6 years ago
April 8, 2019
एजेन्सी – बार्सिलोनाका मिडफिल्डर इभान राकीटिच सिजनको अन्त्यमा बार्सिलोना छाड्ने सम्भावना बढेको छ ।
बार्सिलोनाले डच मिडफिल्डर फ्रान्की डे जंग भित्र्याएपछि राकीटिचले पहिलो रोजाइमा मौका नपाउने देखिन्छ । यसैकारण राकीटिचले अन्य क्लबमा आफ्नो भविष्य खोज्न थालेका हुन् । ३१ वर्षीय मिडफिल्डरले क्लब छाड्ने इच्छा नदेखाएपनि बेन्चमा रहने खेलाडीका लागि बार्सिलोनाले नयाँ सम्झौता गर्ने संकेत दिएको छैन । राकीटिच नयाँ सम्झौता नपाए क्लब छाड्ने मनसायमा रहेको संचारमाध्यमले जनाएका छन् ।
राकीटिचलाई बेच्दा बार्सिलोनाले मोटो रकम पनि प्राप्त गर्ने र अन्य खेलाडीमा खर्च गर्न सक्नेछ । राकीटिच आफैं पनि बार्सिलोनामा दोस्रो रोजाईमा बस्नुभन्दा नयाँ क्लबमा जान इच्छुक रहेका छन् । यसका लागि उनले इटालियन क्लब युभेन्ट्समा नजर लगाएका छन् । युभेन्टसलाई पनि अनुभवी मिडफिल्डरको आवश्यकता परिरहेको र राकीटिच त्यसको लागि उपयुक्त रहने छन् ।
February 8, 2025
पोखरा (हाम्रो खेलकुद)- १९ औं सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन अन्तर्गत व्हिल चियर तथा दृष्टिविहीन दौड प्रतियोगिता सम्पन्न भएको छ। पोखरा रंगशालामा आज भएको पुरुष व्हिल चियर २ किलोमिटर दौडमा सन्तोष कार्कीले पहिलो भए। उनले ९ मिनेट ५१. २० सेकेन्डको टाईमिङमा दौड पूरा गरे। दीपक आले मगर १० मिनेट ०१. ३६ सेकेन्डमा निर्धारित दूरी तय गर्दै […]
February 8, 2025
पोखरा (हाम्रो खेलकुद)- २४ औंआहा! रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा आज सुरु हुँदैछ। पहिलो क्वाटरफाइनलमा आहा राराको सर्वाधिक सफल सफल टोली मध्येको एक नेपाल पुलिस क्लबले पहिलो पटक सहभागी ब्रिगेड ब्वाइज क्लब युकेको सामना गर्दैछ। पोखरा रंगशालामा खेल दिउँसो २:३० बजे सुरु हुनेछ। पुलिस क्लब पहिलो खेलमा आयोजक सहारा क्लबलाई १-० के हराउँदै अन्तिम […]
February 8, 2025
एजेन्सी – ह्यारी केनको २ गोलमा बायर्न म्युनिखले जर्मन बुन्डेस लिगामा जित हासिल गरेको छ । बायर्नले शुक्रवार एसभी वेर्डर ब्रेमेनलाई ३-० ले हराएको हो । घरेलु मैदानमा बायर्नको जितमा अर्को गोल लिरोय सानेले गरे । पहिलो हाफ गोल रहित बराबरीमा सकियो । ५६औं मिनेटमा केनले पेनाल्टीमा गोल गर्दै टोलीलाई अग्रता दिलाए । ८२औं मिनेटमा […]