6 years ago
April 8, 2019
एजेन्सी – सामाजिक संजालमा खेलाडीहरुको प्रस्तुतिलाई क्लबहरुले पछिल्लो समय निकै नजिकबाट निगरानी गरिरहेका छन् । आफ्ना समर्थकहरुको भावनाको कदर गर्दै खेलाडीहरुलाई क्लबकै मर्यादा पालन गर्न खेलाडीहरुले सोच्नुपर्ने हुन्छ ।
फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) ले मिडफिल्डर एड्रीएन राबीओटलाई सामाजिक संजाल इन्स्टाग्राममा एक भिडियो लाइक गरेको भन्दै निलम्बन गरेको छ । पछिल्लो समय क्लबसँग नयाँ अनुबन्धन नगरेका कारण सिनियर टोलीमा नरहेका राबीओटले फ्रान्सका पूर्व डिफेन्डर प्याट्रीस एभ्राले हालेको भिडियो लाइक गर्दा समस्यामा परेका हुन् ।
एभ्राले म्यानचेस्टर युनाइटेड र पीएसजीबीच पार्क डे प्रिन्सेसमा भएको खेलमा युनाइटेडले जित दर्ता गरेपछि खुसियाली मनाएको भिडियो इन्स्टाग्राममा हालेका थिए । राबीओटले उक्त भिडियो लाइक गरेपछि पीएसजीले उनलाई निलम्बन गरेको हो । क्लबप्रति वफादारी नदेखाएको र क्लबको अस्मितामा खलल पुग्ने कार्य गरेको कारण उनलाई निलम्बन गरिएको पत्रमा उल्लेख छ ।
युरोपकै उत्कृष्ट युवा मिडफिल्डरमा गनिने राबीओट पछिल्लो समय भने क्लबबाट खेलिरहेका छैनन् । उनले अर्को जुनमा पीएसजीसँग सम्झौता सकिएपछि फ्री ट्रान्सफरमा अन्य क्लब जाने बुझिएको छ । उनलाई बार्सिलोनाले लामो समयदेखि पछ्याइरहेको छ ।
February 8, 2025
पोखरा (हाम्रो खेलकुद)- १९ औं सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन अन्तर्गत व्हिल चियर तथा दृष्टिविहीन दौड प्रतियोगिता सम्पन्न भएको छ। पोखरा रंगशालामा आज भएको पुरुष व्हिल चियर २ किलोमिटर दौडमा सन्तोष कार्कीले पहिलो भए। उनले ९ मिनेट ५१. २० सेकेन्डको टाईमिङमा दौड पूरा गरे। दीपक आले मगर १० मिनेट ०१. ३६ सेकेन्डमा निर्धारित दूरी तय गर्दै […]
February 8, 2025
पोखरा (हाम्रो खेलकुद)- २४ औंआहा! रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा आज सुरु हुँदैछ। पहिलो क्वाटरफाइनलमा आहा राराको सर्वाधिक सफल सफल टोली मध्येको एक नेपाल पुलिस क्लबले पहिलो पटक सहभागी ब्रिगेड ब्वाइज क्लब युकेको सामना गर्दैछ। पोखरा रंगशालामा खेल दिउँसो २:३० बजे सुरु हुनेछ। पुलिस क्लब पहिलो खेलमा आयोजक सहारा क्लबलाई १-० के हराउँदै अन्तिम […]
February 8, 2025
एजेन्सी – ह्यारी केनको २ गोलमा बायर्न म्युनिखले जर्मन बुन्डेस लिगामा जित हासिल गरेको छ । बायर्नले शुक्रवार एसभी वेर्डर ब्रेमेनलाई ३-० ले हराएको हो । घरेलु मैदानमा बायर्नको जितमा अर्को गोल लिरोय सानेले गरे । पहिलो हाफ गोल रहित बराबरीमा सकियो । ५६औं मिनेटमा केनले पेनाल्टीमा गोल गर्दै टोलीलाई अग्रता दिलाए । ८२औं मिनेटमा […]