6 years ago
March 29, 2019
एजेन्सी – फिफा विश्वकप २०१८ पछि पहिलो पटक अर्जेन्टिनाबाट खेलेका बार्सिलोना स्टार लियोनल मेस्सीले पहिलो खेलमा चोट बोके।
भेनेजुएलासँग ३-१ ले पराजित खेलमा ग्रोइन इन्जुरी बोकेका मेस्सीले मोरोकोसँगको खेल गुमाए । उनी बिनाको खेल भने अर्जेन्टिनाले १-० ले आफ्नो पक्षमा पार्यो । ला लिगामा दोस्रो स्थानमा रहेको एटलेटिको म्याड्रिड भन्दा १० अंक अगाडी रहेको बार्सिलोनाले यस सिजन तीन उपाधिको लक्ष्य बनाएको छ । उक्त लक्ष्य प्राप्त गर्न बार्सिलोनाले मेस्सीको खेल समयको लागि विशेष योजना बनाएको बुझिएको छ ।
ला लिगामा एटलेटिकोविरुद्ध सहज अग्रता रहेको कारण बार्सिलोनाले स्पेनिस लिगमा मेस्सीको खेल समयलाई छोट्याउने बुझिएको छ । मेस्सीलाई चोटको जोखिमबाट जोगाउन र च्याम्पियन्स लिगका लागि उनलाई फिट राख्न बार्साले यो योजना बनाएको हो ।
च्याम्पियन्स लिगमा भने बार्सिलोनाले क्वाटरफाइनलमा म्यानचेस्टर युनाइटेडको सामना गर्नेछ । त्यस्तै बार्सिलोनाले कोपा डेल रे’को फाइनलमा पनि स्थान बनाएको छ । त्यसकारण मेस्सीका लागि हालको प्राथमिकता च्याम्पियन्स लिग र कोपा डेल रे’ रहेको हो ।
March 26, 2025
एजेन्सी – फिफाका पूर्व अध्यक्ष सेप ब्लाटर र फ्रान्सेली फुटबलर मिसेल प्लाटिनीले फिफामा भएको ठगी सम्बन्धित भ्रष्टाचारको आरोपमा सफाइ पाएका छन्। स्विजरल्याण्डको मुटेन्जस्थित एक अपिल अदालतले मंगलबार ब्लाटरले सन् २०११ मा प्लाटिनीलाई गरेको २० लाख स्विस फ्र्याङ्कको भुक्तानीमा कुनै अनियमितता नभएको ठहर गरेको छ। दुबैले लगातार आफू निर्दोष रहेको दाबी गर्दै आएका थिए। पहिलो पटक […]
March 26, 2025
काठमाडौं (हाम्रो खेलकुद)- ललितपुर सिटी एफसीबाटनेपाल सुपर लिग (एनएसएल) खेल्न इमोह इजेकिएल र पापा इबोउ केबे आज नेपाल आइपुगेका छन्। ललितपुर गत संस्करणमा च्याम्पियन हुँदा इमोह र पापा दुवै टोलीको सदस्य थिए। ६ गोल गर्दै इमोह गोल्डेन बुट पनि जितेका थिए ।विजेता समेत हुन। धनगढी एफसी विरुद्धको फाइनलमा उनले २ गोल गरेका थिए। इमोहले […]
March 26, 2025
काठमाडौं (हाम्रो खेलकुद) – अखिल नेपाल फुटबल संघ (एन्फा) को कार्यसमिति बैठकले वैशाख २६ गते हुने साधारण सभामा डेढ अर्ब रुपैयाँको बजेट पेश गर्ने भएको छ । एन्फाले बुधबार जारी गरेको प्रेस विज्ञप्ति अनुसार वैशाख २६ गते संघको नियमित साधारण सभा गर्ने उल्लेख गरिएको छ । उक्त सभामा वार्षिक कार्यक्रम तथा प्रतियोगिताका लागि अनुमानित बजेट […]