6 years ago
April 7, 2019
एजेन्सी – बोरुसिया डर्टमन्डमाथि फराकिलो जित निकाल्दै साविक विजेता बायर्न म्युनिख जर्मन बुन्डेसलिगाको शीर्ष स्थानमा उक्लिएको छ ।
बुन्डेसलिगा अन्तर्गत शनिबार राति भएको खेलमा बायर्नले बोरुसिया डर्टमन्डमाथि ५–० को फराकिलो जित निकालेको हो । फराकिलो जितसँगै बायर्नले शीर्ष स्थानमा एक अंकको अग्रता बनाएको छ ।
यससँगै बुन्डेस लिगामा ६ चरणको खेल बाँकी रहँदा उपाधि होड थप रोमाञ्चक बनेको छ । शीर्षस्थानको बायर्नको २८ खेलबाट २० जित र समान ४ बराबरी र ४ हारबाट ६४ अंक पुगेको छ । समान खेलबाट डर्टमन्ड १९ जित ६ बराबरी र ३ हारबाट ६३ अंक जोडेर दोस्रो स्थानमा रहेको छ । शीर्ष दुई टोलीबीचको खेल प्रतिस्पर्धात्मक हुने अपेक्षा गरिएपनि बायर्नले घरेलु मैदानमा एकतर्फी नतिजा निकाल्न सफल भयो ।
खेलको सुरुवातदेखि नै आक्रमक फुटबल खेलेको बायर्नको फराकिलो जितमा रोबर्ट लेवान्डोस्कीले दुई तथा माट हमेल्स, जेभियर मार्टिनेज र सर्जी गनाब्रीले समान १ गोल गरे । बायर्नले खेलको १०औं मिनेटमा हमेल्सको गोलबाट अग्रता बनाएको थियो । १७औं मिनेटमा रोबर्ट लेवान्डोस्कीले गोल गर्दै बायर्नको अग्रता दोब्बर बनायो । ४१औं मिनेटमा जेभियर मार्टिनेज र ४३औं मिनेटमा सर्जी गनाब्रीले गोल गरेपछि बायर्न पहिलो हाफमा ४–० को मजवुत अवस्थामा पुगेको थियो ।
दोस्रो हाफमा डर्टमन्डले सुधारिएको खेल पस्केपनि गोल गर्न असफल हुदा एक गोल खान पुग्यो । ८९औं मिनेटमा रोवर्टले व्यक्तिगत दोस्रो तथा टिमका लागि पाँचौ गोल गर्दै बायर्नलाई ५–० को फराकिलो जित दिलाए ।
February 8, 2025
पोखरा (हाम्रो खेलकुद)- २४ औंआहा! रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा आज सुरु हुँदैछ। पहिलो क्वाटरफाइनलमा आहा राराको सर्वाधिक सफल सफल टोली मध्येको एक नेपाल पुलिस क्लबले पहिलो पटक सहभागी ब्रिगेड ब्वाइज क्लब युकेको सामना गर्दैछ। पोखरा रंगशालामा खेल दिउँसो २:३० बजे सुरु हुनेछ। पुलिस क्लब पहिलो खेलमा आयोजक सहारा क्लबलाई १-० के हराउँदै अन्तिम […]
February 8, 2025
एजेन्सी – ह्यारी केनको २ गोलमा बायर्न म्युनिखले जर्मन बुन्डेस लिगामा जित हासिल गरेको छ । बायर्नले शुक्रवार एसभी वेर्डर ब्रेमेनलाई ३-० ले हराएको हो । घरेलु मैदानमा बायर्नको जितमा अर्को गोल लिरोय सानेले गरे । पहिलो हाफ गोल रहित बराबरीमा सकियो । ५६औं मिनेटमा केनले पेनाल्टीमा गोल गर्दै टोलीलाई अग्रता दिलाए । ८२औं मिनेटमा […]
February 8, 2025
एजेन्सी – साउदी प्रो लिगमा अल–नासरले सहज जित दर्ता गरेको छ । नासरले शुक्रवार अल–फेहामाथि ३-० को जित निकालेको हो । घरेलु मैदानमा नासरको जितमा जोन डुरानले २ र कप्तान क्रिस्टियानो रोनाल्डोले १ गोल गरे। २२औं मिनेटमा डुरानले गोल गर्दै नासरलाई सुरुवाती अग्रता दिलाए । ७२औं मिनेटमा डुरानले अर्को गोल गरे । त्यसको २ मिनेटपछि […]