9 years ago
April 30, 2016
१० बर्ष अघी टोटेन्ह्यामबाट ट्राइल दिएर आफ्नो फुटबल करियर अघी बडाउने मौकालाई अस्वीकार गर्दै क्रीकेटमा आफ्नो भविष्य अघी बडाउने प्रयास स्वरुप इङ्ल्याण्डका सेम बिलिङ्सले आज आफ्नो आइपिएलको पहिलो खेलमा अर्ध शतक प्रहार गर्दै दिल्लीको जितमा महत्त्वपूर्ण योगदान दिएका छन ।
सेन्टर एयाटेकिङ मिड्फिल्डमा खेल्ने बिलिङ्सले टोटेन्ह्याम एकेडेमी बिरुद्ध ह्याट्रीक गर्दा ट्राइल दिने मौका पाएको तर दक्षिण बेलायतको यु १४ क्रीकेट टोलीसँग खेल खेल्न उनले त्यो अवसर अस्विकारेको कुरा डेली मेललाई जनाएका थिए । इङ्ल्याण्डका लागी ५ एक दिवसिय क्रीकेटमा देखा परीसकेका बिलिङ्सले क्रीकेट नै उनको पहिलो प्राथमिकता रहेको बताएका थिए।
क्रीकेट र फुटबल बाहेक बिलिङ्सले आफ्नो जन्मथलो केन्टका लागि टेनिस पनि खेली सकेका छन भने उनि स्क्वास र रग्बीमा पनि अब्बल छन ।
अन्य सम्पुर्ण खेल छोड्दै क्रीकेट खेलेका बिलिङ्सले दिल्लीको लागी पहिलो खेलमा कल्कोता बिरुद्ध ३ चौका र २ छक्काको मद्धतले ३४ बलमा ५४ रनको योगदान दिए ।
March 17, 2025
सुशील पन्त क्षेत्री,चितवन विभागीय टोली एपिएफ फुटबल क्लबले सोमवार चितवनमा जारी राष्ट्रिय महिला फुटबलमा फराकिलो जित निकालेको छ । एपिएफले बागमती युथ क्लबलाई ९-० को फराकिलो जित निकालेको हो । भरतपुर ७ कृष्णपुरमा भएको एफतर्फी खेलमा एपिएफलाई फराकिलो जित दिलाउन रश्मिकुमारी घिसिङले ह्याट्रिक गरिन् । सरु लिम्बु २, रेनुका नगरकोटे, अनिता केसी, गीता राना मगर […]
March 17, 2025
काठमाडौं (हाम्रो खेलकुद) – शहिद स्मारक बी डिभिजन लिगमा वीरगन्ज युनाइटेड क्लबले पहिलो जित निकालेको छ । वीरगन्जले श्री कुमारीलाई २-० गोल अन्तरले हरायो । वीरगन्जको जितमा विपिन तुमसिंह मगर र कृपाकान्त महतो थारूले एक-एक गोल गरे । एन्फा कम्पलेक्समा आज भएको खेलमा वीरगन्जले सुरूवातमा नै अग्रता बनायो । उसको लागि खेलको १२ औं मिनेटमा […]
March 17, 2025
हिमाल खरेल, बिर्तामोड नेपाल सुपर लिग (एनएसएल) ट्रफी झापाका विभिन्न स्थानमा प्रदर्शन गरिएको छ । काठमाडौंमा चैत १६ गते सुरु हुने एनएसएलको ट्रफी आज झापा जिल्ला खेलकुद विकास समितिअन्तर्गत मेची रंगशाला भद्रपुरमा प्रदर्शन गरिएको झापा तथा भद्रपुर झापा गोल्डकपका सचिवालयले जानकारी दिइएको छ। रंगशाला परिसरमा आयोजित ट्रफी प्रदर्शनी कार्यक्रममा समितिका अध्यक्ष प्रशान्त भण्डारी, नेपाल उद्योग […]