6 years ago
March 28, 2019
एजेन्सी – जर्मन च्याम्पियन बायर्न म्युनिखले क्लबको हालसम्मकै कीर्तिमानी रकम खर्चेर
फ्रान्सका युवा प्रतिभा तथा स्पेनिस क्लब एटलेटिको म्याड्रिडका डिफेन्डर लुकास हर्नान्डेजलाई भित्र्याउने भएको छ ।
बायर्नले २३ वर्षीय विश्वकप विजेता डिफेन्डरलाई ८० मिलियन युरो खर्चंदै ५ वर्षको सम्झौता गरेको हो । उनले जुलाई १ देखि क्लबमा प्रशिक्षण थाल्नेछन् । बायर्नमा स्वास्थ्य परिक्षण गर्दा दायाँ घुँडाको लिगामेन्टमा समस्या देखिएपछि उनले बुधबार नै शल्यक्रिया गरेका छन् । एटलेटिकोबाट ६७ खेल खेल्दै उनले युरोपा लिग र यूईएफए सुपर कप उपाधि जितेका छन् ।
फ्रान्सका लागि विश्वकप जितेका हर्नान्डेजले उक्त प्रतियोगिताका सबै खेल खेलेका थिए । उनले बायर्नमा आउनु करिअरकै राम्रो दिन रहेको बताए । ‘यो मेरो करिअरको महत्त्वपूर्ण दिन हो । बायर्न युरोपकै उत्कृष्ट क्लबमा पर्छ । म अब बायर्नको जर्सीमा सम्भव भएका सबै उपाधि जित्ने प्रयास गर्नेछु,’ उनले भने ।
May 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- श्री भगवती क्लब ए डिभिजनमा बढुवा भएको छ। सहिद स्मारक बी डिभिजन लिगमा आज ब्वाइज युनियन क्लबलाई २-१ गोल अन्तरले हरायो। यो जितमा श्री भगवती एक खेल अगाडि जारी बी डिभिजनमा दोस्रो हुँदै शीर्ष डिभिजनमा उक्लिएको हो। यसअघि प्लानिङ ब्वाइज च्याम्पियन बनेर ए डिभिजनमा उक्लिसकेको छ। एन्फा कम्प्लेक्समा आज ब्वाइज युनियन र […]
May 20, 2025
काठमाडौं (हाम्रो खेलकुद) – सहिद स्मारक बी डिभिजन लिगमा वीरगन्ज युनाइटेडसँग १-१ गोलको बराबरी खेल्दै रानी पोखरी कर्नर टिम (आरसिटी) रेलिगेसनबाट जोगिएको छ । आरसिटी बी डिभिजनमा यथावत रहँदा टुसाल युथ क्लब सी डिभिजनमा घटुवा भएको छ । एन्फा कम्प्लेक्समा आज आरसिटीलाई रेलिगेसनबाट जोगिन एक अंक नै पर्याप्त थियो । जहाँ खेलको पहिलो हाफ गोल […]
May 20, 2025
एजेन्सी – च्याम्पियन लिभरपुल इंग्लिस प्रिमियर लिगमा सोमवार पराजित भएको छ। लिभरपुलले दुई पटक अग्रता लिए पनि ब्राइटनले सानदार पुनरागमन गर्दै ३-२ ले खेल जित्यो । परिवर्तित ज्याक हिन्सेलवुडले ८५ औं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो । उनले मैदान छिरेको केही क्षणमै म्याट ओ’राइलीको क्रसमा हेडरमार्फत गोल गरेका हुन् । सुरुमा अफसाइडको निर्णय भए […]