याम्पियनसिपमा पनि थुप्रै प्रतिभावान खेलाडी छन् । म आज प्लेयर अफ दि सिजन भएको छु । मेरो लागि यो अवार्ड विशेष हुनेछ,’ सिजन खेलाडी घोषित भएपछि पुक्कीले भने ।
लिग वानतर्फ लुटन टाउनका फरवार्ड जेम्स कोलिन र लिग टुबाट जेम्स सिजनको खेलाडी घोषित भए । इएफएल टिम अवार्डमा ब्रान्सलेका एडाम डेभिस, नर्विचका म्याक् आरोन्स, लिड्सका लियम कुपर, म्यानफिल्डका क्रिस्टियन पियर्स, लुटनका जेम्स जस्टिन, ब्रान्सलेका एलेक्स मोवाट, वरीका जय ओसी, हलका जारोड वोवेन, नर्विचका टिमु पुक्की, सेफिल्डका बिली सार्प र रोभर्सका नोरवुड रहेका छन् ।
सेफिल्डका क्रिस विल्डरले वर्षका उत्कृष्ट प्रशिक्षक भए । नर्विचका फुलब्याक म्याक्स आरोन्स इएफएल युवा खेलाडी चुनिए । क्यान्सरलाई जितेका जोए थम्सनको गोलले सर टम फिन्नी अवार्ड जिते । डोनकास्टर रोभर्स मोमेन्ट अफ दि सिजनको अवार्ड जित्न सफल भयो । विल भल्क्स कम्युनिटी खेलाडी र पोर्टस्माउथ कम्युनिटी क्लबको अवार्ड जित्न सफल भए ।
February 8, 2025
पोखरा (हाम्रो खेलकुद)- १९ औं सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन अन्तर्गत व्हिल चियर तथा दृष्टिविहीन दौड प्रतियोगिता सम्पन्न भएको छ। पोखरा रंगशालामा आज भएको पुरुष व्हिल चियर २ किलोमिटर दौडमा सन्तोष कार्कीले पहिलो भए। उनले ९ मिनेट ५१. २० सेकेन्डको टाईमिङमा दौड पूरा गरे। दीपक आले मगर १० मिनेट ०१. ३६ सेकेन्डमा निर्धारित दूरी तय गर्दै […]
February 8, 2025
पोखरा (हाम्रो खेलकुद)- २४ औंआहा! रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा आज सुरु हुँदैछ। पहिलो क्वाटरफाइनलमा आहा राराको सर्वाधिक सफल सफल टोली मध्येको एक नेपाल पुलिस क्लबले पहिलो पटक सहभागी ब्रिगेड ब्वाइज क्लब युकेको सामना गर्दैछ। पोखरा रंगशालामा खेल दिउँसो २:३० बजे सुरु हुनेछ। पुलिस क्लब पहिलो खेलमा आयोजक सहारा क्लबलाई १-० के हराउँदै अन्तिम […]
February 8, 2025
एजेन्सी – ह्यारी केनको २ गोलमा बायर्न म्युनिखले जर्मन बुन्डेस लिगामा जित हासिल गरेको छ । बायर्नले शुक्रवार एसभी वेर्डर ब्रेमेनलाई ३-० ले हराएको हो । घरेलु मैदानमा बायर्नको जितमा अर्को गोल लिरोय सानेले गरे । पहिलो हाफ गोल रहित बराबरीमा सकियो । ५६औं मिनेटमा केनले पेनाल्टीमा गोल गर्दै टोलीलाई अग्रता दिलाए । ८२औं मिनेटमा […]