6 years ago
March 28, 2019
हेटौंडा (हाम्रो खेलकुद) – नेपालको चर्चित क्लब रुस्लान थ्री स्टारलाई पराजित गर्दै दाउफिन्स फुटबल क्लबले दोस्रो संस्करणको भूगर्भ सिमेन्ट सहिद स्मृति राष्ट्रिय फुटबल प्रतियोगिता २०७५ को उपाधिका आयोजक मकवानपुर–११ भिड्ने भएको छ ।
हेटौंडा–१० स्थित वनविज्ञान खेल मैदानमा जारी प्रतियोगिताको दोस्रो सेमिफाइनलमा विहिबार थ्रीस्टारलाई टाइब्रेकरमा ५-३ ले पराजित गर्दै दाउफिन्सले फाइनलमा आयोजकसँग भेट पक्का गरेको हो । निर्धारित समय १–१ गोलको बराबरीमा टुंगिएसँगै खेलको नतिजाका लागि टाइब्रेकरको सहारा लिइएको थियो ।
टाइब्रेकरमा दाउफिन्सका तर्फबाट एंगमा एंगोल, बिजिक बिजिक, प्रिसो एम्जाम्बे, हान्सा एसा र यानिक ओआनाले गोल गरेका थिए । थ्रीस्टारको तर्फबाट रञ्जित धिमाल, मान्सा र विजय धिमाले गोल गरे । भरपर्दा तथा अनुभवी खेलाडी अनिल गुरुङको प्रहार भने बाहिरिएको थियो ।
खेलको ६० औं मिनेटमा दाउफिन्सका यानिक ओवानाले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । ओवानाले बिजिक बिजिकले गरेको क्रसमा हेड गर्दै गोल गरेका थिए । थ्रीस्टारका रञ्जन विष्टले ७० औं मिनेटमा गोल गर्दै खेललाई बराबरीमा ल्याए । रञ्जनले दाफिन्सको गोलरक्षक र डिफेन्सविच तालमेलको अभाव भइरहेको समयमा गोलरक्षकलाई विट गर्दै सहजै गोल गरे । थ्रीस्टारका गोलरक्षक एलन न्यौपानेले खेलभर दाफिन्सका थुप्रै प्रहार बचाएका थिए ।
खेलको म्यान अफ दी म्याच थ्रीस्टार क्लबका डिफेन्डर जीवन गुरुङ घोषित भए । उनले नगद दश हजार रुपियाँ प्राप्त गरे । खेलपश्चात् थ्रीस्टारका प्रशिक्षक मेघराज केसीले खेलाडीको प्रदर्शनबाट आफू सन्तुष्ट रहेको प्रतिक्रिया दिए । उनले दाफिन्सले धेरै फाउल खेलेको र आफूहरुले समयमै रेफ्रिलाई सजग नगराए धेरै खेलाडी अस्पतालमा भर्ना हुने अवस्था सिर्जना हुने बताए । थ्रीस्टारका कप्तान एलन न्यौपानेले भाग्यले साथ नदिँदा खेलमा पराजित भएको बताए ।
दाउफिन्सका टिम व्यवस्थापक आशिक थापा मगरले खेलाडीले समयमै गोल नगर्दा केही समस्या परेको दावी गरे । उनले प्रतियोगिताको फाइनलमा अझै सुधारिएको खेल खेल्ने दावी समेत गरे । उनले रेफ्रिले समयमै निर्णय लिन नसक्दा खेलमा केही तनावको अवस्था सिर्जना भएको बताए ।
प्रतियोगिताको फाइनल खेल चैत १६ गते शनिबार हुनेछ । प्रतियोगिताको विजेताले आठ लाख र उपविजेताले चार लाख रुपैयाँ प्राप्त गर्नेछ । मकवानपुर जिल्ला फुटबल संघको आयोजनामा जारी प्रतियोगितामा दश टोलीको सहभागिता रहेको थियो ।
May 27, 2025
काठमाडौं (हाम्रो खेलकुद)- अखिल नेपाल फुटबल संघ (एन्फा) ले महिला राष्ट्रिय फुटबल टोलीको प्रशिक्षकघोषणा केहि दिनमै गर्ने तयारी गरेको छ। एएफसी प्रो लाइसेन्स प्रशिक्षकलाई माहिला टोलीको जिम्मेवारी दिने भनेर एन्फाले आवेदन खुल्ला गरेको थियो। २१ प्रशिक्षकले आवेदन दिएको बुझिएको छ। जसमध्ये दुई प्रशिक्षक अन्तिम छनोटमा परेका छन्। ती दुई मध्ये एकको नाम सार्वजनिक गर्ने तयारीमा […]
May 27, 2025
एजेन्सी – कप्तान क्रिस्टियानो रोनाल्डोको गोलका बाबजुत अल नासरले साउदी प्रो लिगमा हार बेहोरेको छ । नासर सोमवार अल फताहसँग ३-२ ले पराजित भएको हो । नासरले दुई पटक लिएको अग्रता जोगाउन सकेन। फताहको जितमा माटियास वर्गस, मुराद बत्ना र माथूश माचाडोले गोल गरे । नासरका लागि अर्को गोल साडियो मानेले गरे । खेलमा सुरुवाती […]
May 26, 2025
काठमाडौं (हाम्रो खेलकुद)- हङकङ विरुद्धको मैत्रीपूर्ण खेलका लागि नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीको प्रशिक्षण तथा व्यवस्थापन टोलीको जिम्मेवारी दिइएको छ। अखिल नेपाल फुटबल संघ (एन्फा) ले टंकलाल राईलाई टोलीको व्यवस्थापक, केशवकुमार कार्की सहायकव्यवस्थापकको जिम्मेवारी दिएको छ । एन्फाले सल्यान खड्गीलाई सहायक प्रशिक्षक, विनोद महर्जन गोलकिपिङ प्रशिक्षक र सुजन अमात्यलाई फिजियोथेरापिस्टको जिम्मेवारी दिएको जनाएको छ।उनीहरुलाई एन्फा […]