6 years ago
April 7, 2019
एजेन्सी – खेलको अन्तिम समयतिर कप्तान लियोनेल मेस्सी र लुइस सुआरेजले गोल गरेपछि क्याटलान क्लब बार्सिलोनाले स्पेनिस ला लिगाको शीर्ष स्थानको खेलमा एट्लेटिको म्याड्रिडलाई पराजित गरेको छ ।
बार्सिलोनाले घरेलु मैदान नोउ क्याम्पमा १० खेलाडीमा समेटिएको एट्लेटिको माथि २–० को जित निकालेको हो । प्रतिस्पर्धात्मक बनेको खेलको २८औं मिनेटमा पाहुना टोली १० खेलाडीमा समेटिएको थियो । एट्लेटिकोका डिएगो कोस्टाले रेफ्रीमाथि गलत व्यवहार गरेपछि रेफ्री जेसस गिलले सोझै रातो कार्ड देखाएका थिए ।
एट्लेटिको १० खेलाडीमा समेटिएपनि बार्सिलोनाको फाइदा उठाउने प्रयास भने लगातार असफल बनिरहेको थियो । खेल खेल सकिन ५ मिनेट बाँकी रहँदा दुई स्टार खेलाडी सुआरेज र मेस्सीले एक मिनेटको अन्तरमा दुई गोल गर्दै बार्सिलोनालाई महत्वपुर्ण ३ अंक दिलाए ।
८५औं मिनेटमा लुइस स्वारेजले जोर्डी अल्वाको पासमा गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाए । ८६औं मिनेटमा कप्तान मेस्सीले गोल गर्दै बार्सिलोनालाई २–० को जित दिलाए ।
जितसँगै बार्सिलोनाले उपाधि होड थप बलियो बनाएको छ । ला लिगामा ७ चरणको खेल बाँकी रहँदा बार्सिलोनाले दोस्रो र तेस्रो स्थानको एट्लेटिको र रियाल म्याड्रिडमाथि क्रमश: ११ र १३ अंकको अग्रता बनाएको छ ।
बार्सिलोनाको ७३ अंक छ । एट्लेटिकोको ६२ तथा रियालको ६० अंक छ ।
February 8, 2025
पोखरा (हाम्रो खेलकुद)- १९ औं सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन अन्तर्गत व्हिल चियर तथा दृष्टिविहीन दौड प्रतियोगिता सम्पन्न भएको छ। पोखरा रंगशालामा आज भएको पुरुष व्हिल चियर २ किलोमिटर दौडमा सन्तोष कार्कीले पहिलो भए। उनले ९ मिनेट ५१. २० सेकेन्डको टाईमिङमा दौड पूरा गरे। दीपक आले मगर १० मिनेट ०१. ३६ सेकेन्डमा निर्धारित दूरी तय गर्दै […]
February 8, 2025
पोखरा (हाम्रो खेलकुद)- २४ औंआहा! रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा आज सुरु हुँदैछ। पहिलो क्वाटरफाइनलमा आहा राराको सर्वाधिक सफल सफल टोली मध्येको एक नेपाल पुलिस क्लबले पहिलो पटक सहभागी ब्रिगेड ब्वाइज क्लब युकेको सामना गर्दैछ। पोखरा रंगशालामा खेल दिउँसो २:३० बजे सुरु हुनेछ। पुलिस क्लब पहिलो खेलमा आयोजक सहारा क्लबलाई १-० के हराउँदै अन्तिम […]
February 8, 2025
एजेन्सी – ह्यारी केनको २ गोलमा बायर्न म्युनिखले जर्मन बुन्डेस लिगामा जित हासिल गरेको छ । बायर्नले शुक्रवार एसभी वेर्डर ब्रेमेनलाई ३-० ले हराएको हो । घरेलु मैदानमा बायर्नको जितमा अर्को गोल लिरोय सानेले गरे । पहिलो हाफ गोल रहित बराबरीमा सकियो । ५६औं मिनेटमा केनले पेनाल्टीमा गोल गर्दै टोलीलाई अग्रता दिलाए । ८२औं मिनेटमा […]