6 years ago
April 1, 2019
एजेन्सी – फ्रान्सेली लिग अन्तर्गत आइतबार पेरिस सेन्ट जर्मेनले टुलुजलाई पराजित गर्दा युवा फरवार्ड किलियन एमबाप्पेले खेलको एकमात्र गोल गरेका छन् ।
निकै प्रतिस्पर्धात्मक खेलको ७४ औं मिनेटमा एमबाप्पेले गरेको गोल नै निर्णायक सावित भयो । उनले बलमा उत्कृष्ट नियन्त्रण देखाउँदै गरेको फिनिस पीएसजीको जितका लागि पर्याप्त रहयो । एमबाप्पेको यो जारी लिगमा ३१ औं गोल पनि हो ।
पीएसजीले त्यसअघि नै गोल गरेको भएपनि भिडियो असिस्टेन्ट रेफ्रीले मार्किन्होसको गोललाई मान्यता दिएको थिएन । यस जितसँगै पीएसजीले लिगको शीर्ष स्थानमा २० अंकको अग्रतालाई कायम राखेको छ ।
पीएसजीले लिगका २९ खेलमा ८० अंक जोडेको छ । दोस्रो स्थानमा रहेको लिलले २९ खेल खेल्दै ६० अंक जोडेको छ ।
March 30, 2025
एजेन्सी – जर्मन बुन्डेसलिगामा शीर्ष स्थानको बायर्न म्युनिखले अर्को जित निकालेको छ । बायर्नले शनिवार सेन्ट पाउलीविरुद्ध ३–२ को जित हासिल गर्यो । घरेलु मैदानमा भएको खेलमा बायर्नलाई जित दिलाउन लिरोय सानेले २ र अर्को गोल ह्यारी केनले गरे । पाउलीका लागि इलियास साद र लार्स रिट्ज्काले गोल गरे । बायर्नले १७औं मिनेटमा केनको गोलबाट […]
March 30, 2025
एजेन्सी – कप्तान लियोनल मेसीले गोल गरेको खेलमा इन्टर मायमी अमेरिकाको मेजर लिग सकर(एमएलएस) मा विजयी भएको छ । मायमीले शनिवार भएको खेलमा फिलाडेल्फिया युनियनमाथि २-१ को जित हात पार्यो । चेस स्टेडियममा भएको खेलमा मियामीको जितमा रोबर्ट टेलरले अर्को गोल गरे । फिलाडेल्फियाका डेनियल गजडागले गोल गरे । खेलको २३औं मिनेटमा टेलरको गोलमा मायमीले […]
March 30, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले शनिवार सेनिट इटिएनलाई पुनरागमनका साथ ६-१ ले पराजित गरेपनि फ्रेन्च लिग १ उपाधिको पक्का गर्न अझै प्रतीक्षा गर्नु पर्ने भएको छ। अर्को खेलमा मार्सेई राइम्ससँग ३-१ ले पराजित भयो ।मोनाको निसलाई २-१ ले हराएपछि पिएसजीले उपाधिका लागि कुर्नुपर्ने भएको हो । ७ खेल बाँकी रहँदा दोस्रो स्थानमा उक्लेको मोनाको […]