default_image

6 years ago

March 27, 2019

मेसीले कोपा अमेरिका खेल्ने

94 views

0 Bookmark

एजेन्सी – अर्जेन्टिनाका प्रशिक्षक लिओनेल स्कालोनीले अर्जेन्टिनी राष्ट्रिय टोलीका कप्तान लिओनेल मेसीले कोपा अमेरिकामा सहभागिता जनाउनेमा ढुक्क रहेको बताएका छन् ।

आगामी जुन महिनामा हुने कोपा अमेरिकामा अर्जेन्टिना २६ वर्ष लामो उपाधि खडेरी तोड्ने योजनामा छ । सन् १९९३ यता अर्जेन्टिनाले कोपा अमेरिका उपाधि जित्न सकेको छैन । रुसमा भएको २०१८ को फिफा विश्वकपपछि गत सातामात्र राष्ट्रिय टोलीमा पुनरागमन गरेका मेसीको लागि उक्त खेल सुखद भने रहेन । भेनेजुएलासँग ३-१ ले पराजित भएको खेलमा मेसीले सामान्य चोट पनि बोकेका थिए ।

प्रशिक्षक स्कालोनीले कोपा अमेरिकाका लागि मेसी उपलब्ध रहने बताए । ‘ लिओले कोपा अमेरिका खेल्छन् । उनले खेल्नु पनि पर्छ । उनले पछिल्लो खेलमा पनि यहाँ रहँदा निकै म्हिनेट गरेका थिए,’ उनले थपे, ‘ भेनेजुएलाविरुद्ध खेलपछि पनि हामीले खेलबारे छलफल गर्यौं । हामीले आउने खेलबारे धेरै सोचेका छैनौं । हामी टोलीलाई अझ राम्रो बनाउने लक्ष्यसाथ अगाडी बढ्नेछौं ।’

स्कालोनीले कोपा अमेरिकाका लागि टोली मेसीमा नै निर्भर नहुने पनि बताए । ‘ हामीले मेसीमा मात्र निर्भर नहुने गरि टोली निर्माण गर्नुपर्छ । मेसी उत्कृष्ट खेलाडी हुन् तर टोलीले उनीबिना पनि खेल्न सक्नुपर्छ । उनले हामीलाई जितसम्म पुर्याउँछन् भन्नेमा दुइमत छैन,’ स्कालोनीले भने ।

कोपा अमेरिका जुन १४ देखि ब्राजिलमा सुरु हुँदैछ । १२ राष्ट्रको सहभागिता रहने प्रतियोगिताको समूह बी मा अर्जेन्टिनासँगै कोलोम्बिया, कतार र पाराग्वे रहेका छन् । अर्जेन्टिना प्रतियोगिताको पछिल्ला ५ मध्य ४ संस्करणमा फाइनलमा पराजित भएको छ ।

May 24, 2025

पहिलो पटक साफ महिला क्लब च्याम्पियनसिप हुने

काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले पहिलो पटक साफ महिला क्लब च्याम्पियनसिप आयोजना गर्ने भएको छ। काठमाडौंमा‌ आज भएको साफ कार्यकारिणी समितिको बैठकले साफ महिला क्लब च्याम्पियनसिप आयोजना गर्ने निर्णय गरेको हो । च्याम्पियनसिप सन् २०२५ को नोभेम्बरमा नेपाललमा हुने तय भएको छ। तर प्रतियोगिताको फरम्याट तथा कुन प्रक्रियाबाट क्लब छनोट हुने […]

May 23, 2025

प्लानिङका‌ प्रताप ‘बी’ लिगको सर्वोत्कृष्ट खेलाडी

काठमाडौं (हाम्रो खेलकुद)- च्याम्पियन प्लानिङ ब्वाइज क्लबका प्रताप सिंह राई सहिद स्मारक बी डिभिजन लिगका सर्वोत्कृष्ट खेलाडी चुनिएका छन् । उनले ट्रफीसहित १ लाख रुपैयाँ प्राप्त गरे। १५ गोलसहित प्लानिङ ब्वाइजका फागुराम थारु सर्वाधिक गोलकर्ता बने। टुसाल युथ क्लबविरुद्ध लिगको अन्तिम खेलमा ८-३ को जित निकाल्दा अन्तिम खेलमा फागुरामले ५ गोल गरेका थिए। उनले ५० […]

May 23, 2025

च्याम्पियन प्लानिङ ब्वाइज अपराजित

काठमाडौं (हाम्रो खेलकुद)- च्याम्पियन प्लानिङ ब्वाइज क्लबले अपराजित रहँदै सहिद स्मारक बी डिभिजन लिगको अन्त्य गरेको छ। ब्वाइज युनियनले दशरथ रंगशालामा आज रेलिगेसनमा परेको टुसाल युथ क्लबलाई ८-३ को फराकिलो अन्तर हरायो ।‌ दशरथ रंगशालामा खेलपछि प्लानिङले उपाधि उाचाल्यो। उसले १५ लाख रुपैयाँ पनि प्राप्त गर्यो । प्लानिङ ब्वाइजको जितमा फागुराम थारु एक्लैले ५ गोल […]

Success

Thank you for your time.