6 years ago
April 1, 2019
एजेन्सी – रियल म्याड्रिडले आइतबार स्पेनिस ला लिगा अन्तर्गत हुएस्कालाई ३-२ ले पराजित गर्दै फ्रान्सेली फरवार्ड करीम बेन्जेमाले विजयी गोल गरे । उक्त गोलसँगै बेन्जेमाले ला लिगामा क्रिस्टियानो रोनाल्डो र लिओनेल मेसीले समेत राख्न नसकेको कीर्तिमान कायम गरेका छन् ।
बेन्जेमाले लिगअन्तर्गत हुएस्कासँग गोल गर्दै आफूले सामना गरेको ला लिगाका हरेक क्लबविरुद्ध गोल गर्ने कीर्तिमान कायम गरेका हुन् । झन्डै एक दशक अगाडी रियल म्याड्रिड आएका बेन्जेमाले यसक्रममा ३४ टोलीविरुद्ध खेलेका छन् । उनले हुएस्काविरुद्ध गोल गर्दै ला लिगाको सबै विपक्षी टोलीविरुद्ध गोल गर्ने कीर्तिमान कायम गरेका हुन् ।
बार्सिलोनाका कप्तान लिओनेल मेसीले ला लिगामा ४० क्लबविरुद्ध खेल्दै ३७ टोलीविरुद्ध मात्र गोल गर्न सकेका छन् । उनले क्याडिज, मुर्सिया र हुएस्काविरुद्ध भने गोल गर्न सकेका छैनन् । यसै सिजन रियल म्याड्रिड छाडेका फरवार्ड क्रिस्टियानो रोनाल्डोले भने ३३ टोलीविरुद्ध खेल्दै ३२ टोलीलाई मात्र गोल गरे । उनले लेगानेसविरुद्ध गोल गर्न भने सकेनन् ।
बेन्जेमाअघि ह्युगो स्यान्चेजले ला लिगाका सबै टोलीविरुद्ध गोल गर्ने कीर्तिमान कायम गरेका थिए । उनले त्यसक्रममा ३३ टोलीविरुद्ध खेलेका थिए जुन बेन्जेमाभन्दा १ कम हो । रियलकै पूर्वकप्तान राउल गोन्जालेजले पनि ३५ टोलीविरुद्ध गोल गरेका थिए । तर उनले आफूले सामना गरेका ४ टोलीलाई भने गोल गर्न सकेनन् ।
March 21, 2025
सुशील पन्त क्षेत्री, चितवन चितवनमा जारी राष्ट्रिय महिला फुटबल प्रतियोगिताको उपाधिका शनिवार प्रतिस्पर्धा हुँदैछ। उपाधिका लागि दुई विभागीय टोली एपिएफ एफसी काठमाडौं र त्रिभुवन आर्मी एफसी भिड्दैछन् । भरतपुर ७ कृष्णपुरको मैदानमा खेल दिउँसो ३:३० बजे सुरु हुनेछ। प्रि म्याच कन्फ्रेन्समा दुवै टोलीले उपाधि जित्ने लक्ष्य रहेको बताएका छन् । एपिएफका प्रशिक्षक जनक सिंहले आफ्नो […]
March 21, 2025
सुमन अधिकारी, बुटवल रुपन्देहीको पुरानो तिलोत्तमा गोल्डकप फुटबल प्रतियोगिता शनिवार हुँदैछ । देविनगरस्थित एन्फा टेक्निकल खेलमैदान प्रतियोगिता आयोजना हुने प्रतियोगिताको तयारी पूरा भएको शुक्रवार पत्रकार सम्मेलन गरि रुपन्देही जिल्ला फुटबल संघका अध्यक्ष लोक पुनले बताए । उद्घाटन खेल आयोजक करेन्ट रुपन्देही ११ र एपिएफ फुटबल क्लबबीच हुनेछ । प्रतियोगितामा संकटा एफसी, मच्छिन्द्र एफसी, चर्च ब्याइज […]
March 21, 2025
काठमाडौं (हाम्रो खेलकुद)- फरवार्ड जिलेस्पी जंग कार्कीको गोलमा नेपालले सिंगापुरलाई अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा पराजित गरेको छ । सिंगापुरको राष्ट्रिय रंगशालामा भएको खेलमा नेपाल १-० ले विजयी भएको हो । सिंगापुरको सिनियर पुरुष राष्ट्रिय टोलीमाथि नेपालको यो पहिलो जित हो । नेपालका लागि जिलेस्पीले खेलको १२ औं मिनेटमा गोल गरेका थिए । मनिष डाँगीले दाया विंगबाट दिएको […]