default_image

6 years ago

April 8, 2019

पीएसजी बराबरीमा रोकियो

127 views

0 Bookmark

एजेन्सी – पेरिस सेन्ट जर्मेन (पिएसजी) फ्रेन्च लिग वानमा स्टार्सवर्गसँग बराबरीमा रोकिएको छ । लिग वानअन्तर्गत आइतबार पीएसजी घरेलु मैदानमा स्टार्सवर्गसँग २–२ गोलको बराबरीमा रोकिएको हो ।

लिग वानमा पीएसजीको यो तेस्रो बराबरी हो । घरेलु मैदान पार्क दि प्रिन्सेस पेरिसमा भएको खेलमा पीएसजीले अग्रपङ्तिमा युवा खेलाडीलाई मौका दिएका थिए । चोटका कारण नेयमार र एडिन्सन कभानीको साथ नपाएको पीएसजीले केलियन एमबाप्पे र एन्जल डि मारियालाई विश्राम दिएका थियो ।

बराबरीमा रोकिएसँगै पीएसजीले यो सिजनको उपाधिको लागि अर्काे खेल कुर्नुपर्ने भएको छ । स्टार्सवर्गविरुद्ध जित निकालेको भए पीएसजीले ८ खेल अगावै यो सिजनको लिग वानको उपाधि जित्ने थियो । पीएसजीको समग्रमा सातौं सिजनमा छैटौं उपाधि हुनेछ ।

पीएसजीका लागि इरिक म्याक्सिम चुपो मोटिङ र थिलो केहररले गोल गरे । स्टार्सवर्गका नुनो डि कोस्टा र एन्थोनीले गोल गरे । खेलको १३औं मिनेटमा इरिकको गोलबाट घरेलु टोलीले अग्रता बनाएको थियो । २६औं मिनेटमा नुनोले बराबरी गोल फर्काए । ३८औं मिनेटमा एन्थोनीले गोल गरेपछि घरेलु टोली पहिलो हाफमा २–१ ले पछि परेको थियो ।

वैकल्पिक खेलाडी डिफेन्डर थिलो केहररले गोल गर्दै पीएसजीलाई २–२ गोलको बराबरीमा ल्याए । थिलो ७६औं मिनेटमा क्रिस्टोफोरको स्थानमा मैदान प्रवेश गरेका थिए । दोस्रो हाफमा पीएसजीले युवा स्टार फरवार्ड एमबाप्पेलाई मैदानमा उतारेपनि उनले गोल गर्न भने सकेनन् ।

पीएसजीले खेलभर नै स्टार्सवर्गलाई दवावमा राखेको थियो । पीएसजीको एक मुभमा चुपो मोटिङले गोल गर्ने प्रयास गर्दा आफ्नै सहयात्रीले गरेको प्रहार गोललाईनबाट बचाइदिएपछि पीएसजी बराबरीम रोकिएको थियो । पीएसजीले बराबरी नतिजाका कारण ८ खेल अगावै च्याम्पियन बन्ने खुशीयाली मनाउन पाएन ।

बराबरीपछि पिएसजीको ३० खेलबाट ८१ अंक पुगेको छ । पीएसजीले दोस्रो स्थानको लिलेलाई २० अंकले पछि पारेको छ । लिलको ३१ खेलमा ६१ अंक रहेको छ । स्टार्सवर्ग ४३ अंकसहित नवौं स्थानमा छ ।

February 8, 2025

व्हिल चियर दौडमा सन्तोष र सृजना विजयी

पोखरा (हाम्रो खेलकुद)- १९ औं सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन अन्तर्गत व्हिल चियर तथा दृष्टिविहीन दौड प्रतियोगिता सम्पन्न भएको छ। पोखरा रंगशालामा आज भएको पुरुष व्हिल चियर २ किलोमिटर दौडमा सन्तोष कार्कीले पहिलो भए। उनले ९ मिनेट ५१. २० सेकेन्डको टाईमिङमा दौड पूरा गरे। दीपक आले मगर १० मिनेट ०१. ३६ सेकेन्डमा निर्धारित दूरी तय गर्दै […]

February 8, 2025

आहा रारा पोखरा गोल्डकप – पुलिस र युकेको ब्रिगेड ब्वाइज खेल्दै

पोखरा (हाम्रो खेलकुद)- २४ औंआहा! रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा आज सुरु हुँदैछ। पहिलो क्वाटरफाइनलमा आहा राराको‌ सर्वाधिक सफल सफल टोली मध्येको‌ एक नेपाल पुलिस क्लबले पहिलो पटक सहभागी ब्रिगेड ब्वाइज क्लब युकेको सामना गर्दैछ। पोखरा रंगशालामा खेल दिउँसो २:३० बजे सुरु हुनेछ। पुलिस क्लब पहिलो खेलमा आयोजक सहारा क्लबलाई १-० के हराउँदै अन्तिम […]

February 8, 2025

बायर्नको जितमा केनको २ गोल

एजेन्सी – ह्यारी केनको २ गोलमा बायर्न म्युनिखले जर्मन बुन्डेस लिगामा जित हासिल गरेको छ । बायर्नले शुक्रवार एसभी वेर्डर ब्रेमेनलाई ३-० ले हराएको हो । घरेलु मैदानमा बायर्नको जितमा अर्को गोल लिरोय सानेले गरे । पहिलो हाफ गोल रहित बराबरीमा सकियो । ५६औं मिनेटमा केनले पेनाल्टीमा गोल गर्दै टोलीलाई अग्रता दिलाए । ८२औं मिनेटमा […]

Success

Thank you for your time.