6 years ago
March 31, 2019
एजेन्सी – फूल्ह्यामको घरेलु मैदान क्रेभन कटेजमा २-० को जित निकाल्दै म्यानचेस्टर सिटी पुनः इङ्लिस प्रिमियर लिगको शीर्षस्थानमा फर्किएको छ । सिटीको जितमा बर्नाडो सिल्भा र सर्जियो अगुएरोले गोल गरे।
पहिलो हाफमा पाँचौ मिनेटमै सिल्भाले अगुएरोको पासलाई सदुपयोग गर्दै गोल गरेर अग्रता दिलाए । उनको अग्रतालाई दोब्बर गर्न अगुएरोले २७ औं मिनेटमा गोल गरे । अगुएरोको गोलमा सिल्भाकै असिस्ट रह्यो ।
दोस्रो हाफमा पनि बलियो पकड जमाएको सिटीले गोल गर्न भने सकेन । खेलमा सिटीले ८१ प्रतिशत पोसेसन राखेको थियो । जितसंगै सिटी ७७ अंकसहित लिगको शीर्षस्थानमा फर्किएको हो । दोस्रो स्थानमा रहेको लिभरपुलको ७६ अंक छ ।
पराजित फुल्ह्याम भने अंक तालिकाको पुछारबाट दोस्रो स्थानमा छ । १७ अंक मात्र रहेको फुल्ह्यामको रेलिगासन हुने लगभग पक्का छ । लिगकै अर्को खेलमा क्रिस्टल प्यालेससँग २-० ले पराजित भएपछि हडर्सफिल्डको रेलिगेसन पक्का भएको छ ।
March 26, 2025
एजेन्सी – फिफाका पूर्व अध्यक्ष सेप ब्लाटर र फ्रान्सेली फुटबलर मिसेल प्लाटिनीले फिफामा भएको ठगी सम्बन्धित भ्रष्टाचारको आरोपमा सफाइ पाएका छन्। स्विजरल्याण्डको मुटेन्जस्थित एक अपिल अदालतले मंगलबार ब्लाटरले सन् २०११ मा प्लाटिनीलाई गरेको २० लाख स्विस फ्र्याङ्कको भुक्तानीमा कुनै अनियमितता नभएको ठहर गरेको छ। दुबैले लगातार आफू निर्दोष रहेको दाबी गर्दै आएका थिए। पहिलो पटक […]
March 26, 2025
काठमाडौं (हाम्रो खेलकुद)- ललितपुर सिटी एफसीबाटनेपाल सुपर लिग (एनएसएल) खेल्न इमोह इजेकिएल र पापा इबोउ केबे आज नेपाल आइपुगेका छन्। ललितपुर गत संस्करणमा च्याम्पियन हुँदा इमोह र पापा दुवै टोलीको सदस्य थिए। ६ गोल गर्दै इमोह गोल्डेन बुट पनि जितेका थिए ।विजेता समेत हुन। धनगढी एफसी विरुद्धको फाइनलमा उनले २ गोल गरेका थिए। इमोहले […]
March 26, 2025
काठमाडौं (हाम्रो खेलकुद) – अखिल नेपाल फुटबल संघ (एन्फा) को कार्यसमिति बैठकले वैशाख २६ गते हुने साधारण सभामा डेढ अर्ब रुपैयाँको बजेट पेश गर्ने भएको छ । एन्फाले बुधबार जारी गरेको प्रेस विज्ञप्ति अनुसार वैशाख २६ गते संघको नियमित साधारण सभा गर्ने उल्लेख गरिएको छ । उक्त सभामा वार्षिक कार्यक्रम तथा प्रतियोगिताका लागि अनुमानित बजेट […]