default_image

6 years ago

April 8, 2019

‘रोनाल्डो र मेस्सी दुवै उत्कृष्ट’- गुटी

91 views

0 Bookmark

म्याड्रिड (एजेन्सी)– रियल म्याड्रिडका पूर्व मिडफिल्डर गुटीले पूर्व सहकर्मी क्रिस्टियानो रोनाल्डो र बासिलोनाका स्टार लियोन मेस्सीको बीचको तुलना गर्दै फरक छुट्टाउने कोशिस गरेका छन् ।

यी दुई सुपर स्टार मैदान उत्रेपछि केहि न केहि स्मरण योग्य प्रदर्शन गर्ने भएकाले त्यसले खेलको रौनकतालाई बढाउने विश्वास गरिन्छ । गुटीले यी दुई खेलाडीको स्तर, आत्मविश्वासको विषयमा पनि तुलना गरेका छन् । रोनाल्डो र मेसीलाई विश्व फुटबलको महान खेलाडीका रुपमा हेरिन्छ ।

दुई खेलाडी मध्ये को उत्कृष्ट भन्ने विषयमा गुटीले भने, ‘दुवै उत्कृष्ट छन् । एक जना छान्नुपर्दा मेसी रोजाईमा पर्नेछ न् । तर रोनाल्डोले जति प्राप्त गरेका छन् त्यसले उनलाई उत्कृष्ट खेलाडी बनाइएको छ, ‘ उनले थपे, ‘मेसी बढी प्रतिभावान छन् । रोनाल्डो बढी गोल गर्न सक्छन् । एकदमै महत्वकाक्षी र मेहनतले तयार भएका खेलाडी हुन् ।’

पाँच पटक बालोन डी ओर जितेका उनले रियलमा जस्तो प्रदर्शन गरे त्यसले उनलाई रियलमा आफुलाई महत्वपूर्ण खेलाडी हुन् पुष्टि गरेको थियो । टर्किस क्लब बेसिकटासका सहायक प्रशिक्षक गुटीलेले भविष्यमा रियल जान चाहेको बताएका छन् । ‘ रियल छाड्ने बेलामा नै मैले भनेको थिए । मैले आफुलाई विकसित गर्नुछ । म रियलको मुख्य प्रशिक्षक बन्न चाहन्छु । अर्को सिजन त्यहाँ जानु मेरो लक्ष्य हो’, उनले भने, ‘मैले जहिले भनेको छु । म रियलको बेन्चमा बस्न चाहन्छु ।’

February 8, 2025

व्हिल चियर दौडमा सन्तोष र सृजना विजयी

पोखरा (हाम्रो खेलकुद)- १९ औं सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन अन्तर्गत व्हिल चियर तथा दृष्टिविहीन दौड प्रतियोगिता सम्पन्न भएको छ। पोखरा रंगशालामा आज भएको पुरुष व्हिल चियर २ किलोमिटर दौडमा सन्तोष कार्कीले पहिलो भए। उनले ९ मिनेट ५१. २० सेकेन्डको टाईमिङमा दौड पूरा गरे। दीपक आले मगर १० मिनेट ०१. ३६ सेकेन्डमा निर्धारित दूरी तय गर्दै […]

February 8, 2025

आहा रारा पोखरा गोल्डकप – पुलिस र युकेको ब्रिगेड ब्वाइज खेल्दै

पोखरा (हाम्रो खेलकुद)- २४ औंआहा! रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा आज सुरु हुँदैछ। पहिलो क्वाटरफाइनलमा आहा राराको‌ सर्वाधिक सफल सफल टोली मध्येको‌ एक नेपाल पुलिस क्लबले पहिलो पटक सहभागी ब्रिगेड ब्वाइज क्लब युकेको सामना गर्दैछ। पोखरा रंगशालामा खेल दिउँसो २:३० बजे सुरु हुनेछ। पुलिस क्लब पहिलो खेलमा आयोजक सहारा क्लबलाई १-० के हराउँदै अन्तिम […]

February 8, 2025

बायर्नको जितमा केनको २ गोल

एजेन्सी – ह्यारी केनको २ गोलमा बायर्न म्युनिखले जर्मन बुन्डेस लिगामा जित हासिल गरेको छ । बायर्नले शुक्रवार एसभी वेर्डर ब्रेमेनलाई ३-० ले हराएको हो । घरेलु मैदानमा बायर्नको जितमा अर्को गोल लिरोय सानेले गरे । पहिलो हाफ गोल रहित बराबरीमा सकियो । ५६औं मिनेटमा केनले पेनाल्टीमा गोल गर्दै टोलीलाई अग्रता दिलाए । ८२औं मिनेटमा […]

Success

Thank you for your time.