default_image

6 years ago

March 31, 2019

जितसंगै युनाइटेड शीर्ष चारमा प्रवेश

90 views

0 Bookmark

एजेन्सी – इङ्लिस प्रिमियर लिग अन्तर्गत म्यानचेस्टर युनाइटेडले घरेलु मैदानमा वाटफर्डलाई २-१ ले पराजित गर्दै अंक तालिकाको चौथो स्थानमा उक्लिएको छ।

युनाइटेडमा स्थायी नियुक्ती पछिको पहिलो खेलमै प्रशिक्षका ओले गुनार सोल्क्सजारले जित दर्ता गर्न सफल भए । युनाइटेडबाट जोसे मोउरिन्हो बर्खास्त भएयता अन्तरिम प्रशिक्षकको भूमिका निर्वाह गरेका ओलेले यसअघि १९ खेलमा १४ जित दर्ता गर्न सफल भएका थिए ।

युनाईटेडलाई मार्कस रास्फर्डले सुरुआती अग्रता दिलाए। सुरुआत घरेलु टोलीलाई दवाबमा राख्न वाटफर्ड सफल भएपनि २८ औं मिनेटमा काउण्टर एट्याकमार्फत उनले अग्राता दिलाए।

त्यस्तै दोस्रो हाफको ७२ औं मिनेटमा एन्थोनी मार्सियलले गोल गर्दै युनाईटेडको अग्रता दोब्बर गरे । भ्रमणकारी टोलीका लागि डोकोउरेले ९० औं मिनेटमा गोल गरेपनि पर्याप्त रहेन । खेलमा वाटफर्डले २० प्रहार गर्दा युनाईटेडले ८ प्रहार गर्यो ।

३१ खेलमा ६१ अंक बनाएको युनाईटेड चौथो स्थानमा उक्लिएको छ । पाँचौ स्थानमा ३० खेल खेलेको आर्सनलको ६० अंक छ ।

March 26, 2025

फिफाका पूर्व अध्यक्ष ब्लाटरसँगै प्लाटिनीले पाए सफाई

एजेन्सी – फिफाका पूर्व अध्यक्ष सेप ब्लाटर र फ्रान्सेली फुटबलर मिसेल प्लाटिनीले फिफामा भएको ठगी सम्बन्धित भ्रष्टाचारको आरोपमा सफाइ पाएका छन्। स्विजरल्याण्डको मुटेन्जस्थित एक अपिल अदालतले मंगलबार ब्लाटरले सन् २०११ मा प्लाटिनीलाई गरेको २० लाख स्विस फ्र्याङ्कको भुक्तानीमा कुनै अनियमितता नभएको ठहर गरेको छ। दुबैले लगातार आफू निर्दोष रहेको दाबी गर्दै आएका थिए। पहिलो पटक […]

March 26, 2025

ललितपुर सिटीका इमोह  र पापा आइपुगे

काठमाडौं (हाम्रो खेलकुद)- ललितपुर सिटी एफसीबाटनेपाल सुपर लिग (एनएसएल) खेल्न  इमोह इजेकिएल र पापा इबोउ केबे आज नेपाल आइपुगेका छन्। ललितपुर गत संस्करणमा‌ च्याम्पियन हुँदा इमोह र पापा दुवै टोलीको सदस्य थिए। ६ गोल गर्दै इमोह   गोल्डेन बुट पनि जितेका थिए ।विजेता समेत हुन। धनगढी एफसी विरुद्धको‌ फाइनलमा उनले २ गोल गरेका थिए। इमोहले  […]

March 26, 2025

एन्फाको बजेट १ अर्ब ५६ करोड!

काठमाडौं (हाम्रो खेलकुद) – अखिल नेपाल फुटबल संघ (एन्फा) को कार्यसमिति बैठकले वैशाख २६ गते हुने साधारण सभामा डेढ अर्ब रुपैयाँको बजेट पेश गर्ने भएको छ । एन्फाले बुधबार जारी गरेको प्रेस विज्ञप्ति अनुसार वैशाख २६ गते संघको नियमित साधारण सभा गर्ने उल्लेख गरिएको छ । उक्त सभामा वार्षिक कार्यक्रम तथा प्रतियोगिताका लागि अनुमानित बजेट […]

Success

Thank you for your time.