default_image

6 years ago

April 8, 2019

वल्भ्समाथि रोमान्चक जितसँगै वाटफर्ड फाइनलमा

83 views

0 Bookmark

एजेन्सी – इन्ज्युरी समयमा कप्तान ट्रोए डिनीले बराबरी गोल गरेपछि अतिरिक्त समयमा पुगेको खेलमा वल्भ्सलाई ३-२ ले पराजित गर्दै वाटफर्ड एफए कपको फाइनलमा प्रवेश गरेको छ ।

आइतबार वेम्बली मैदानमा भएको खेलमा वल्भ्सले जाभिएर डोहर्टिको ३६ औं मिनेटको गोलमा अग्रता लिएको थियो । दोस्रो हाफमा राउल जिमिनेजले अग्रता दोब्बर पारे । उनले ६२ औं मिनेटमा उत्कृष्ट भली प्रहार गर्दै वल्भ्सलाई फाइनल नजिक पुर्याएका थिए । सन् १९६० पछि पहिलो पटक फाइनल पुग्ने धुनमा रहेको वल्भ्सले अन्तिम समयमा सम्हिलन नसक्दा पराजय बेहोर्नुपर्यो ।

खेल सकिन ११ मिनेट बाँकी रहँदा जेरार्ड डेउलोफेउले फ्लिकमा गोल गर्दै वाटफर्डको खेलमा फर्कने आशा जगाए । इन्ज्युरी समयको चौथी मिनेटमा कप्तान डिनीले प्राप्त पेनाल्टी अवसरको सदुपयोग गर्दै खेल अतिरिक्त समयतर्फ लम्काएका थिए । वल्भ्सका डिफेन्डर लिआन्डर डेन्डोकरले डिनीलाई पेनाल्टी क्षेत्रभित्र लडाएपछि रेफ्रीले पेनाल्टी दिएका थिए ।

अतिरिक्त समयको १ सय ४ औं मा डेउलोफेउले नै गोल गर्दै वाटफर्डलाई जिततर्फ लम्काए । सन् १९८४ यता पहिलो पटक फाइनल पुगेको वाटफर्डले अब उपाधिको लागि म्यानचेस्टर सिटीको सामना गर्नेछ । खेल मे १८ मा वेम्बली मैदानमा हुनेछ ।

March 22, 2025

एपिएफ महिला फुटबल च्याम्पियन

सुशील पन्त क्षेत्री, चितवन एपिएफ एससीले चितवनमा राष्ट्रिय महिला फुटबल प्रतियोगिताको उपाधि जितेको छ । भरतपुरको कृष्णपुरको मैदानमा भएको फाइनलमा त्रिभुवन आर्मी फुटबल क्लबलाई टाइब्रेकरमा ४-२ ले हराउँदै एपिएफ च्याम्पियन बनेको हो । निर्धारित ८० मिनेटको खेल १-१ को बराबरीमा टुंगिएपछि खेलको निर्णय टाइब्रेकरमा भएको थियो। प्रतिस्पर्धात्मक खेलमा एपिएफले उत्कृष्ट पुनरागमन जित निकाल्यो । खेलमा […]

March 22, 2025

मौसमका कारण आयोजक र एपिएफबीचको खेल स्थगित

सुमन अधिकारी, बुटवल बुटवलमा २३ औं तिलोत्तमा गोल्ड कप नकआउट फुटबल प्रतियोगितामा शनिवार सुरु भएको छ । उद्घाटन खेलको पहिलो हाफमा आयोजक करेन्ट रुपन्देही ११ विरुद्ध एपिएफ एफसीले १- ० गोलको अग्रता लिएको थियो । प्रतिस्प्रर्धात्मक खेलको १७ औ मिनेटमा हरि कार्कीले गोल गर्दै एपिएफलाई अग्रता दिलाएका हुन् । दोस्रो हाफ सुरु भएसको केहि समयमा […]

March 22, 2025

श्रेष्ठको नेतृत्वमा अन्नपूर्ण आरसिटीमा नयाँ कार्यसमिति

काठमाडौं (हाम्रो खेलकुद)- अन्नपूर्ण आरसिटीको साधारण सभाले अध्यक्ष राजेश श्रेष्ठसहित पदाधिकारीलाई निर्विरोध निर्वाचित गरेको छ। सहिद स्मारक लिग ‘ए’ डिभिजनको छ पल्टको विजेता अन्नपूर्ण आरसिटीको शनिवार नयाँ कार्यसमितिका लागि भएको चुनावी साधारण सभाले उपाध्यक्षमा कुमार राजभण्डारी र नरेन्द्रबहादुर श्रेष्ठलाई निर्वाचित गरेको छ। त्यस्तै सचिवमा रजेन्द्रप्रसाद श्रेष्ठ, सहसचिवमा अशोक मानन्धर तथा कोषाध्यक्षमा नरेश बैद्य निर्विरोध चयन […]

Success

Thank you for your time.