6 years ago
April 3, 2019
एजेन्सी – इटालियन सिरी ए अन्तर्गत लिगको शीर्ष स्थानमा रहेको युभेन्टसले मंगलबार काग्लियारीको घरेलु मैदानमा २-० को जित दर्ता गरेको छ ।
स्तर फरवार्ड क्रिस्टियानो रोनाल्डो चोटका कारण विश्राममा रहेको खेलमा युभेन्टसका लागि लिओनार्डो बोनुचि र मोइस किनले १-१ गोल गरे । खलेको २२ औं मिनेटमा युभेन्टसले बोनुचीको गोलमा अग्रता लिएको थियो । खेल सकिन ५ मिनेट समय बाँकी रहँदा युवा फरवार्ड किनले गोल गर्दै युभेन्टसको जित सुनिश्चित गरे ।
अंक तालिकामा युभेन्टसले १८ अंकको अग्रता लिएको छ । ३० खेलमा ८१ अंक जोडे युभेन्टसलाई २९ खेलमा ६३ अंक जोडेको नेपोलीले पछ्याइरहेको छ । तेस्रो स्थानमा इन्टर मिलानको ५३ अंक छ ।
April 1, 2025
सुनिल गाउँले,सिमरा जीतपुरसिमरा गोल्डकप फुटबल प्रतियोगिताको १५ औं संस्करणबाराको सिमरा रंगशालामा यसै साता सुरु हुने भएको छ । आयोजक नव–जनजागृति युवा क्लबले मंगलबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको सबै तयारी पूरा भएको जानकारी गराएको छ । आयोजक क्लबका अध्यक्ष रामचन्द्र लामाका अनुसार फ्लड लाईटमा हुने प्रतियोगितामा ८ टोलीको सहभागिता रहनेछ । जीतपुरसिमरा उपमहानगरपालिकाको मुख्य सहयोगमा आयोजना […]
April 1, 2025
काठमाडौं (हाम्रो खेलकुद) – अघिल्ला दुवै संस्करणको उपविजेता धनगढी एफसीले तेस्रो संस्करणको नेपाल सुपर लिगमा विजयी सुरूवात गरेको छ । दशरथ रंगशालामा सम्पन्न खेलमा धनगढीले बुटवल लुम्बिनी एफसीलाई ४-१ ले पराजित गर्यो । धनगढीको जितमा अहमद हिजाजीले दुई गोल तथा कृतिश रत्न छुन्जु र सर्जियो बार्बोजाले १-१ गोल गरे । धनगढीले इन्ज्युरी समयमा २ गोल […]
April 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- तेस्रो एनसेल नेपाल सुपर लिग (एनएसएल) मा बुटवल लुम्बिनी एफसी र धनगढी एफसीबीचको खेल जारी छ। पहिलो हाफ १-१ गोलको बराबरीमा सकिएको छ। दशरथ रंगशालामा जारी खेलको छैटौं मिनेटमा नै धनगढीले अग्रता बनायो। जर्ज प्रिन्स कार्कीको फ्लिक हेडरमा अहमद हिजाजीको एक्रोबेटिक सट गोलमा परिणत भयो। यो गोलमा लुम्बिनीका डिफेन्डर विमल पाण्डे र […]