6 years ago
April 3, 2019
एजेन्सी – एएफसी कपको समूह चरण अन्तर्गत पहिलो खेलमा मनाङ मर्स्याङदी क्लबले ढाका अबाहानीको सामना गर्दैछ । एन्फा कम्प्लेक्स सातदोबाटोमा दिउँसो ३ बजे सुरु हुने खेलका लागि मनाङको पहिलो रोजाईका खेलाडी सार्वजनिक भएको छ ।
गोलरक्षकमा विशाल श्रेष्ठ रहेका छन् भने डिफेन्समा कप्तान विराज महर्जन, मुहमद आसिफ र कमल श्रेष्ठसँगै लोनमा आएका डिफेन्डर देवेन्द्र तामाङ रहेका छन् । मिडफिल्डमा विशाल राई र हेमन गुरुङ रहनेछन् । विङ्समा सुजल श्रेष्ठ र अन्जन विष्ट तथा फरवार्डमा आफिज र सोमिडे रहनेछन् ।
लोनमा मनाङ आएका राष्ट्रिय टोलीका डिफेन्डर देवेन्द्र तामाङले सुरुवाती ११ मा स्थान बनाउन सफल भएका छन् । अर्का राष्ट्रिय टोलीका डिफेन्डर सुरज विक भने बेन्चमा रहेका छन् ।
मनाङ सुरुवाती ११ :
विशाल श्रेष्ठ
विराज महर्जन – मुहमद आसिफ – देवेन्द्र तामाङ – कमल श्रेष्ठ
सुजल श्रेष्ठ – विशाल राई – हेमन गुरुङ – अन्जन विष्ट
ओलाडिपो आफिज – आडीलेजे सोमीडे
वैकल्पिक खेलाडी : सुरज विक, प्रकाश बुढाथोकी, अभिषेक रिजाल, प्रवेश कुँवर, विमल राना, दिप कार्की, शिव श्रेष्ठ
ढाका सुरुवाती ११ :
साहिदुल आलम – रेहान हसन – वली फैसल – टुटुल बादशाह – मोहमद जिबन – सन्डे चिजोबा – रुबेल मिया – मोहमद रहमान – मसी साइघनी – कर्भेन्स बेल्फर्ट – वेलिंगटन प्रायरी
वैकल्पिक खेलाडी : मामुनुल इस्लाम, सोहेल राना, प्रनोतोष दास, जेवेल राना, मामुन मिया, सुल्तान अहमद, फैसल अहमद
March 21, 2025
सुमन अधिकारी, बुटवल रुपन्देहीको पुरानो तिलोत्तमा गोल्डकप फुटबल प्रतियोगिता शनिवार हुँदैछ । देविनगरस्थित एन्फा टेक्निकल खेलमैदान प्रतियोगिता आयोजना हुने प्रतियोगिताको तयारी पूरा भएको शुक्रवार पत्रकार सम्मेलन गरि रुपन्देही जिल्ला फुटबल संघका अध्यक्ष लोक पुनले बताए । उद्घाटन खेल आयोजक करेन्ट रुपन्देही ११ र एपिएफ फुटबल क्लबबीच हुनेछ । प्रतियोगितामा संकटा एफसी, मच्छिन्द्र एफसी, चर्च ब्याइज […]
March 21, 2025
काठमाडौं (हाम्रो खेलकुद)- फरवार्ड जिलेस्पी जंग कार्कीको गोलमा नेपालले सिंगापुरलाई अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा पराजित गरेको छ । सिंगापुरको राष्ट्रिय रंगशालामा भएको खेलमा नेपाल १-० ले विजयी भएको हो । सिंगापुरको सिनियर पुरुष राष्ट्रिय टोलीमाथि नेपालको यो पहिलो जित हो । नेपालका लागि जिलेस्पीले खेलको १२ औं मिनेटमा गोल गरेका थिए । मनिष डाँगीले दाया विंगबाट दिएको […]
March 21, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपालले सिंगापुरविरुद्धको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा अग्रता लिएको छ । सिंगापुरको नेसनल स्टेडियममा जारी खेलमा नेपालले जिलेस्पीजंग कार्कीको गोलमा अग्रता लिएको हो।उनले १२औं मिनेटमा गोल गरे । नेपालले सिंगापुरविरूद्धको औपचारिक खेलमा पहिलो पटक गोल गर्न सफल भएको हो। नेपालले एएफसी एसियन कप छनोट खेल्ने तयारीमा क्रममा मैत्रीपूर्ण खेल खेलको हो । अष्ट्रेलियन प्रशिक्षक […]