default_image

6 years ago

April 4, 2019

एमबाप्पेको गोलसँगै पीएसजी फाइनलमा

196 views

0 Bookmark

एजेन्सी – यूव फरवार्ड किलियन एमबाप्पेले गोल गरेपछि पेरिस सेन्ट जर्मेन (पीएसजी) फ्रेन्च कपको फाइनलमा प्रवेश गरेको छ ।

बुधबार राति भएको फ्रेन्च कपको सेमिफाइनलमा पीएसजीले १० खेलाडीमा समेटिएको नान्टेसलाई ३–० ले पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो । पीएसजीको जितमा मार्काे भेराटी, केलियन एमबाप्पे र ड्यानी आल्भेसले गोल गरे ।

केलियन एमबाप्पेको पासमा मार्काे भेराटीले खेलको २९औं मिनेटमा गोल गर्दै पीएसजीलाई अग्रता दिलाएका थिए । ६६औं मिनेटमा केलियन एमबाप्पेले पेनाल्टीमा गोल गर्न चुके । ७२औं मिनेटमा नान्टेस १० खेलाडीमा समेटियो । नान्टेसका खालिफा दोहोरो रातो कार्ड खादै मैदानबाट बाहिरिए ।

८५औं मिनेटमा पीएसजीले अर्काे पेनाल्टीको मौकापायो । पहिलो पेनाल्टीमा चुकेका एमबाप्पे यसपटक चुकेनन् । ९०औं मिनेटमा ब्राजिलियन भेट्रान ड्यानी आल्भेसले गोल गर्दै पीएसजीलाई ३–० को जित दिलाए ।

अब पीएसजीले उपाधिका रेनिससँग २८ अप्रिलमा प्रतिस्पर्धा गर्नेछ । रेनिसले लियोनलाई ३–२ ले पराजित गर्दै फाइनलमा स्थन सुरक्षित गरेको थियो ।

April 1, 2025

जीतपुरसिमरा गोल्डकपमा यसै साता सुरु हुने

सुनिल गाउँले,सिमरा जीतपुरसिमरा गोल्डकप फुटबल प्रतियोगिताको १५ औं संस्करण‌बाराको सिमरा रंगशालामा यसै साता सुरु हुने भएको छ । आयोजक नव–जनजागृति युवा क्लबले मंगलबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको सबै तयारी पूरा भएको जानकारी गराएको छ । आयोजक क्लबका अध्यक्ष रामचन्द्र लामाका अनुसार फ्लड लाईटमा हुने प्रतियोगितामा ८ टोलीको सहभागिता रहनेछ । जीतपुरसिमरा उपमहानगरपालिकाको मुख्य सहयोगमा आयोजना […]

April 1, 2025

धनगढीको रवाफिलो सुरूवात

काठमाडौं (हाम्रो खेलकुद) – अघिल्ला दुवै संस्करणको उपविजेता धनगढी एफसीले तेस्रो संस्करणको नेपाल सुपर लिगमा विजयी सुरूवात गरेको छ । दशरथ रंगशालामा सम्पन्न खेलमा धनगढीले बुटवल लुम्बिनी एफसीलाई ४-१ ले पराजित गर्यो । धनगढीको जितमा अहमद हिजाजीले दुई गोल तथा कृतिश रत्न छुन्जु र सर्जियो बार्बोजाले १-१ गोल गरे । धनगढीले इन्ज्युरी समयमा २ गोल […]

April 1, 2025

लुम्बिनी र धनगढीबीचको पहिलो हाफमा बराबरी

काठमाडौं (हाम्रो खेलकुद)- तेस्रो एनसेल नेपाल सुपर लिग (एनएसएल) मा बुटवल लुम्बिनी एफसी र धनगढी एफसीबीचको खेल जारी छ। पहिलो हाफ १-१ गोलको बराबरीमा सकिएको छ। दशरथ रंगशालामा जारी खेलको छैटौं मिनेटमा नै धनगढीले अग्रता बनायो। जर्ज प्रिन्स कार्कीको फ्लिक हेडरमा अहमद हिजाजीको एक्रोबेटिक सट गोलमा परिणत भयो। यो गोलमा लुम्बिनीका डिफेन्डर विमल पाण्डे र […]

Success

Thank you for your time.