default_image

6 years ago

March 31, 2019

रियल म्याड्रिडद्वारा ११ वर्षीय खेलाडी अनुबन्धित

78 views

0 Bookmark

एजेन्सी – रियल म्याड्रिडले आफ्नो भविष्यलाई ध्यानमा राख्दै ११ वर्षीय खेलाडी सर्जियो टोरेसलाई अनुबन्ध गरेको छ ।

म्याड्रिडमै जन्मिएका टोरेसका बाबुआमा भने पेरुका हुन् । सानो उमेरमा नै उत्कृष्ट प्रदर्शन गर्दै आएका उनले भविष्यमा पेरुका लागि नै खेल्ने बुझिएको छ । रियलका स्काउटहरुले क्लबलाई टोरेसको प्रदर्शन निकै राम्रो भएकाले अनुबन्धन गर्न सल्लाह दिएका थिए ।

अनुबन्धन भएको सातामै टोरेसले आफूभन्दा १ वर्ष माथि उमेर समूहमा खेल्दै गोल पनि गरेका छन् । उनले रियलको एल्भिन बी समूहको टोलीबाट खेलेका थिए । सन् २००८ मा जन्मिएका टोरेसलाई रियलका स्काउटले एक एकेडेमीमा पहिलो पटक देखेका थिए ।

उनले स्पेनको राजधानीबाहिर रहेको ‘टु एम वन टु’ एकेडेमीमा भेटेका थिए । भिल्लाभेर्डे नामक गाउँमा रहेको उक्त क्लबबाट म्याड्रिडले उनलाई क्लबमा ल्याएको हो ।

March 30, 2025

बायर्नको अर्को जित

एजेन्सी – जर्मन बुन्डेसलिगामा शीर्ष स्थानको बायर्न म्युनिखले अर्को जित निकालेको छ । बायर्नले शनिवार सेन्ट पाउलीविरुद्ध ३–२ को जित हासिल गर्यो । घरेलु मैदानमा भएको खेलमा बायर्नलाई जित दिलाउन लिरोय सानेले २ र अर्को गोल ह्यारी केनले गरे । पाउलीका लागि इलियास साद र लार्स रिट्ज्काले गोल गरे । बायर्नले १७औं मिनेटमा केनको गोलबाट […]

March 30, 2025

मायमीको जितमा मेसीको गोल

एजेन्सी – कप्तान लियोनल मेसीले गोल गरेको खेलमा इन्टर मायमी अमेरिकाको मेजर लिग सकर(एमएलएस) मा विजयी भएको छ । मायमीले शनिवार भएको खेलमा फिलाडेल्फिया युनियनमाथि २-१ को जित हात पार्यो । चेस स्टेडियममा भएको खेलमा मियामीको जितमा रोबर्ट टेलरले अर्को गोल गरे । फिलाडेल्फियाका डेनियल गजडागले गोल गरे । खेलको २३औं मिनेटमा टेलरको गोलमा मायमीले […]

March 30, 2025

पिएसजी लिग वानको उपाधि नजिक

एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले शनिवार सेनिट इटिएनलाई पुनरागमनका साथ ६-१ ले पराजित गरेपनि फ्रेन्च लिग १ उपाधिको पक्का गर्न अझै प्रतीक्षा गर्नु पर्ने भएको छ। अर्को खेलमा मार्सेई राइम्ससँग ३-१ ले पराजित भयो ।मोनाको निसलाई २-१ ले हराएपछि पिएसजीले उपाधिका‌ लागि कुर्नुपर्ने भएको हो । ७ खेल बाँकी रहँदा दोस्रो स्थानमा उक्लेको  मोनाको […]

Success

Thank you for your time.