default_image

6 years ago

April 6, 2019

बेन्जेमाको दुई गोलमा रियलको कठिन जित

78 views

0 Bookmark

म्याड्रिड (एजेन्सी) – फरवार्ड करिम बेन्जेमाको दुई गोल सहयोगमा स्पेनिस महारथी रियल म्याड्रिडले स्पेनिस ला लिगामा कठिन जित निकालेको छ ।

घरेलु मैदानमा शनिबार राति रियालले एइबारमाथि २–१ को कठिन जित निकालेको हो । एइबारका मार्क कार्डाेनाले पहिलो हाफमा सुरुवाती गोल गरेका थिए । घरेलु मैदान सान्टियागो बर्नाबाउमा रियलले खेलमा पछि परेको स्थिति उल्ट्याएर जित निकालेको हो ।

खेलको ३९औं मिनेटमा मार्क कार्डाेनाले गोन्जलोको पासमा गोल गरेपछि रियाल पहिलो हाफमा १–० ले पछि परेको थियो । ५९औं मिनेटमा करिम बेन्जेमाले बराबरी गोल फर्काएपछि रियल खेलमा फर्किएको थियो । उनले मार्काे एसेन्सियोको पासमा गोल गर्न सफल भएका थिए ।

खेल सकिन ९ मिनेट बाँकी रहँदा करिम बेन्जेमाले टोनी क्रुसको पासमा गोल गर्दै रियललाई २–१ को महत्त्वपूर्ण जित दिलाए । जितसँगै रियलले शीर्ष स्थानको बार्सिलोना र दोस्रो रहेको एट्लेटिको म्याड्रिडसँगको अंक दुरी छोट्याएको छ ।

रियलले एट्लेटिकोसँग २ अंकको अन्तर कायम राख्दा बार्सिलोनासँगको अंक दुरी १० मा झारेको छ । यद्दपि दुवै टोलीले एक खेल कम खेलेका छन् । एइबार ३९ अंकसहित ११औं स्थानमा छ ।

February 8, 2025

आहा रारा पोखरा गोल्डकप – पुलिस र युकेको ब्रिगेड ब्वाइज खेल्दै

पोखरा (हाम्रो खेलकुद)- २४ औंआहा! रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा आज सुरु हुँदैछ। पहिलो क्वाटरफाइनलमा आहा राराको‌ सर्वाधिक सफल सफल टोली मध्येको‌ एक नेपाल पुलिस क्लबले पहिलो पटक सहभागी ब्रिगेड ब्वाइज क्लब युकेको सामना गर्दैछ। पोखरा रंगशालामा खेल दिउँसो २:३० बजे सुरु हुनेछ। पुलिस क्लब पहिलो खेलमा आयोजक सहारा क्लबलाई १-० के हराउँदै अन्तिम […]

February 8, 2025

बायर्नको जितमा केनको २ गोल

एजेन्सी – ह्यारी केनको २ गोलमा बायर्न म्युनिखले जर्मन बुन्डेस लिगामा जित हासिल गरेको छ । बायर्नले शुक्रवार एसभी वेर्डर ब्रेमेनलाई ३-० ले हराएको हो । घरेलु मैदानमा बायर्नको जितमा अर्को गोल लिरोय सानेले गरे । पहिलो हाफ गोल रहित बराबरीमा सकियो । ५६औं मिनेटमा केनले पेनाल्टीमा गोल गर्दै टोलीलाई अग्रता दिलाए । ८२औं मिनेटमा […]

February 8, 2025

नासरको जितमा रोनाल्डोको गोल

एजेन्सी – साउदी प्रो लिगमा अल–नासरले सहज जित दर्ता गरेको छ । नासरले शुक्रवार अल–फेहामाथि ३-० को जित निकालेको हो । घरेलु मैदानमा नासरको जितमा जोन डुरानले २ र कप्तान क्रिस्टियानो रोनाल्डोले १ गोल गरे। २२औं मिनेटमा डुरानले गोल गर्दै नासरलाई सुरुवाती अग्रता दिलाए । ७२औं मिनेटमा डुरानले अर्को गोल गरे । त्यसको २ मिनेटपछि […]

Success

Thank you for your time.