default_image

6 years ago

April 4, 2019

नयाँ मैदानमा टोटेनहम बिजयी

91 views

0 Bookmark

एजेन्सी – इंग्लिस प्रिमियर लिग क्लब टोटेनहम हस्टपरले नयाँ मैदानमा भएको उद्घाटन खेलमा क्रिस्टल प्यालेसलाई पराजित गरेको छ ।

करिव १ अर्व लगानीमा निर्माण भएको रंगशालाको बुधबार राति भव्य उद्घाटनपछि भएको खेलमा टोटेनहमले नयाँ मैदानमा क्रिस्टल प्यालेसलाई २–० ले पराजित गरेको हो । नयाँ मैदानमा टोटेनहम हस्टपर स्टेडियम लन्डनमा घरेलु टोलीलाई जिताउन ह्युङ मिन सन र क्रिस्टियन इरिक्सनले गोल गरे ।

निकै नै प्रतिस्पर्धात्मक बनेको खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएपनि टोटेनहमले दोस्रो हाफमा २ गोल गर्न सफल भयो । ५५औं मिनेटमा ह्युङ मिन सनले गोल गरे । उनले क्रिस्टियन इरिक्सनको पासलाई सदुपयोग गरे । ८०औं मिनेटमा इरिक्सनले गोल गर्दै टोटेनहमलाई २–० को जित दिलाए ।

जितसँगै टोटेनहम ६४ अंक जोडेर लिगको तेस्रो स्थानमा उक्लिएको छ । क्रिस्टल प्यालेस ३६ अंकसहित १३औं स्थानमा रहेको छ । म्यानचेस्टर सिटी ८० अंक जोडेर लिगको शीर्षीस्थानमा रहँदा लिभरपुल ७९ अंक जोडेर दोस्रो स्थानमा छ ।

April 1, 2025

जीतपुरसिमरा गोल्डकपमा यसै साता सुरु हुने

सुनिल गाउँले,सिमरा जीतपुरसिमरा गोल्डकप फुटबल प्रतियोगिताको १५ औं संस्करण‌बाराको सिमरा रंगशालामा यसै साता सुरु हुने भएको छ । आयोजक नव–जनजागृति युवा क्लबले मंगलबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको सबै तयारी पूरा भएको जानकारी गराएको छ । आयोजक क्लबका अध्यक्ष रामचन्द्र लामाका अनुसार फ्लड लाईटमा हुने प्रतियोगितामा ८ टोलीको सहभागिता रहनेछ । जीतपुरसिमरा उपमहानगरपालिकाको मुख्य सहयोगमा आयोजना […]

April 1, 2025

धनगढीको रवाफिलो सुरूवात

काठमाडौं (हाम्रो खेलकुद) – अघिल्ला दुवै संस्करणको उपविजेता धनगढी एफसीले तेस्रो संस्करणको नेपाल सुपर लिगमा विजयी सुरूवात गरेको छ । दशरथ रंगशालामा सम्पन्न खेलमा धनगढीले बुटवल लुम्बिनी एफसीलाई ४-१ ले पराजित गर्यो । धनगढीको जितमा अहमद हिजाजीले दुई गोल तथा कृतिश रत्न छुन्जु र सर्जियो बार्बोजाले १-१ गोल गरे । धनगढीले इन्ज्युरी समयमा २ गोल […]

April 1, 2025

लुम्बिनी र धनगढीबीचको पहिलो हाफमा बराबरी

काठमाडौं (हाम्रो खेलकुद)- तेस्रो एनसेल नेपाल सुपर लिग (एनएसएल) मा बुटवल लुम्बिनी एफसी र धनगढी एफसीबीचको खेल जारी छ। पहिलो हाफ १-१ गोलको बराबरीमा सकिएको छ। दशरथ रंगशालामा जारी खेलको छैटौं मिनेटमा नै धनगढीले अग्रता बनायो। जर्ज प्रिन्स कार्कीको फ्लिक हेडरमा अहमद हिजाजीको एक्रोबेटिक सट गोलमा परिणत भयो। यो गोलमा लुम्बिनीका डिफेन्डर विमल पाण्डे र […]

Success

Thank you for your time.