default_image

6 years ago

April 1, 2019

जब जिदानले आफ्नै छोरालाई खेलाए..

143 views

0 Bookmark

एजेन्सी – रियल म्याड्रिडमा पछिल्लो समय गोलरक्षक छनोटलाई लिएर निकै चर्चा हुँदै आएको छ । दुई विश्वस्तरीय गोलरक्षक एकै टोलीमा हुँदा कसलाई खेलाउने भन्ने विषयमा प्रशिक्षकलाई टाउको दुखाइ नै हुने गरेको छ ।

रियलले गत महिना सान्टियागो सोलारीलाई बर्खास्त गर्दै सिजनको तेस्रो प्रशिक्षकका रुपमा जिनेदिन जिदानलाई क्लबमा फिर्ता बोलायो । सिजनको सुरुवातमा जुलेन लोपेटेगुईलाई बर्खास्त गरेपछि सोलारीलाई छानेको रियलले उनीसँग पनि लामो समय धैर्य गर्न सकेन । सुरुवात राम्रो भएपनि लगातार खराब नतिजा निकालेपछि सोलारीले क्लब छाड्नुपर्यो ।

सिजनको सुरुवातमा रियलले चेल्सीका गोलरक्षक थिबाउट कोर्टुवालाई पनि अनुबन्धन गर्यो । पछिल्लो सिजन नियमित गोलरक्षक रहेका केलर नाभासले राम्रो प्रदर्शन गरेपनि रियलले गोलरक्षकमा निकै मोटो रकम खर्चियो । तर यो निर्णय सुखद सव्वित भएन । कोर्टुवाको लगातार खराब प्रदर्शनले टोलीलाई घाटा पुगीरहयो । यसका बाबजुद सोलारीले नाभासलाई खेलाउने निर्णय लिएनन् ।

जिदानले आफ्नो पहिलो खेलमा नै नाभासलाई टोलीमा समेट्दै जित दर्ता गरे । उनले आइतबार हुएस्काविरुद्ध दोस्रो खेलमा भने आफ्नो छोरा लुका जिदानलाई सुरुवाती रोजाईमा खेलाए । तर जिदान उनलाई आफ्नो छोरा भन्दापनि एक खेलाडीका रुपमा हेरेको बताउँछन् ।

‘लुका रियलमा धेरै अगाडी देखिका खेलाडी हुन् । मेरो लागि उनी पनि अर्का एक खेलाडीकै रुपमा रहेका छन् । आज टोलीको अवस्थाअनुसार नै उनले खेल्न पाएका हुन्,’ प्रशिक्षक जिदानले भने, ‘नाभास अन्तर्राष्ट्रिय फुटबलमा व्यस्त रहेर आएका छन् । उनलाई विश्राम आवश्यक छ । कोर्टुवा घाइते भएकाले टोलीमा छैनन् ।’

लुकाको लागि पहिलो खेल सुखद रहन भने सकेन । खेलको तेस्रो मिनेटमा नै रियल १-० ले पछाडी परेको थियो । यद्यपी करीम बेन्जेमाले अन्तिम मिनेटमा गोल गरेपछि रियल ३-२ ले विजयी रहयो ।

March 30, 2025

बायर्नको अर्को जित

एजेन्सी – जर्मन बुन्डेसलिगामा शीर्ष स्थानको बायर्न म्युनिखले अर्को जित निकालेको छ । शनिबार भएको खेलमा बायर्नले सेन्ट पाउलीविरुद्ध ३–२ को जित हासिल गर्यो । घरेलु मैदानमा भएको खेलमा बायर्नलाई जित दिलाउन लिरोय सानेले २ तथा ह्यारी केनले १ गोल गरे । पाहुना टोली पाउलीका लागि इलियास साद र लार्स रिट्ज्काले गोल गरे । बायर्नले […]

March 30, 2025

मायमीको जितमा मेसीको गोल

एजेन्सी – कप्तान लियोनल मेसीले गोल गरेको खेलमा इन्टर मायमी अमेरिकाको मेजर लिग सकर(एमएलएस) मा विजयी भएको छ । मायमीले शनिवार भएको खेलमा फिलाडेल्फिया युनियनमाथि २-१ को जित हात पार्यो । चेस स्टेडियममा भएको खेलमा मियामीको जितमा रोबर्ट टेलरले अर्को गोल गरे । फिलाडेल्फियाका डेनियल गजडागले गोल गरे । खेलको २३औं मिनेटमा टेलरको गोलमा मायमीले […]

March 30, 2025

पिएसजी लिग वानको उपाधि नजिक

एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) शनिवार सेंट इटिएनलाई पुनरागमनका साथ ६-१ ले पराजित गरेपनि फ्रेन्च लिग १ उपाधिको पक्का गर्न अझै प्रतीक्षा गर्नु पर्ने भएको छ। अर्को खेलमा मार्सेई रिम्ससँग ३-१ ले पराजित भयो ।मोनाको नाइसलाई २-१ ले हराएपछि पिएसजीले उपाधि का‌ लागि कुर्नुपर्ने भएको हो। ७ खेल बाँकी रहँदा दोस्रो स्थानमा उक्लेको  मोनाको पिएसजीभन्दा […]

Success

Thank you for your time.