default_image

6 years ago

April 6, 2019

हाजार्डको विषयमा रियल र चेल्सी सहमतिनजिक

75 views

0 Bookmark

एजेन्सी – बेल्जियमका स्टार फरवार्ड इडेन हाजार्डको विषयमा स्पेनिस क्लब रियल म्याड्रिड र चेल्सी सहमतिनजिक पुगेका छन् ।

रियलले लामो समयदेखि हाजार्डलाई पछ्याइरहेको अवस्थामा चेल्सीले पनि उचित रकम सहमति भएमा उनलाई छाड्ने मनसाय बनाएको छ । रियल, चेल्सी र हाजार्ड आफैं पनि छलफलमा सहभागी भएर पूर्ण सहमतिको नजिक पुगेको स्पेनिस संचारमाध्यम मार्साले जनाएको छ ।

रियलमा प्रशिक्षक जिनेदिन जिदानको पुनरागमनसँगै उनले हाजार्डको प्रशंसा गर्दै उनलाई भित्र्याउन क्लबसमक्ष आग्रह गरेका हुन् । हाजार्डको स्किलसँगै द्रुत गति र खेल्ने शैलीको जिदान प्रशंसक हुन् । उनले हाल रियलमा त्यस्तो खेलाडीको कमी महसुस गर्दै उनलाई क्लबमा ल्याउन प्रयास थालेका हुन् ।

रियलले पछिल्लो ट्रान्सफर विन्डोमा पनि हाजार्डलाई भित्र्याउने प्रयास गरेको थियो । त्यसबेला चेल्सीले २ सय मिलियन युरो माग गरेपछि रियल पछाडी हटेको थियो । अहिले हाजार्डले क्लबमा नयाँ सम्झौता नगरेकाले केहि कम रकममा उनी रियल आउने सम्भावना रहेको छ ।

February 8, 2025

आहा रारा पोखरा गोल्डकप – पुलिस र युकेको ब्रिगेड ब्वाइज खेल्दै

पोखरा (हाम्रो खेलकुद)- २४ औंआहा! रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा आज सुरु हुँदैछ। पहिलो क्वाटरफाइनलमा आहा राराको‌ सर्वाधिक सफल सफल टोली मध्येको‌ एक नेपाल पुलिस क्लबले पहिलो पटक सहभागी ब्रिगेड ब्वाइज क्लब युकेको सामना गर्दैछ। पोखरा रंगशालामा खेल दिउँसो २:३० बजे सुरु हुनेछ। पुलिस क्लब पहिलो खेलमा आयोजक सहारा क्लबलाई १-० के हराउँदै अन्तिम […]

February 8, 2025

बायर्नको जितमा केनको २ गोल

एजेन्सी – ह्यारी केनको २ गोलमा बायर्न म्युनिखले जर्मन बुन्डेस लिगामा जित हासिल गरेको छ । बायर्नले शुक्रवार एसभी वेर्डर ब्रेमेनलाई ३-० ले हराएको हो । घरेलु मैदानमा बायर्नको जितमा अर्को गोल लिरोय सानेले गरे । पहिलो हाफ गोल रहित बराबरीमा सकियो । ५६औं मिनेटमा केनले पेनाल्टीमा गोल गर्दै टोलीलाई अग्रता दिलाए । ८२औं मिनेटमा […]

February 8, 2025

नासरको जितमा रोनाल्डोको गोल

एजेन्सी – साउदी प्रो लिगमा अल–नासरले सहज जित दर्ता गरेको छ । नासरले शुक्रवार अल–फेहामाथि ३-० को जित निकालेको हो । घरेलु मैदानमा नासरको जितमा जोन डुरानले २ र कप्तान क्रिस्टियानो रोनाल्डोले १ गोल गरे। २२औं मिनेटमा डुरानले गोल गर्दै नासरलाई सुरुवाती अग्रता दिलाए । ७२औं मिनेटमा डुरानले अर्को गोल गरे । त्यसको २ मिनेटपछि […]

Success

Thank you for your time.