default_image

6 years ago

April 5, 2019

म्याड्रिडका लेजेन्ड भन्छन् – ‘रोनाल्डोभन्दा मेसी धेरै प्रतिभावान्’

108 views

0 Bookmark

एजेन्सी – आधुनिक फुटबलमा लिओनेल मेसी र क्रिस्टियानो रोनाल्डोमध्य को उत्कृष्ट भन्ने वादविवाद सधैं कायम नै रहँदै आएको छ । यसैक्रममा स्पेनिस महारथी रियल म्याड्रिडका पुर्व मिडफिल्डर गुटीले क्रिस्टियानो रोनाल्डोभन्दा लियोनेल मेसी धेरै प्रतिभावान् रहेको बताएका छन् ।

मेस्सी र रोनाल्डोमा को उत्कृष्ट भनि सोधिएको प्रश्नमा गुटीले मेस्सीलाई छनोट गरेपनि रोनाल्डो ‘सेल्फ मेड’ र निकै नै महत्त्वाकांक्षी रहेको गुटीले बताए । ‘आधुनिक फुटबलमा मेसी र रोनाल्डोमा को उत्कृष्ट भन्ने बहस छ । उनीहरुले समान ५–५ बालोन डि’ओर अवार्डका साथै थुप्रै व्यक्तिगत अवार्ड जित्दै आ-आफ्नो क्लबलाई पनि उत्तिकै सफलता दिलाएका छन्,’ हाल टर्की महारथी बेसिक्टासका मुख्य प्रशिक्षक रहेका गुटीले भने, ‘मेरो लागि दुवै उत्कृष्ट । यो सत्य हो मैले मेस्सीलाई छाने । तर, म रोनालडोलाई पनि अत्यधिक महत्त्व दिन्छु मान्छु । उनी एक उत्कृष्ट खेलाडी हुन् ।’

उनले मेसी रोनाल्डो भन्दा धेरै प्रतिभावान् रहेपनि रोनाल्डो गोलकर्ता रहेको समेत बताएका छन् । ‘पक्कै पनि मेसीमा अधिक प्रतिभा छ । तर, रोनाल्डो गोलकर्ता हुन् । उनी एकदम महत्त्वाकांक्षी छन् । मेसीको समयमा रहेर पनि उनले ५ बालोन डि’ओर जितेका छन् । उनी क्लबका लागि महत्त्वपूर्ण खेलाडी हुन् । जुन उनले रियलमा देखाए,’ गुटीले भने, ‘रियलका सर्वाधिक गोलकर्तासमेत रहेका रोनाल्डोले क्लब छाडेदेखि नै रियल समस्यामा परिरहेको छ । ठूला खेलमा रोनाल्डोको अभाव महसुस क्लबले गरिरहेको छ । यो पनि सत्य हो ।’

रोनाल्डो यसै म्याड्रिड छाड्दै इटालियन महारथी युभेन्टस पुगेका थिए । रोनाल्डोको बर्हिगमनसँगै रियलले यो सिजन लिगमा निकै कमजोर प्रदर्शन गर्नुका साथै च्याम्पियन्स लिग र कोपा डेल रे बाट बाहिरी सकेका छन् । ला लिगामा पनि रियल १३ अंकले पछि रहेको छ । यता मेसीले यो सिजन सबै प्रतिस्पर्धामा ४२ गोल गर्दा रोनाल्डोले २४ को आँकडा पार गरेका छन् ।

February 8, 2025

आहा रारा पोखरा गोल्डकप – पुलिस र युकेको ब्रिगेड ब्वाइज खेल्दै

पोखरा (हाम्रो खेलकुद)- २४ औंआहा! रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा आज सुरु हुँदैछ। पहिलो क्वाटरफाइनलमा आहा राराको‌ सर्वाधिक सफल सफल टोली मध्येको‌ एक नेपाल पुलिस क्लबले पहिलो पटक सहभागी ब्रिगेड ब्वाइज क्लब युकेको सामना गर्दैछ। पोखरा रंगशालामा खेल दिउँसो २:३० बजे सुरु हुनेछ। पुलिस क्लब पहिलो खेलमा आयोजक सहारा क्लबलाई १-० के हराउँदै अन्तिम […]

February 8, 2025

बायर्नको जितमा केनको २ गोल

एजेन्सी – ह्यारी केनको २ गोलमा बायर्न म्युनिखले जर्मन बुन्डेस लिगामा जित हासिल गरेको छ । बायर्नले शुक्रवार एसभी वेर्डर ब्रेमेनलाई ३-० ले हराएको हो । घरेलु मैदानमा बायर्नको जितमा अर्को गोल लिरोय सानेले गरे । पहिलो हाफ गोल रहित बराबरीमा सकियो । ५६औं मिनेटमा केनले पेनाल्टीमा गोल गर्दै टोलीलाई अग्रता दिलाए । ८२औं मिनेटमा […]

February 8, 2025

नासरको जितमा रोनाल्डोको गोल

एजेन्सी – साउदी प्रो लिगमा अल–नासरले सहज जित दर्ता गरेको छ । नासरले शुक्रवार अल–फेहामाथि ३-० को जित निकालेको हो । घरेलु मैदानमा नासरको जितमा जोन डुरानले २ र कप्तान क्रिस्टियानो रोनाल्डोले १ गोल गरे। २२औं मिनेटमा डुरानले गोल गर्दै नासरलाई सुरुवाती अग्रता दिलाए । ७२औं मिनेटमा डुरानले अर्को गोल गरे । त्यसको २ मिनेटपछि […]

Success

Thank you for your time.