6 years ago
April 7, 2019
एजेन्सी – सुपरस्टार क्रिस्टियानो रोनाल्डोविनै मैदान उत्रिएको युभेन्टसले इटालियन सिरी ‘ए’ मा एसी मिलानलाई पराजित गरेको छ ।
युभेन्टसले घरेलु मैदानमा एसी मिलानमाथि २–१ को पूनरागमन जित निकालेको हो । चोटका कारण सुपरस्टार क्रिस्टियानो रोनाल्डो भने मिलानविरुद्धको खेलमा उत्रिएनन् । घरेलु मैदानमा युभेन्टसको पूनरागमन जितमा पाउलो डिब्याला र मोएस किनले गोल गरे । मिलानका क्रिजिस्टोफ पियाटिकले गोल गरे ।
३९औं मिनेटमा पियाटिकले गोल गरेपछि मिलाले पहिलो हाफमा १–० को अग्रता बनाएको थियो । टिमोउ बाकायोकोका पासमा पियाटिक गोल गर्न सफल भएका थिए । तर, मिलानले त्यो अग्रतालाई जोगाउन सकेन ।
६०औं मिनेटमा घरेलु टोली युभेन्टस पेनाल्टीमार्फत खेलमा फर्कियो । मुसाचियोले डिब्यालालाई बक्समा लडाएपछि प्राप्त पेनाल्टीमा डिब्याला आफैले गोल गरे । ८४औं मिनेटमा मोइस किनले गोल गर्दै युभेन्टसलाई २–१ को जित दिलाए ।
जितसँगै युभेन्टसले आफ्नो शीर्षता थप बलियो बनाएको छ । युभेन्टस ३१ खेलबाट ८४ अंक जोडेर शीर्षस्थानमा रहँदा दोस्रो स्थानको नेपोलीलाई २१ अंकले पछि पारेको छ । पराजित मिलान ५२ अंकसहित चौथो स्थानमा रहेको छ ।
February 8, 2025
पोखरा (हाम्रो खेलकुद)- १९ औं सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन अन्तर्गत व्हिल चियर तथा दृष्टिविहीन दौड प्रतियोगिता सम्पन्न भएको छ। पोखरा रंगशालामा आज भएको पुरुष व्हिल चियर २ किलोमिटर दौडमा सन्तोष कार्कीले पहिलो भए। उनले ९ मिनेट ५१. २० सेकेन्डको टाईमिङमा दौड पूरा गरे। दीपक आले मगर १० मिनेट ०१. ३६ सेकेन्डमा निर्धारित दूरी तय गर्दै […]
February 8, 2025
पोखरा (हाम्रो खेलकुद)- २४ औंआहा! रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा आज सुरु हुँदैछ। पहिलो क्वाटरफाइनलमा आहा राराको सर्वाधिक सफल सफल टोली मध्येको एक नेपाल पुलिस क्लबले पहिलो पटक सहभागी ब्रिगेड ब्वाइज क्लब युकेको सामना गर्दैछ। पोखरा रंगशालामा खेल दिउँसो २:३० बजे सुरु हुनेछ। पुलिस क्लब पहिलो खेलमा आयोजक सहारा क्लबलाई १-० के हराउँदै अन्तिम […]
February 8, 2025
एजेन्सी – ह्यारी केनको २ गोलमा बायर्न म्युनिखले जर्मन बुन्डेस लिगामा जित हासिल गरेको छ । बायर्नले शुक्रवार एसभी वेर्डर ब्रेमेनलाई ३-० ले हराएको हो । घरेलु मैदानमा बायर्नको जितमा अर्को गोल लिरोय सानेले गरे । पहिलो हाफ गोल रहित बराबरीमा सकियो । ५६औं मिनेटमा केनले पेनाल्टीमा गोल गर्दै टोलीलाई अग्रता दिलाए । ८२औं मिनेटमा […]