default_image

6 years ago

March 31, 2019

महिला फुटबल टोली म्यानमार प्रस्थान

86 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली महिला राष्ट्रिय फुटबल टोली ओलम्पिक छनोटको दोस्रो चरणमा सहभागिता जनाउन आइतबार म्यानमारतर्फ प्रस्थान गरेको छ । एन्फा कम्प्लेक्स सातदोबाटोमा एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पाले टोलीलाई बिदाइ गरे ।

विराटनगरमा सम्पन्न पाँचौ साफ महिला च्याम्पियनसिपमा उपविजेतामा सिमित नेपाली टोली फाइनलमा भारतसँग पराजित भएको थियो । नेपालले म्यानमारमा हुने प्रतियोगितामा पनि भारतसँग प्रतिस्पर्धा गर्नेछ । आयोजक म्यानमार र इन्डोनेसियाले पनि समूहको शीर्ष स्थानको लागि भिड्नेछन् । यस समूहबाट एक टोलीमात्र अर्को चरणमा अगाडी बढ्नेछ ।

म्यानमारविरुद्ध नेपालले पहिलो चरणमा बराबरी खेलेको थियो भने भारतमा आयोजित हिरो गोल्डकपको दुवै खेलमा पराजित भएको थियो । भारतविरुद्ध भने नेपालले पछिल्लो समय मिश्रित नतिजा निकालेको छ । ओलम्पिक छनोटको पहिलो चरणमा बराबरी खेलेको नेपालले हिरो गोल्डकपमा भारतलाई हराउँदै फाइनल यात्रा तय गरेको थियो । तर साफको फाइनलमा भने नेपाल पराजित भयो ।

नेपालको खेल तालिका :
३ अप्रिल – म्यानमार विरुद्ध नेपाल
६ अप्रिल – नेपाल विरुद्ध भारत
९ अप्रिल – इन्डोनेसिया विरुद्ध नेपाल

March 20, 2025

आर्मी राष्ट्रिय महिला फुटबलको फाइनलमा

सुशील पन्त क्षेत्री,चितवन त्रिभुवन आर्मी फुटबल क्लब चितवनमा जारी राष्ट्रिय महिला फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । दोस्रो सेमिफाइनलमा आज रौतहट एफसीलाई हराउँदै आर्मी उपाधि नजिक पुगेको हो । रोमाञ्चक खेलमा आर्मी ६-३ ले विजयी भयो । खेलको ३० सेकेन्डमा आर्मीविरुद्ध रौतहटले अग्रता लिएको थियो । त्यसपछि आर्मी खेलमा फर्कियो । आर्मीको जितमा चन्द्रा […]

March 20, 2025

सम्बाको नाममा ‘साम्बा चोक’ नामाकरण गरिने

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय महिला फुटबल टोलीकी फरवार्ड सावित्रा भण्डारी ‘साम्बा’ को सम्मानमा साम्बा चोक नामाकरण गरिएको छ। मस्र्याङदी गाउँपालिका ९ खुदीपुल वारीको क्षेत्रलाई ‘साम्बा’ चोक नामाकरण गरिने भएको हो । साम्बा मस्र्याङ्दी गाउँपालिका ९ पामचोकमा जन्मिएकी हुन् । साम्बाको सम्मानमा चोकको नामाकरण गर्न लागिएको गाउँपालिका अध्यक्ष अर्जुन गुरुङले जानकारी दिए । गाउँपालिकाको चैत ३ गते […]

March 20, 2025

सरस्वतीको लगातार दोस्रो जित

काठमाडौं (हाम्रो खेलकुद) – सरस्वती युथ क्लबले शहिद स्मारक बी डिभिजन लिगमा लगातार दोस्रो जित हात पारेको छ । सरस्वतीले नयाँबस्ती युथ क्लबलाई १-० ले हरायो । सरस्वतीको जितमा धिरेन्द्र बहादुर शाहले एक मात्र निर्णायक गोल गरे । एन्फा कम्प्लेक्समा आज भएको खेलमा नयाँबस्ती पहिलो जितको खोजिमा थियो । तर ४४ औं मिनेटमा सरस्वतीले अग्रता […]

Success

Thank you for your time.