6 years ago
April 3, 2019
काठमाडौं (हाम्रो खेलकुद) – एएफसी कपको समूह ‘ए’ अन्तर्गत पहिलो खेलमा मनाङ मर्स्याङ्दी र अबाहानी ढाका खेल्दैछन् । पहिलो हाफमा मनाङ १-० ले पछाडी रहेको छ ।
अबाहानीका लागि डिफेन्डर मासिहले हेडरमार्फत गोल गरेका हुन् । २६ अौं मिनेटमा कर्नरमा लागि अगाडि पुगेका उनले छोटो कर्नरपछि क्रसमा हेडर गर्न सफल रहे । त्यसअघि अबाहानीले उल्लेख्य मुभ सिर्जना गर्न भने सकेको थिएन ।
मनाङले पहिलो हाफमा गोलको अवसर सिर्जना गरेपनि सदुपयोग गर्न सकेन । अन्जन विष्टको हेडर पोस्टभन्दा थोरै परबाट बाहिरिँदा विशाल राईको प्रहारलाई गोलरक्षक साहिदुल आलमले बचाएका थिए ।
March 21, 2025
सुशील पन्त क्षेत्री, चितवन चितवनमा जारी राष्ट्रिय महिला फुटबल प्रतियोगिताको उपाधिका शनिवार प्रतिस्पर्धा हुँदैछ। उपाधिका लागि दुई विभागीय टोली एपिएफ एफसी काठमाडौं र त्रिभुवन आर्मी एफसी भिड्दैछन् । भरतपुर ७ कृष्णपुरको मैदानमा खेल दिउँसो ३:३० बजे सुरु हुनेछ। प्रि म्याच कन्फ्रेन्समा दुवै टोलीले उपाधि जित्ने लक्ष्य रहेको बताएका छन् । एपिएफका प्रशिक्षक जनक सिंहले आफ्नो […]
March 21, 2025
सुमन अधिकारी, बुटवल रुपन्देहीको पुरानो तिलोत्तमा गोल्डकप फुटबल प्रतियोगिता शनिवार हुँदैछ । देविनगरस्थित एन्फा टेक्निकल खेलमैदान प्रतियोगिता आयोजना हुने प्रतियोगिताको तयारी पूरा भएको शुक्रवार पत्रकार सम्मेलन गरि रुपन्देही जिल्ला फुटबल संघका अध्यक्ष लोक पुनले बताए । उद्घाटन खेल आयोजक करेन्ट रुपन्देही ११ र एपिएफ फुटबल क्लबबीच हुनेछ । प्रतियोगितामा संकटा एफसी, मच्छिन्द्र एफसी, चर्च ब्याइज […]
March 21, 2025
काठमाडौं (हाम्रो खेलकुद)- फरवार्ड जिलेस्पी जंग कार्कीको गोलमा नेपालले सिंगापुरलाई अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा पराजित गरेको छ । सिंगापुरको राष्ट्रिय रंगशालामा भएको खेलमा नेपाल १-० ले विजयी भएको हो । सिंगापुरको सिनियर पुरुष राष्ट्रिय टोलीमाथि नेपालको यो पहिलो जित हो । नेपालका लागि जिलेस्पीले खेलको १२ औं मिनेटमा गोल गरेका थिए । मनिष डाँगीले दाया विंगबाट दिएको […]