6 years ago
March 28, 2019
एजेन्सी – पोर्चुगलको राष्ट्रिय टोलीमा पुनरागमन गरेका स्टार फरवार्ड तथा कप्तान क्रिस्टियानो रोनाल्डो गत साता मैत्रीपूर्ण खेल दौरान घाइते भए । चोटबाट विश्राम लिने क्रममा रोनाल्डो अहिले बार्सिलोना पुगेका छन् ।
यसै सिजन स्पेनिस क्लब रियल म्याड्रिड छाडेर इटालीको युभेन्टस पुगेका रोनाल्डो बुधबार बार्सिलोना पुगेका हुन् । ३४ वर्षिया रोनाल्डो चोटबाट विश्राम लिने क्रममा आफ्नो प्रायोजक नाईकको कार्यालयमा पुगेका हुन् । रोनाल्डोसँगै प्रेमिका जिओर्जिनिआ रोड्रीग्वेज पनि साथमा रहेकी थिइन् ।
रोनाल्डोले राष्ट्रिय टोलीबाट खेल्दा चोट बोकेपछि विस्तृत स्वास्थ्य परिक्षणका लागि इटाली फर्कने कार्यक्रम रहेको बताइएको थियो । तर रोनाल्डोले चोट खासै ठुलो नभएको भन्दै विश्राम गरेर आफ्नो प्रायोजकहरुलाई समय दिइरहेका छन् ।
रोनाल्डोले चोटका कारण च्याम्पियन्स लिगमा क्वाटरफाइनल खेल गुमाउने सम्भावना भने निकै कम रहेको बुझिएको छ । उनले लिगको खेलमा विश्राम लिएर च्याम्पियन्स लिगका लागि तयार रहने क्लब स्रोतले जनाएको छ । क्लबका अनुसार रोनाल्डोको तिघ्रामा सामान्य चोट लागेको र त्यसका लागि उपचार जरुरि नरहेको बताएको छ ।
June 5, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल र हङकङबीचको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल गोलरहित बराबरीमा सकिएको छ । हङकङको राष्ट्रिय रंगशालामा सम्पन्न खेलमा दुवै टोलीले गोल गर्न सकेनन् । तुलनात्मक रुपमा बढि अवसर सिर्जना गरेपनि हङकङले अग्रता भने लिन सकेन । नेपाल दोस्रो हाफको इन्ज्युरी समयमा भने १० खेलाडीमा सिमित भएको थियो । मणि लामा दोस्रो पहेंलो कार्ड […]
June 5, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय महिला फुटबल टोलीको प्रमुख प्रशिक्षकको जिम्मेवारी बेल्जियन प्रशिक्षक प्याट्रिक डी वाइल्डलाई दिइने लगभग निश्चित भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले औपचारिक रुपमा घोषणा गर्न बाँकी रहेको एन्फा स्रोतले जानकारी दिएको छ । प्याट्रिक बिहीवार बिहान नेपाल आइपुगेका छन् । प्याट्रिक यसअघि नेपाल सुपर लिग (एनएसएल) मा […]
June 5, 2025
एजेन्सी – क्रिस्टियानो रोनाल्डोको निर्णायक गोलमा पोर्चुगल जर्मनीलाई २-१ ले पराजित गरी नेशन्स लिगको फाइनलमा पुगेको छ । ४० वर्षीय रोनाल्डोले नुनो मेन्डेसको लो पासलाई ६८औं मिनेटमा गोलमा गरे । त्यहि गोल निर्णायक बन्यो। त्यो उनको १ सय ३७औं अन्तर्राष्ट्रिय गोल हो। पोर्चुगल फाइनलमा फ्रान्स वा स्पेनमध्ये एकसँग फाइनल खेल्नेछ। रोनाल्डोले गरेको गोलभन्दा पाँच मिनेटअघि […]