6 years ago
March 31, 2019
एजेन्सी – चोटका कारण स्टार फरवार्ड क्रिस्टियानो रोनाल्डोलाई गुमाएको युभेन्टसले सिरी ‘ए’ अन्तर्गत घरेलु मैदानमा इम्पोलीलाई १-० ले पराजित गरेको छ।
अन्तर्राष्ट्रिय ब्रेकको दौरान चोट बोकेका रोनाल्डोबिनाको युभेन्टसका लागि शनिबार युवा खेलाडी मोइस किनको गोल निर्णायक रह्यो । दोस्रो हाफमा मैदान प्रवेश गरेको उनले तेस्रो मिनेटमै गोल गर्दै युभेन्टसको जितको आधार बने ।
रोनाल्डोले लिग अन्तर्गत अझै अन्य खेल पनि गुमाउने बुझिएको छ । उनको अनुपस्थितिमा इटालीका युवा फरवार्ड किन र अर्जेन्टिनी फरवार्ड पाउलो डीबालाले गोलको जिम्मेवारी सम्हाल्नेछन् ।
खेलमा ५७ प्रतिशत पोजेसन राखेपनि इम्पोलीले गोलमा कुनै प्रहार गर्न भने सकेन । जितसँगै युभेन्टसको २९ खेलमा ७८ अंक रहेको छ भने दोस्रो स्थानमा न्यापोलीको २८ खेलमा ६० अंक छ।
February 7, 2025
काठमाडौं (हाम्रो खेलकुद)- तीन वर्षपछि हुन लागेको सहिद स्मारक ‘बी’ डिभिजन लिग ३ महिना लामो हुने भएको छ। अखिल नेपाल फुटबल संघ (एन्फा) ले फागुन २५ गते सुरु हुने लिगको शुक्रवार खेल तालिका सार्वजनिक गरेको छ। उद्घाटन खेल च्यासल युथ क्लब र वीरगन्ज युनाइटेडविच हुनेछ। लिगमा १४ टोलीले एक अर्काबिच एकपटक खेल्नेछन्। २०८१ जेठ २५ […]
February 7, 2025
हिमाल खरेल,बिर्तामोड मिलन राईको ह्याट्रिक मद्दतमा सुनसरीको न्यु स्टार एफसी झापाको बुद्धशान्तिस्थित जयपुरमा जारी आठौं संस्करणको नव ज्योति च्यालेन्ज कप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । आज भएको पहिलो सेमिफाइनल खेलमा मोरङ कानेपोखरीको नव प्रगति समाजसेवा क्लबलाई ४-१ गोल अन्तरले हराउँदै न्यु स्टार उपाधिनजिक पुगेको हो । मिलनले ह्याट्रिक पूरा गर्ने क्रममा खेलको ३८ […]
February 7, 2025
पोखरा (हाम्रो खेलकुद)- भारत सिक्किमको थन्डरबोल्ट नर्थ युनाइटेड २४ औं आहा!रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा पुगेको छ। दुई पटकको विजेता संकटा क्लबलाई शुक्रवार ३-१ ले हराउँदै थन्डरबोल्ट अन्तिम आठमा पुगेको हो। माघ १७ गरे काठमाडौंमा सभापति कप जितेको संकटाले अग्रता जोगाउन नसक्दा पहिलो खेलबाट बाहिरिएको छ। मनिष पौडेलको गोलमा संकटाले १६ औं मिनेटमा अग्रता […]